एकीकृत नेकपा माओवादीले सातबुँदे सहमतिबारे एमालेको निर्णयप्रति आपत्ति जनाउँदै थप स्पष्ट पार्न माग गरेको छ । िसंहदरवारमा आज माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनाल बीच भएको भेटमा दाहालले सात बँदे सहमतिको विषयमा एमालेलेको आधिकारीक धारणा माग गर्नुभएको थियो । दाहालको जवाफलमा खनालले सात बुँदेको मर्म जस्ताको तस्तै भएको र यस विषयमा सशंकीत नहुन आग्रह गर्नुभएको थियो । यस अघि हिजो बसेको दुई दलका शीर्ष नेताको बैठकमा पनि माओवादी अध्यक्ष पुष्पकमल दाहालले सातबुँदे सहमति पालना हुन्छ कि हुँदैन भन्ने प्रश्न गर्नुभएको थियो । जवाफमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनालले सहमतिको भाषामा सामान्य परिमार्जन भए पनि पालना गर्दै अघि बढ्ने बताउनुभएको थियो । छलफलमा एमालेबाट प्रधानमन्त्री खनालका साथै बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेल तथा माओवादीबाट अध्यक्ष दाहालका साथै उपाध्यक्षहरु मोहन बैद्य डाक्टर बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । छलफलमा माओवादीका नेताहरुले सातबुँदे सहमतिको आफूखुसी व्याख्या गरेको भन्दै आपत्ति जनाएपछि एमाले नेताहरुले १२ बुँदे सहमतिका आधारमा मुलुक यहाँसम्म आएको स्मरण गराउँदै त्यसको भावनाविपरित जाँदा अरु दलले नमान्ने भएकाले मध्यमार्गी बाटो निकालेको बताएका थिए । प्रधानमन्त्री खनाल र माओवादी नेताहरु बाहिरिएपछि एमाले संसदीय दलको कार्यालयमा नेता केपी ओलीसहित एमालेका तीन नेताको छुट्टै बैठक बसेको थियो । यसैविच एमालेले सात वुदे संशोधन गरेपछि यसमा आफनो धारणा वनाउन विहिवार वस्ने भनिएको एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठक स्थगित भएको छ । बैठकको तयारी नपुगेकाले स्थगित गरिएको स्थायी समिति सदस्य देव गुरुङले वताउनुभयो । उहाले एमालेसंग छलफल जारी रहेकोले आजको वैठक स्थगीत गरिएको वताउनुभयो । स्थगित बैठक शुक्रबार हुनेछ ।
हामी तपाइँलाइ विश्वसंग एकाकार गराउँनेछाैं।ताजा खवर, विश्लेषण र खबरभित्रकाे खबरकाे लागि हामीसंगै रहनुहाेला।धन्यवाद।।
Wednesday, February 23, 2011
एमालेको कुरा माओवादीले वुझेन
एकीकृत नेकपा माओवादीले सातबुँदे सहमतिबारे एमालेको निर्णयप्रति आपत्ति जनाउँदै थप स्पष्ट पार्न माग गरेको छ । िसंहदरवारमा आज माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनाल बीच भएको भेटमा दाहालले सात बँदे सहमतिको विषयमा एमालेलेको आधिकारीक धारणा माग गर्नुभएको थियो । दाहालको जवाफलमा खनालले सात बुँदेको मर्म जस्ताको तस्तै भएको र यस विषयमा सशंकीत नहुन आग्रह गर्नुभएको थियो । यस अघि हिजो बसेको दुई दलका शीर्ष नेताको बैठकमा पनि माओवादी अध्यक्ष पुष्पकमल दाहालले सातबुँदे सहमति पालना हुन्छ कि हुँदैन भन्ने प्रश्न गर्नुभएको थियो । जवाफमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनालले सहमतिको भाषामा सामान्य परिमार्जन भए पनि पालना गर्दै अघि बढ्ने बताउनुभएको थियो । छलफलमा एमालेबाट प्रधानमन्त्री खनालका साथै बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेल तथा माओवादीबाट अध्यक्ष दाहालका साथै उपाध्यक्षहरु मोहन बैद्य डाक्टर बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । छलफलमा माओवादीका नेताहरुले सातबुँदे सहमतिको आफूखुसी व्याख्या गरेको भन्दै आपत्ति जनाएपछि एमाले नेताहरुले १२ बुँदे सहमतिका आधारमा मुलुक यहाँसम्म आएको स्मरण गराउँदै त्यसको भावनाविपरित जाँदा अरु दलले नमान्ने भएकाले मध्यमार्गी बाटो निकालेको बताएका थिए । प्रधानमन्त्री खनाल र माओवादी नेताहरु बाहिरिएपछि एमाले संसदीय दलको कार्यालयमा नेता केपी ओलीसहित एमालेका तीन नेताको छुट्टै बैठक बसेको थियो । यसैविच एमालेले सात वुदे संशोधन गरेपछि यसमा आफनो धारणा वनाउन विहिवार वस्ने भनिएको एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठक स्थगित भएको छ । बैठकको तयारी नपुगेकाले स्थगित गरिएको स्थायी समिति सदस्य देव गुरुङले वताउनुभयो । उहाले एमालेसंग छलफल जारी रहेकोले आजको वैठक स्थगीत गरिएको वताउनुभयो । स्थगित बैठक शुक्रबार हुनेछ ।
Tuesday, February 22, 2011
राष्ट्रपति यादवको चित्त चिकित्सकले दुखाए
चिकित्सकहरुले विभिन्न समयमा आपतकालिन सेवा समेत ठप्प पार्ने गरेको प्रति राष्ट्रपति डाक्टर रामवरण यादवले असन्तुष्टि पोख्नुभएको छ । विहिवारबाट नेपालगंजमा सुरु भएको चिकित्सक संघको २५औं सम्मेलन उदघाटन गर्दै राष्ट्रपति डाक्टर यादवले आकस्मिक सेवा वन्द नगर्न आग्रह गर्नुभयो । उहाले चिकित्सकहरुलाई आफ्नो जिम्मेवारी र पेशागत मर्यादाको पालना गर्न पनि आग्रह गर्नु भयो । संक्रमणकाल लम्बिएका कारण देशले निक्कै उतार चढाबको सामना गर्नु परेको उहाँले बताउनुभयो । लोकतन्त्रलाई स्थायित्व दिन सकिए नेपालले छिटटै आर्थिक क्षेत्रमा फड्को मार्ने उहाँको भनाई छ । राष्ट्रपति यादवले राजनीतिक अस्थिरताका कारण यति बेला नेपाली जनता मृगले कस्तुरी खोज्नका लागि भौतारिए जस्तै भौतारिरहेको बताउनुभयो । राष्ट्रपति यादबलाई संघले मानार्थ सदस्यता समेत प्रदान गरेको छ । स्वास्थ्य सेवा नपुगेको ठाउँमा सेवा पुर् याऔं भन्ने नाराका सम्मेलन सुरु भएको हो । सम्मेलनमा देश बिदेशका गरी २ हजार चिकित्सक सहभागि छन् । तीन दिन सम्म चल्ने सम्मेलनमा नेपाली तथा विदेशी चिकित्सकहरुबाट ६० भन्दा बढी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
Friday, February 18, 2011
अलकायदाले मान्छे उचालेको गद्धाफीको आरोप
लिबियाका नेता कर्नल मुअम्मर गद्दाफीले लिबियाका जनताले आफुलाई माया गर्ने दावी गर्दै आफनो विरुद्ध उनीहरु प्रर्दशनमा नउत्रिएको बताएका छन् । गद्दाफीले प्रर्दशनकारीलाई अल कायदाले उस्काएको आरोप पनि लगाएका छन । विविसिसंगको अन्र्तवार्तामा गद्दाफीले लिबियाका जनता आफू प्रति बफादार रहेको वताएका छन । उनले सुरक्षाकर्मीलाई प्रर्दशनकारी माथि गोली प्रहार गर्न आदेश नदिएको पनि दावी गरे । यसैबीच लिबियाको मिसारत शहरमा प्रर्दशनकारी र समर्थकबीच झडप भएको छ ।
Thursday, February 17, 2011
यहि चालले संविधान बन्छ ?
साना दलसहित तीन दलका शीर्ष नेता सम्मिलित समिति बनाउने विषयमा छलफल गर्न वसेको संवैधानिक समितिको बैठकमा सदस्यहरु वोल्ने क्रम नसकिएपछि आज समिति गठन भएन । संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यको आह्वानमा हिजो बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले अन्य दलसँग छलफल गरी संवैधानिक समितिको मातहत रहने गरी आज उपसमिति बनाउने निर्णय गरेका थिए । तर सबै सदस्यले बोल्नेक्रम नसकिएकाले यसबारेमा भोलिमात्र टुङ्गो लाग्ने समितिका सभापति निलाम्बर आचार्यले जानकारी दिनुभयो । बैठकमा कांग्रेसले राज्य पुनस्रंरचना आयोग गठन गर्नुपर्ने प्रस्ताव गरेको छ । संसदीय दलका नेता रामचन्द्र पौडेलले राज्य पुनस्रंरचना आयोग गठन गरी राज्य पुनस्रंरचना गरे समयमै संविधान निर्माण हुने बताउनुभयो । माओवादी नेता देव गुरुङले आयोग गठनप्रति असहमति जनाउँदै संविधान संशोधन गरी समितिको प्रतिवेदनमाथि नै छलफल गर्नुपर्ने बताउनुभयो । गुरुङले राज्य पुनस्रंरचना आयोग गठनबारे संविधानसभा अध्यक्ष र अन्य दलसँग छलफल गरी टुंग्याउनुपर्ने बताउनुभयो । तर संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले विवादित विषय संवैधानिक समितिले टुंग्याउन नसके सिधै संविधानसभामा जाने बताउनुभएको छ । तीन दलका शीर्ष नेताहरुले उपसमिति गठन गर्ने सहमति गरे पनि त्यसलाई संवैधानिक समितिले अनुमोदन गर्नुपर्ने उहाँको भनाई थियो । संविधानसभामा अझै ८३ बुँदामा सहमति जुट्न सकेको छैन ।
एमालेको मुलुक दुर्घटनामा फस्ने-यादव
फोरम अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिष्ट पार्टीले कम्युनिष्टको सिद्धान्त र नामको वदनाम गरेको आरोप लगाउनुभएको छ । बारामा मंगलवार पत्रकार सम्मेलनमा वोल्दै अध्यक्ष यादवले कम्युनिष्ट पार्टीहरु साइन वोर्डमा सिमित रहेको वताउनुभएको छ । उहाले एमालेको कारण देश दुर्घटनामा पर्ने समेत वताउनुभयो । यादवले एमाले र माओवादी विच भएको सात वुदे गोप्य सहमतिले मुलुक र शान्ति प्रकि्रया धरापमा पर्ने चेतावनी समेत दिनुभयो । उहाले सेना समायोजनको ढाचा कुनै दलले नभई सेना समायोजन विशेष समितिले तयार पार्नुपर्ने वताउनुभयो । एमाले र माओदीविच भएको सात वुदे सहमतिमा माओवादी सेना अलग्गै फौज वनाई राख्ने सहमति भएको छ । उहाले वाम गठ वन्धन मात्र नभई वाम लोकतान्त्रिक तथा मधेशी गठवन्धन हुनुपर्ने वताउनुभयो ।
Tuesday, February 15, 2011
न्युजिल्याण्डमा शक्तिशाली भुकम्प
न्यूजिल्यान्डको राजधानी क्राइष्ट चर्चमा ६ दशमलव तीन रेक्टर स्केलको भूकम्पमा जाँदा ६५ जनाको मृत्युभएको छ । राजधानी क्राइष्ट चर्चबाट १० किलोमिटर दक्षिणपूर्वमा केन्द्रबिन्दू रहेको भूकम्पले ब्यापक जनधन क्षति गरेको बताइएको छ । भत्किएका भवनहरुमा उद्धार तथा खोजी कार्य जारी छ । भूकम्पपछि सरकारले न्युजिल्यान्डमा संकटकाल घोषणा गरेको छ । प्रधानमन्त्री जोन कीले खोजी उद्धार र राहत कार्यलाई तीब्रता दिन निर्देशन दिएका छन् ।
फेरि नयाँ सहमति

काठमाण्डौं-फागुन ३ गते मंगलवार ।
सरकार र माओवादीविच फेरि अर्को सहमति भएको छ । प्रधानमन्त्री झलनाथ खनाल चयन हुने वेलामा गत फागुन २० गते माओवादी र एमाले अध्यक्ष विच सात वुदे सहमति भएको थियो । सहमतिमा भएका कतिपय वुदामा अन्य दलहरु मात्र होईन स्वयम एमालेले समेत असहमति राखेपछि सहमतिका यी वुदा अन्यौलमा परेका थिए । सहमतिमा एमाले र माओवादीविच आलोपालो गरि सत्ता साचालन गर्नेमाओवादी लडाकुलाई अलग्गै फोस्र बनाई राख्ने लगायतका सहमति भएको थियो । यसमा एमाले अध्यक्ष झलनाथ खनाल सहमत भएपछि उनलाई माओवादीले मतदान गरि प्रधानमन्त्रीमा निर्वाचित गरेको थियो । तर यी दुई दलहरुविच भएको यो सहमतिमा एमालेले नै असहमति जनाएपछि सहमति कार्यान्वयन हुन सकेको थिएन । यसलाई परिमार्जन सहित मंगलवार माओवादी-एमालेले नया सहमति गरेका छन । नया सहमतिमा पुराना विवादस्पद कुरा परिमार्जन गरिएको छ । यसअघि जनताको समावेशी संविधान वनाउने भनिएकोमा अहिले हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्ने उल्लेख गर्दै लोकतान्त्रिक शब्दको समेत उल्लेख गरिएिको छ । सहमतिमा गृह मन्त्रालय माओवादीलाई दिने पनि उल्लेख गरिएको छ ।
Tuesday, January 04, 2011
सर्वसत्तावादको तयारी
काठमाण्डौं,फागुन ६ गते ।नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एमाले र माओवादीबीच भएको ७ बुँदे सहमति मुलकका लागि घातक भएको बताउनुभएको छ । नेपालगाज जानेक्रममा आज दाङ क्षेत्र नम्बर २ को पाखापानीमा भएको कार्यक्रममा सभापति कोइरालाले सात बँुदे सहमति दुई व्यक्तीबीच वन्द कोठामा भएको भन्दै यसलाई कांग्रेसले स्विकार गर्न नसक्ने स्पष्ट पार्नुभयो । उहाले सर्वसत्तावाद लादने उदेश्यले सातहमति भएको टिप्पणी गर्नुभयो । उहाँले कांग्रेस प्रजातन्त्रबादी पार्टी भएकोले बहुलबादको सिद्धान्तमा अडिग रहेको बताउनुभयो । प्रजातन्त्रको रक्षुका लागि कांग्रेसका नेता तथा कार्यक्रर्तालाई एक जुट भई अगाडि बढ्न पनि उहाँले आग्रह गर्नुभयो । उहाले संविधानका अधिकांश मुद्धामा सहमति भइसकेकोले समयमा संविधान निर्माण हुने विश्वास ब्यक्त गर्नुभयो ।
८३ बुदामा सहमति हुन बाकी
संविधानसभामा प्रतिनिधित्व गर्ने २८ दलबीच उच्चस्तरीय कार्यदलमा सहमति जुट्न नसकेका संविधान निर्माणसम्बन्धी ८३ बुदामा आजबाट छलफल सुरु भएको छ । िसंहदरवारमा आज बसेको २८ दलको बैठकले यसअघि उच्चस्तरीय कार्यदलमा सहमति भएका एक सय २७ बुँदालाई अनुमोदन गरेको छ । कार्यदलमा सहमति भएका एक सय २७ बुँदामध्ये न्यायपालिकाको विषयलाई भने असहमतिको बुँदासहित संवैधानिक समितिमा पठाउने निर्णय भएको छ । आजबाट छलफल सुरु भएको विवादित ८३ बुँदामध्ये आज संविधानको प्रस्तावनाको पहिलो बँुदामै दलहरुबीच विवाद उत्पन्न भएको छ । प्रस्तावनाको पहिलो बँुदामा रहेको नयाँ संविधानको नामका विषयमै दलहरुबीच विवाद देखिएको छ । प्रस्तावनामा यसअघि विषयगत समितिबाट पनि केही फरक प्रस्ताव आएका थिए । दलहरुले संविधानको नामका लागि समाजवाद उन्मुख गणतन्त्र नेपालको संविधान गणतन्त्र नेपालको संविधान जनताको संघीय गणतन्त्र नेपालको संविधानलगायत प्रस्ताव गरेका छन् । आजबाट सुरु भएको असमतिका ८३ बुँदामा राज्यको शाककीय स्वरुप बहुलवाद न्यायपालिकालगायत छन् ।
Subscribe to:
Posts (Atom)