कुवेतमा शुक्रबारबाट सुरु भएको एसीसी अन्डर १९ महिला च्याम्पियनसिप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ ।
उपाधि रक्षा गर्ने लक्ष्यसहित मैदान उत्रिएका दुई पटकको विजेता नेपालले चीनलाई ७ विकेटले पराजित गरेको छ । चीनले प्रस्तुत गरेको ६२ रनको झिनो लक्ष्य नेपालले १५ दशमलव २ ओभरमा ३ विकेटको क्षतीमा भट्टायो । नेपालको जितमा २ चौकाको मद्धतले कविता गौतमले २५ र इन्दु चौधरीले १६ रनको योगदान दिइन् । सस्तै अनुराधा चौधरीले १० रन जोड्दा रुबिना क्षेत्री र सिलु रिजालले १–१ रन जोडिन् । यसअघि युनिटी मैदानमा भएको खेलमा टस हारेर व्याटिङ थालेको चीनले २३ दशमलव १ ओभरमा अलआउट हुँदै ६१ रन बनाएको थियो । चीनलाई सस्तैमा समेट्ने क्रममा ३ ओभरमा ११ रन दिँदै ३ महत्वपूर्ण विकेट लिएकी कविता म्याच अफ दि प्लेयर घोषित भइन् । उनलाइ म्याच अफ दि प्लेयरको उपाधि कूवेतका लागि नेपाली राजदूत मधुबन प्रसाद पौडेलले दिएका थिए ।
त्यस्तै संगिता गौचन र सन्तोषी चौधरीले २(२ विकेट लिइन भने रुबिना क्षेत्री र सोनु खडकाले १(१ विकेट आफ्नो नाममा लेखाएकी छिन् । भोली नेपालल मलेशियासँग खेल्नेछ । भोलि पनि जितको लक्ष्यसहित मैदान उत्रने क्याप्टेन रुबिना क्षेत्रीले बताइन् ।

No comments:
Post a Comment