हामी तपाइँलाइ विश्वसंग एकाकार गराउँनेछाैं।ताजा खवर, विश्लेषण र खबरभित्रकाे खबरकाे लागि हामीसंगै रहनुहाेला।धन्यवाद।।
Tuesday, March 01, 2011
सुनको मुल्य अहिले सम्म कै बढी
उच्च बिन्दुमा पुगेको छ । स्थानीय बजारमा साताको अन्तिम दिन शुक्रबार सुन प्रतितोला ४१ हजार एक सयमा कारोवार भएको हो । त्यस्तै चाँदी पनि एक हजार एक सय ७५ रुपैयाँ प्रतितोलामा कारोवार भएको छ । जुन हालसम्मकै उच्च मूल्य हो । साताको पहिलो दिन आइतवार ४० हजार सात सय दुई रुपैयाँ प्रतितोलामा कारोवार भएको सुन दोस्रो दिन अघिल्लो दिनको मूल्यमा प्रतितोला ४६ रुपैयाँले बृद्धि भई ४० हजार सात सय ४८ रुपैयाँमा कारोवार भएको थियो । मंगलवार मूल्यमा प्रतितोला एक सय ४६ रुपैयाँले गिरावट आई ४० हजार ६ सयमा कारोवार भएको थियो । साताको पाँचौ दिन विहिबार मंगलवारको तुलनामा पुन ५० रुपैयाँले मूल्यबृद्वि भई ४० हजार ६ सय ५० रुपैयाँमा कारोवार भएपनि अन्तिम दिन मूल्यमा प्रतितोला चार सय ५० रुपैयाँले बृद्धि भई ४१ हजार एक सयमा कारोवार भयो । यस्तै तेजावी सुन साताको पहिलो दिनको तुलनामा प्रतितोला तीन सय ९७ रुपैयाँले बृद्वि भएको छ । चाँदीको मूल्य समेत उच्च बिन्दुमा पुगेको छ । साताको पहिलो दिन एक हजार एक सय २५ रुपैयाँमा कारोवार भएको चाँदी अन्तिम दिन एक हजार एक सय ७५ रुपैयाँमा कारोवार भएको नेपाल सुनचादी व्यवसायी संघले जनाएको छ ।
केन्द्रिय संसद दु्ई सदनात्मक वनाउने सहमति

Sunday, February 27, 2011
यानाको कमाल
जीप खस्दा पाच जनाको मृत्यु
बाग्लुङको मल्म गाविसस्थित डाग्दीखोलामा जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य ५ जना गम्भीर घाईते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा पाण्डबखानी ६ का ४४ वर्षीय भक्तबहादुर पुन २५ वर्षीय श्याम काउचा मगर २३ वर्षीय दिनेश श्रीष २० वर्षीय विक्रम श्रीष र १८ वर्षीय दिपक पुन छन् । त्यस्तै पाण्डवखानी गाविसकै ४० वर्षीय बलबहादुर श्रीष २७ वर्षीय कुमार थापा २४ वर्षीय प्रकाश श्रीष १८ वर्षीय गंगा श्रीष र चालक २६ वर्षीय चित्रबहादुर मगर घाइते भएको प्रहरीले जनाएको छ । घाईतेहरुको धौलागिरी अन्चल अस्पताल बाग्लुङमा उपचार भइरहेको छ । जिल्लाको पाण्डबखानी गाबिसबाट गलकोट हटियाका लागि छुटेको ना १ ज १२८६ नम्बरको जिप मल्म गाविसको डाग्दीखोलमा दुर्घटना भएको हो । गएराती दस बजेतिर जिप सडकबाट करीव २ सय मिटर तल खोलामा खसेको थियो । जिपमा गलकोट हटियामा हुने गल्कोट उच्च माविको वाषिर्कउत्सव कार्यक्रममा सहभागी हुने यात्रु थिए ।
Subscribe to:
Posts (Atom)