Saturday, October 25, 2008

सेना समायोजन समिति बनेन

सेना समायोजन समिति गठनबारे राजनीतिक सहमति बन्न नसकेपछि मन्त्रीपरिषद बैठकले त्यसबारे कुनै निर्णय गर्न सकेन । कार्तिक ९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै सूचना तथा संचारमन्त्री कृष्णबहादुर महराले कार्तिक १२ गते मन्त्रीपरिषदको अर्को बैठक बस्ने जानकारी दिए । १२ गते हुने बैठकले सेना समायोजन समिति गठनबारे निर्णय गर्ने वा नगर्नेबारे महराले केही भन्न चाहेनन् ।
मन्त्रीपरिषद बैठकले मन्त्रालयका १६ सचिवहरुको सरुवा सरुवा गरेको छ । मन्त्री महराका अनुसार, सूचना तथा संचार मन्त्रालयका युवराज पाण्डे श्रममा, उमेश मैनाली प्रधानमन्त्रीको कार्यालयबाट वातावरणमा, जनकराज जोशी उद्योगबाट योजना आयोगमा, श्याम मैनाली श्रमबाट युवामा, छविप्रसाद पन्त सूचना तथा संचारबाट संस्कृतिमा, शंकरप्रसाद पाण्डे युवाबाट प्रधानमन्त्री कार्यालयमा, रामचन्द्रमान सिंह प्रधानमन्त्री कार्यालयबाट पर्यटन तथा नागरिक उड्ययनमा, दिपेन्द्रबिक्रम थापा सामान्यबाट सूचना तथा संचारमा, पूण्यप्रसाद न्यौपाने समाज कल्याणबाट स्थानीयमा, बालानन्द पौडेल शिक्षाबाट सामान्य प्रशासनमा र ताना गौतम प्रधानमन्त्री कार्यालयबाट उद्योगमा सरुवा भएका छन् ।
मन्त्रीपरिषद बैठकले २० जनालाई कामू सचिव नियुक्त गरेको छ भने कृष्णप्रसाद श्रेष्ठलाई नेपाल प्रहरीको डिआइजीबाट एआइजीमा बढुवा गरेको छ ।

Wednesday, August 13, 2008

ग्रेट नेपालको नक्सा र्सार्वजनिक

एकीकृत नेपाल राष्ट्रिय मोर्चाले राजधानीको थानकोटमा ग्रेटर नेपाल - टिस्टादेखि सतलजसम्मको भूभाग अंकित) नक्सा र्सार्वजनिक गरेको छ । १० फिट लामो र ४ फिट चौडा ग्रेटर नेपालको नक्सा थानकोट प्रहरी पोष्ट अगाडिको चोकमा कोणसभाका आयोजना गरी र्सार्वजनीक गरिएको छ । एक जुलुससहित थानकोट प्रहरी पोष्ट पुगेका थानकोटका बासिन्दाले भारतीय विस्तारवाद विरुद्ध चर्को नाराबाजी गर्दै ग्रेटर नेपालको पक्षमा नारा लगाएका थिए ।उक्त कार्यक्रममा मोर्चाले ग्रेटर नेपालको नक्सा टा“ग्ने कार्यक्रम देशब्यापीरुपमा गर्ने घोषणा गरेको छ । कोणसभालाई सम्बोधन गर्दै मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले ग्रेटर नेपालका निम्ति आन्दोलन जारी राख्न्ो बताउ“दै ग्रेटर नेपाल कायम हु“दा नेपालको पर्ूर्वी सीमाना बंगलादेशस“ग जोडिने भएकोले यसबाट नेपालले पारवहनको समस्याबाट मुक्ति पाउने बताउनुभयो ।

Wednesday, June 04, 2008

Govt decides to give Nagarjuna palace to ex-King

The cabinet meeting Wednesday decided to give the Nagarjuna palace to ex-King Gyanendra.
after the cabinet meeting in Baluwatar, communication minister Krishna Bahadur Mahara said the ex-royal couple would be entitled to stay in Nagarjuna palace "for the time being".
They have only been given the residential building, not the vast forest area the hill-top palace covers, he informed.
The cabinet decision came after the ex-King requested the government to make arrangement for his residence as he was vacating the Narayahiti royal palace. He made the request during his meeting with Home Minister KrishnaSitaula on Monday.
Located on the north of Kathmandu and surrounded by 15,000-ropani jungle,the Nagarjuna palace has three modern bungalows. It used to be a summer retreat for the monarchs in the past.

shree 3 prachanda



one rupees note of nepal.do not confuse,this is prachanda.

haa.........haa...........haa.............haa.........,aistai ho ab.

Friday, May 23, 2008

Maoists suspend 'Bibidh'

The Maoists have suspended Bibidh from the position of commander of thirddivision of People's Liberation Army (PLA).
In a statement issued by Maoist deputy commander Prabhakar, it has been informed that he was suspended to ease the investigation into the killing of Ramhari Shrestha.
The Maoists as well as the government have formed investigation committees to probe the incident.

Sunday, May 18, 2008

एमाले महाधिवेशन मंसिर १ गते


एमालेको आठौं महाधिवेशन आउँदो मंसिर १ देखि ५ सम्म काठमाडौंमा हुने भएको छ । एमालेका नवनियुक्त महासचिव झलनाथ खनालको अध्यक्षतामा जेठ ५ बसेको एमाले केन्द्रीय कमिटीको १९ औं बैठकले यो निर्णय गरेको हो । बैठकमा खनालले अहिलेको कार्यनीति, कार्यभार तथा कार्यबिभाजन नामको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । एमाले बैठकले केही महत्वपूर्ण कार्यबिभाजनसमेत गरेको छ । बैठकले एमालेको सचिवालय सचिवमा स्थायी समिति सदस्य युवराज ज्ञवाली, प्रचार प्रमुखमा इश्वर पोखरेल, संगठन प्रमुखमा अमृतकुमार बोहरा, बिदेश बिभाग प्रमुखमा माधवकुमार नेपाल, पार्टी स्कुल बिभाग प्रमुखमा केपी ओलीलाई चयन गरेको छ ।

श्रेष्ठको हत्याको घटनालाई राजनीतिक रंग नदिन प्रचण्डको आह्वान

माओवादी अध्यक्ष प्रचण्डले कोटेश्वरका रामहरि श्रेष्ठको हत्याको घटनाले आफूलाई दुखि तुल्याएको बताएका छन् । प्रेस बिज्ञप्ती प्रकाशित प्रकाशित गर्दै प्रचण्डले 'पार्टीमा घुसेर बसेका केही स्वार्थी तत्वहरुको षडयन्त्रद्वारा' उनको मृत्यु भएको तथा दोषिउपर कानुनी कार्वाहीको प्रक्रिया अघि बढाइएको उल्लेख गरेका छन् । प्रचण्डले बक्तब्यमा श्रेष्ठको परिवारसँग अनुसन्धान, राहत र क्षतिपूर्तिबारे छलफल गर्न सकिने पनि जानकारी दिएका छन् । प्रचण्डले बक्तब्यमा घटनालाई राजनीतिक रंग नदिन र धमिलो पानीमा माछा मार्ने षड्यन्त्र हुननपाओस् भने मृतकका परिवार आफन्तलाई आह्वान गरेका छन् ।
बैशाख १५ गते काठमाडौं कोटेश्वरबाट माओवादी जनमुक्ति सेनाको चितवन शक्तिखोर लगिएका श्रेष्ठको मृत्यु भएको खबर माओवादीले जेठ २ गते बेलुका दिएको थियो । श्रेष्ठको अपहरण तथा हत्याको बिरोधमा जेठ ३ गतेदेखि काठमाडौं कोटेश्वर तथा नयाँ बानेश्वर इलाकामा प्रदर्शन भइरहेको छ ।

Saturday, May 17, 2008

Badal blasts calls for dissolving YCL

senior Maoist leader has blasted Nepali Congress (NC) and Unified Marxist Leninist (UML) for demanding that the Young Communist League (YCL) be dissolved.
Ram Bahadur Thapa Badal, addressing a programme in Chitwan, Saturday, said, “Such demands for dissolution of YCL are results of unbalanced mindset.”He added that if they continue demanding dissolution of YCL, his party would also demand dissolution of NC and UML, which, he claimed, were responsible in the past for the deaths of 10,000 people in the conflict. He, however, said that the parties could make demands for taking action against YCL cadres who have erred.Badal said his party will also cooperate in taking action against erring YCL cadres.

MJF not joining Maoist-led government: Yadav

Chairman of Madhesi Janadhikar Forum (MJF) Upendra Yadav has termed as baseless claims that his party is joining a Maoist-led government, saying that the party does not have the "people's mandate" for it.
This remark by the MJF strongman comes a day after senior Maoist leader Dr. Baburam Bhattarai affirmed at a program in Birgunj on Friday that the CPN (Maoist) is forming a coalition government by joining hands with all Madhesi parties, including the MJF.
"Madhesi Janadhikar Forum does not have the people's mandate to join the government," Yadav told Saturday, "I don't know on what basis Baburam ji (Dr Baburam Bhattarai) made this remark but there has not been any discussion on the possibility of joining the government."

'गठवन्धनबाटै अघि बढ्नुपर्छ'

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दलहरुबीचको गठवन्धन संस्कारको बिकाशबाट मात्र मुलुक अघि बढ्ने बताएका छन् । राजधानीमा जेठ ४ गते सुरु तीन दिने फोटो प्रदर्शनीको उदघाटन गर्दै प्रधानमन्त्रीले मुलुकमा अहिले गठवन्धन संस्कारको बिकाश भएको उल्लेख गरे तथा गठवन्धन संस्कारभन्दा पृथक ढंगले कोही अघि बढ्न नसक्ने धारणा राखे ।
कार्यक्रममा प्रधानमन्त्रीले प्रेस स्वतन्त्रतालाई सबैले आत्मासाथ गर्नुपर्नेमा जोड दिए । 'प्रेस स्वतन्त्रता बिना लोकतन्त्र संस्थागत हुन सक्दैन र म पूर्णरुपमा प्रेस स्वतन्त्रताको पक्षमा छु' कोइरालाले भने । प्रदर्शनीमा २०६२/६३ को जनआन्दोलन यताका महत्वपूर्ण तश्वीरहरु राखिएका छन् ।