Saturday, April 16, 2011

दस दिनमा सहमति नभए दुर्घटना-डा.भट्टराई

माओवादी उपाध्यक्षँ डाक्टर बाबुराम भट्टराईले शान्ति र संविधानको बाँकी काम टुंगोमा पुर् याउन नेपाली कांग्रेससँग साझेदारी आवश्यक भएको बताउनुभएको छ । एमालेसँगको सत्ता साझेदारीमा खटपट भइरहेको बेला उपाध्यक्ष भट्टराईले सानेपास्थित आफ्नै निवासमा पत्रकारहरुसंग कुरा गर्दै अहिलेको सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन नसके कांग्रेससँग सहकार्य गर्नुपर्ने स्पष्ट पार्नुभयो । उपाध्यक्षँ भट्टराईले अबको १० दिन भित्र राजनीतिक गतिरोध अन्त्यका लागि निर्णायक सहमति नभए मुलुक गम्भिर दुर्घटनामा पर्ने पनि बताउनुभयो । मुलुक दुर्घटनाको संघारमा पुगेको दोहोर् याउंदै उहाँले संविधान सभा भंग गर्ने तर्फ लागेमा थप अराजकता निम्तिने स्पष्ट पार्नुभयो । कांग्रेससंग सहमति गरी राष्ट्रिय सहमतिको सरकार बनाएर संविधान लेखनको प्रारम्भीक मस्यौदा तयार गर्न सके त्यसपछि सहमतिमा संविधान सभाको म्याद बढाउन सकिने भट्टराईको धारणा थियो । पार्टीमा देखिएको आन्तरिक विवादका सन्दर्भमा उहाँले शान्तिपुर्ण र खुला छलफलबाट विवाद व्यवस्थापन हुने विश्वास पनि व्यक्त गर्नुभयो ।जनविद्रोह सैद्धान्तिक मात्र भएको भन्दै उहांले व्यवहारिक रुपमा भने शान्ति र संविधान निर्माणमा नै ध्यान केन्द्रीत गर्नुपर्ने बताउनुभयो ।

भुटानले वार्ता समिति सकि्रय वनाउने

भुटानी प्रधानमन्त्री जिग्मे वाइ थिन्लेले द्धिपक्षिय वार्ता गरेर भुटान छाडेर नेपाल आएका आफ्ना वास्तविक नागरिकलाई फिर्ता लान सकिने बताउनुभएको छ । तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किने क्रममा भुटानी प्रधानमन्त्री थिन्लेले छिट्टै द्धिपक्षीय वार्ता थाल्ने सहमति भएको र कति शरणार्थी फिर्ता लाने भन्ने बारे चांडै निर्णय गर्न सकिने पनि बताउनुभयो । २०६० कार्तिक ३ गतेदेखि अवरुद्ध भएकॊ नेपाल भुटान-संयुक्त दिपक्षीय वार्ता समितिलाई सकि्रय बनाउने सहमति भएको पनि थिन्लेले जानकारी दिनुभयो । दक्षिण एसीयाली क्षेत्रीय सहयोग संगठन सार्कको अध्यक्षको हैसियतमा नेपाल भ्रमणमा आउनु भएका भुटानी प्रधानमन्त्रीले व्यापार वाणिज्य पर्यटन जलबायु परिवर्तनका विषयमा नेपाली समकक्षीसँग छलफल भएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा साचारकर्मीले शरणार्थीको संख्या बारे प्रश्नगर्दा थिन्ले ८० हजार शरणार्थी छन् भन्ने बारे आफ्नो सरकारलाईलाई थाहै नभएको भन्दै पन्छिनु भएको थियो । शरणार्थीका विषयमा नेपालले चासो देखाउँदै आएपनि भुटानी पक्ष यस विषयमा उदासीन बनेपछि नेपालमा रहेका करिव ४४ हजार भुटानी शहरणार्थी विश्विका विभिन्न मुलुकमा स्थानान्तरण भइसकेका छन् । सन् १९९० देखि कूल जनसंख्याको २० प्रतिशत नेपाल भाषीलाई भुटान सरकारले बलपूर्वक देश निकाला गरेको थियो ।

Wednesday, April 13, 2011

सुन झन महंगो

सुनको मूल्य यो सातामा स्थानीय बजारमा अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो । स्थानीय बजारमा साताको पहिलो दिन आइतवार छापावाल सुन प्रतितोला ४१ हजार तीन सय ५० रुपैयाँमा कारोवार भएपनि सोमवार अघिल्लो दिनको मूल्यमा प्रतितोला एक सयले गिरावट आई ४१ हजार दुई सय ५० मा कारोवार भएको थियो । तेस्रो दिन मंगलवार अघिल्लो दिनको मूल्यमा दुई सय ५० रुपैयाँले बृद्धि भई प्रतितोला ४१ हजार पाँच सयमा कारोवार भएको थियो । बुधवार अघिल्लाृे दिनको मूल्यमा कुनै परिबर्तन नभई मंगलवारकै मूल्यमा कारोवार भएको थियो । साताको पाँचौ दिन विहिबार स्थानीय बजारमा अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ५० रुपैयाँले बृद्धि भई ४१ हजार ६ सय ५० रुपैयाँमा कारोवार भयो । अन्तिम दिन शुक्रवार पनि अघिल्लो दिनको मूल्यमा नै कारोवार भयो । स्थानीय बजारमा विहिबार र शुक्रवार कारोवार भएको सुनको मूल्य हालसम्मकै उच्च हो । यस्तै सातामा तेजावी सुन र चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । तेजावी सुन प्रतितोला ४१ हजार चार सय ४० रुपैयाँ र चाँदी प्रतितोला एक हजार दुई सय ८५ रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

Sunday, April 03, 2011

माओवादी संघीयता विरोधी-पौडेल

नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादीले शान्ति प्रकि्रया र संविधान निर्माणमा भयानक षडयन्त्र गरिरहेको आरोप लगाउनु भएको छ । शनिवार तनहुँमा गरिएको एक कार्यक्रममा बोल्दै नेता पौडेलले माओवादी षडयन्त्र पुरा गर्न प्रधानमन्त्री झलनाथ खनाल मतियार बनेको आरोप लगाउनुभयो । माओवादीले जनविद्रोहको धम्की िदंदा िदंदै पनि उसकै पछि लाग्नु मतियार हुनुको ज्वलन्त उदाहरण भएको उहाँले बताउनुभयो । माओवादी नीति शान्ति प्रकि्रया र संविधान बिरोधी भएपनि केही नेता र दलले उसलाई साथ दिनु बिडम्बना भएको उहाले बताउनुभयो । माओवादीको हतियार मोहले लोकतन्त्र र संविधान निर्माण प्रकि्रया संकटमा परेको पौडेलको भनाई छ । मोहन बैद्यले संविधान सभाबाट गरेको राजीनामाले माओवादी संविधान निर्माण र संघीय राज्यको विरोधी रहेको प्रमाणित भैसकेको उहाँको दावी छ ।

संविधान अघि सेना समायोजन गर्न मोर्चाको दवाव

संयुक्त मधेसी मोर्चासँग विगतमा भएको सहमति कार्यान्वयन नभए संविधानसभा छाडेर संघर्षमा जाने चेतावनी िदंदै आएका मोर्चाका नेताले शनिवार प्रधानमन्त्री झलनाथ खनाललाई ज्ञापन पत्र बुझाएका छन् । मधेसी जनअधीकार फोरम लोकतान्त्रीकका अध्यक्ष विजयकुमार गच्छदारको नेतृत्वमा वालुवाटार पुगेको मोर्चाको टोलीले बाह्रबुँदे ज्ञापनपत्र बुझाएको छ । मोर्चाले माओवादीसंग प्रधानमन्त्री खनालले गरेको सातबुँदे सहमति अपारदर्शी भएको र सात बुँदे सहमतिले सहमतिको राजनीतिलाई समेत क्षति पुर् याएको भन्दै ध्यानाकर्षण गराएको छ । मोर्चाले शान्ति प्रकि्रयाको प्रमुख पक्ष माओवादी रहेको तर शान्ति प्रकि्रयाले पूर्णता पाउनेमा उसको भुमिका उदासीन र नकारात्मक भएको भन्दै प्रधानमन्त्री खनाललाई संविधान निर्माण अघि नै सेना समायोजनको काम पुरा गर्न आग्रह गरेको छ । मोर्चाले विगतमा भएको सहमति कार्यान्वयन मधेस स्वयत्त प्रदेश सुनिश्चित तथा तोकीएको समयमा शान्ति र संविधानलाई टुंगोमा पुर् याउन माग गरेको छ ।

शिक्षिकाको कमाल

पढने वालवालिका पक्कै पनि आफनो शिक्षक शिक्षिकाबाट प्रभावित हुने गर्दछन । हुनपनि उनीहरुले सिक्ने पहिलो ब्यक्ति नै आफना गुरुहरु हुन । वेलायतमा अचम्म भएको छ । विद्यार्थीले आफनो एक शिक्षिकाले केवल जिन्स पाइन्ट मात्र लगाएर खिचेको नग्न तस्वीर फेला पारे पछि हंगामा भएको छ । ती आर्ट शिक्षिका पुर्व मोडल पनि हुन । अहिले त्यो तस्वीर कहाबाट कसले खिच्यो भन्ने विषयमा वहश भएपनि यसको वारेमा पत्तो लाग्न सकेको छैन । तर विधार्थीहरुको हात हातमा भने शिक्षिकाको टप लेस फोटो उपलब्ध छ ।

Tuesday, March 01, 2011

सुनको मुल्य अहिले सम्म कै बढी

उच्च बिन्दुमा पुगेको छ । स्थानीय बजारमा साताको अन्तिम दिन शुक्रबार सुन प्रतितोला ४१ हजार एक सयमा कारोवार भएको हो । त्यस्तै चाँदी पनि एक हजार एक सय ७५ रुपैयाँ प्रतितोलामा कारोवार भएको छ । जुन हालसम्मकै उच्च मूल्य हो । साताको पहिलो दिन आइतवार ४० हजार सात सय दुई रुपैयाँ प्रतितोलामा कारोवार भएको सुन दोस्रो दिन अघिल्लो दिनको मूल्यमा प्रतितोला ४६ रुपैयाँले बृद्धि भई ४० हजार सात सय ४८ रुपैयाँमा कारोवार भएको थियो । मंगलवार मूल्यमा प्रतितोला एक सय ४६ रुपैयाँले गिरावट आई ४० हजार ६ सयमा कारोवार भएको थियो । साताको पाँचौ दिन विहिबार मंगलवारको तुलनामा पुन ५० रुपैयाँले मूल्यबृद्वि भई ४० हजार ६ सय ५० रुपैयाँमा कारोवार भएपनि अन्तिम दिन मूल्यमा प्रतितोला चार सय ५० रुपैयाँले बृद्धि भई ४१ हजार एक सयमा कारोवार भयो । यस्तै तेजावी सुन साताको पहिलो दिनको तुलनामा प्रतितोला तीन सय ९७ रुपैयाँले बृद्वि भएको छ । चाँदीको मूल्य समेत उच्च बिन्दुमा पुगेको छ । साताको पहिलो दिन एक हजार एक सय २५ रुपैयाँमा कारोवार भएको चाँदी अन्तिम दिन एक हजार एक सय ७५ रुपैयाँमा कारोवार भएको नेपाल सुनचादी व्यवसायी संघले जनाएको छ ।

केन्द्रिय संसद दु्ई सदनात्मक वनाउने सहमति

नयाँ संविधानमा केन्द्रिय व्यवस्थापिका-संसद दुई सदनात्मक राख्ने सहमति भएको छ । संबिधानका विवादास्पद विषय टुग्याउन गठित संवैधानिक समिति अन्र्तगतको उपसमितिको आज संसद सचिवालयमा बसेको पहिलो बैठकले यस्तो सहमति गरेको हो । यो दुई सदनात्मक ब्यवस्थापिका संसदको क्षेत्राधिकारका विषयमा भने अर्को बैठकमा छलफल हुने भएको छ । एकिकृत नेकपा ंमाओवादीले एक सदनात्मक संसद हुनुपर्ने भन्दै राखेको पूर्व अडानवाट पछि हटेपछि उपसमितिमा सहमति जुटेको हो । तर माओवादीले दुई सदनलाई अहिलेकै रुपमा नभएर त्यसलाई परिमार्जन गर्नुपर्ने बताएको छ । दुई सदनको नाम प्रतिनिधि सभा र राष्ट्रिय सभा राख्ने सहमति समेत उपसमितिले जुटाएको छ । उपसमितिका सदस्य एवं कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले केन्द्रीय व्यबस्थापिका सम्बन्धी विबाद टुगिएकोले यसपछि धेरै प्रश्नको हल हुने बताउनुभयो । संवैधानीक समितिका सभापति निलाम्बर आचार्यले पहिलो दिनको छलफल सकारात्मक रहेकोले फागुन मसान्तसम्म विबाद टुिगंने विश्वास व्यक्त गर्नुभयो । प्रादेशिक सदन एक सदनात्मक बनाउने बिषयमा यसअघि उच्चस्तरिय कार्यदलले सहमति जुटाइसकेको छ । संविधानका विवादास्पद ७५ प्रश्न मध्ये करिव दुई दर्जन प्रश्नावली व्यवस्थापिका कति सदनात्मक हुने विषयसँग सम्वन्धित छन् । उपसमितिको अर्को बैठक विहिबार भएको छ ।

Sunday, February 27, 2011

यानाको कमाल


भारतीय मोडल याना गुप्ताले आफनो गुप्तांग देखाएकी छन । उनले प्रुक लगाएर भित्र पेन्टी नलगाई सार्वजनिक समारोहमा सरिक भएपछि यो रहस्य खुलेको हो । सवैभन्दा रोचक पक्ष त के हो भने उनले पेन्टी नलगाएको तस्विर सार्वजनिक भएको छ । फोटोग्राफहरु यो तस्वीर खिच्न सफल भएका छन । तस्वीर हेर्नुस मजा लिनुस ।

जीप खस्दा पाच जनाको मृत्यु

बाग्लुङको मल्म गाविसस्थित डाग्दीखोलामा जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य ५ जना गम्भीर घाईते भएका छन् । दुर्घटनामा मृत्यु हुनेमा पाण्डबखानी ६ का ४४ वर्षीय भक्तबहादुर पुन २५ वर्षीय श्याम काउचा मगर २३ वर्षीय दिनेश श्रीष २० वर्षीय विक्रम श्रीष र १८ वर्षीय दिपक पुन छन् । त्यस्तै पाण्डवखानी गाविसकै ४० वर्षीय बलबहादुर श्रीष २७ वर्षीय कुमार थापा २४ वर्षीय प्रकाश श्रीष १८ वर्षीय गंगा श्रीष र चालक २६ वर्षीय चित्रबहादुर मगर घाइते भएको प्रहरीले जनाएको छ । घाईतेहरुको धौलागिरी अन्चल अस्पताल बाग्लुङमा उपचार भइरहेको छ । जिल्लाको पाण्डबखानी गाबिसबाट गलकोट हटियाका लागि छुटेको ना १ ज १२८६ नम्बरको जिप मल्म गाविसको डाग्दीखोलमा दुर्घटना भएको हो । गएराती दस बजेतिर जिप सडकबाट करीव २ सय मिटर तल खोलामा खसेको थियो । जिपमा गलकोट हटियामा हुने गल्कोट उच्च माविको वाषिर्कउत्सव कार्यक्रममा सहभागी हुने यात्रु थिए ।