लिबियाका नेता कर्नल मुअम्मर गद्दाफीले लिबियाका जनताले आफुलाई माया गर्ने दावी गर्दै आफनो विरुद्ध उनीहरु प्रर्दशनमा नउत्रिएको बताएका छन् । गद्दाफीले प्रर्दशनकारीलाई अल कायदाले उस्काएको आरोप पनि लगाएका छन । विविसिसंगको अन्र्तवार्तामा गद्दाफीले लिबियाका जनता आफू प्रति बफादार रहेको वताएका छन । उनले सुरक्षाकर्मीलाई प्रर्दशनकारी माथि गोली प्रहार गर्न आदेश नदिएको पनि दावी गरे । यसैबीच लिबियाको मिसारत शहरमा प्रर्दशनकारी र समर्थकबीच झडप भएको छ ।
हामी तपाइँलाइ विश्वसंग एकाकार गराउँनेछाैं।ताजा खवर, विश्लेषण र खबरभित्रकाे खबरकाे लागि हामीसंगै रहनुहाेला।धन्यवाद।।
Friday, February 18, 2011
अलकायदाले मान्छे उचालेको गद्धाफीको आरोप
लिबियाका नेता कर्नल मुअम्मर गद्दाफीले लिबियाका जनताले आफुलाई माया गर्ने दावी गर्दै आफनो विरुद्ध उनीहरु प्रर्दशनमा नउत्रिएको बताएका छन् । गद्दाफीले प्रर्दशनकारीलाई अल कायदाले उस्काएको आरोप पनि लगाएका छन । विविसिसंगको अन्र्तवार्तामा गद्दाफीले लिबियाका जनता आफू प्रति बफादार रहेको वताएका छन । उनले सुरक्षाकर्मीलाई प्रर्दशनकारी माथि गोली प्रहार गर्न आदेश नदिएको पनि दावी गरे । यसैबीच लिबियाको मिसारत शहरमा प्रर्दशनकारी र समर्थकबीच झडप भएको छ ।
Thursday, February 17, 2011
यहि चालले संविधान बन्छ ?
साना दलसहित तीन दलका शीर्ष नेता सम्मिलित समिति बनाउने विषयमा छलफल गर्न वसेको संवैधानिक समितिको बैठकमा सदस्यहरु वोल्ने क्रम नसकिएपछि आज समिति गठन भएन । संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यको आह्वानमा हिजो बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले अन्य दलसँग छलफल गरी संवैधानिक समितिको मातहत रहने गरी आज उपसमिति बनाउने निर्णय गरेका थिए । तर सबै सदस्यले बोल्नेक्रम नसकिएकाले यसबारेमा भोलिमात्र टुङ्गो लाग्ने समितिका सभापति निलाम्बर आचार्यले जानकारी दिनुभयो । बैठकमा कांग्रेसले राज्य पुनस्रंरचना आयोग गठन गर्नुपर्ने प्रस्ताव गरेको छ । संसदीय दलका नेता रामचन्द्र पौडेलले राज्य पुनस्रंरचना आयोग गठन गरी राज्य पुनस्रंरचना गरे समयमै संविधान निर्माण हुने बताउनुभयो । माओवादी नेता देव गुरुङले आयोग गठनप्रति असहमति जनाउँदै संविधान संशोधन गरी समितिको प्रतिवेदनमाथि नै छलफल गर्नुपर्ने बताउनुभयो । गुरुङले राज्य पुनस्रंरचना आयोग गठनबारे संविधानसभा अध्यक्ष र अन्य दलसँग छलफल गरी टुंग्याउनुपर्ने बताउनुभयो । तर संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले विवादित विषय संवैधानिक समितिले टुंग्याउन नसके सिधै संविधानसभामा जाने बताउनुभएको छ । तीन दलका शीर्ष नेताहरुले उपसमिति गठन गर्ने सहमति गरे पनि त्यसलाई संवैधानिक समितिले अनुमोदन गर्नुपर्ने उहाँको भनाई थियो । संविधानसभामा अझै ८३ बुँदामा सहमति जुट्न सकेको छैन ।
एमालेको मुलुक दुर्घटनामा फस्ने-यादव
Tuesday, February 15, 2011
न्युजिल्याण्डमा शक्तिशाली भुकम्प
न्यूजिल्यान्डको राजधानी क्राइष्ट चर्चमा ६ दशमलव तीन रेक्टर स्केलको भूकम्पमा जाँदा ६५ जनाको मृत्युभएको छ । राजधानी क्राइष्ट चर्चबाट १० किलोमिटर दक्षिणपूर्वमा केन्द्रबिन्दू रहेको भूकम्पले ब्यापक जनधन क्षति गरेको बताइएको छ । भत्किएका भवनहरुमा उद्धार तथा खोजी कार्य जारी छ । भूकम्पपछि सरकारले न्युजिल्यान्डमा संकटकाल घोषणा गरेको छ । प्रधानमन्त्री जोन कीले खोजी उद्धार र राहत कार्यलाई तीब्रता दिन निर्देशन दिएका छन् ।
फेरि नयाँ सहमति

Tuesday, January 04, 2011
सर्वसत्तावादको तयारी
काठमाण्डौं,फागुन ६ गते ।नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एमाले र माओवादीबीच भएको ७ बुँदे सहमति मुलकका लागि घातक भएको बताउनुभएको छ । नेपालगाज जानेक्रममा आज दाङ क्षेत्र नम्बर २ को पाखापानीमा भएको कार्यक्रममा सभापति कोइरालाले सात बँुदे सहमति दुई व्यक्तीबीच वन्द कोठामा भएको भन्दै यसलाई कांग्रेसले स्विकार गर्न नसक्ने स्पष्ट पार्नुभयो । उहाले सर्वसत्तावाद लादने उदेश्यले सातहमति भएको टिप्पणी गर्नुभयो । उहाँले कांग्रेस प्रजातन्त्रबादी पार्टी भएकोले बहुलबादको सिद्धान्तमा अडिग रहेको बताउनुभयो । प्रजातन्त्रको रक्षुका लागि कांग्रेसका नेता तथा कार्यक्रर्तालाई एक जुट भई अगाडि बढ्न पनि उहाँले आग्रह गर्नुभयो । उहाले संविधानका अधिकांश मुद्धामा सहमति भइसकेकोले समयमा संविधान निर्माण हुने विश्वास ब्यक्त गर्नुभयो ।
८३ बुदामा सहमति हुन बाकी
Friday, December 24, 2010
विश्व सम्पदा सुचीमा रहेको प्रतापपुर मन्दिर क्षतिग्रस्त ।
काठमाण्डौं,माघ ३ गते मंगलवार । विश्व सम्पदा सुचीमा स्वयम्भुमा रहेको प्रतापपुर मन्दिर चटयाङमा परि क्षतिग्रस्त भएको छ । आज विहान परेको चटयाङले मन्दिरको अधिकांश भाग क्षतविक्षत भएको हो । तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको प्रतापपुर मन्दिरको चार ठाउँमा चट्याङ परेको थियो । चटयाङले मन्दिरको जगमा समेत असर पुग्ोको छ । चटयाङ पर्दा मन्दिरका सामग्री दुई किलोमिटर परसम्म उछिट्टिएका थिए । मन्दिरबाहिरको एउटा मूर्ति पनि पूर्णरुपमा क्षतिग्रस्त भएको छ । क्षति निरीक्षण गर्न आजै पुरातत्व विभागका पदाधिकारीहरु मन्दिरमा पुगेका थिए । स्वयम्भु व्यवस्थापन तथा संस्कृति महासमितिले विश्व सम्पदा सूचीमा रहेको यो मन्दिर तत्काल पुनःनिर्माण गर्न माग गरेको छ । यसअघि २०६० साल साउन १९ गते पनि चटयाङ परेर प्रतापपुर मन्दिरमा आगलागी भएको थियो ।