चिकित्सकहरुले विभिन्न समयमा आपतकालिन सेवा समेत ठप्प पार्ने गरेको प्रति राष्ट्रपति डाक्टर रामवरण यादवले असन्तुष्टि पोख्नुभएको छ । विहिवारबाट नेपालगंजमा सुरु भएको चिकित्सक संघको २५औं सम्मेलन उदघाटन गर्दै राष्ट्रपति डाक्टर यादवले आकस्मिक सेवा वन्द नगर्न आग्रह गर्नुभयो । उहाले चिकित्सकहरुलाई आफ्नो जिम्मेवारी र पेशागत मर्यादाको पालना गर्न पनि आग्रह गर्नु भयो । संक्रमणकाल लम्बिएका कारण देशले निक्कै उतार चढाबको सामना गर्नु परेको उहाँले बताउनुभयो । लोकतन्त्रलाई स्थायित्व दिन सकिए नेपालले छिटटै आर्थिक क्षेत्रमा फड्को मार्ने उहाँको भनाई छ । राष्ट्रपति यादवले राजनीतिक अस्थिरताका कारण यति बेला नेपाली जनता मृगले कस्तुरी खोज्नका लागि भौतारिए जस्तै भौतारिरहेको बताउनुभयो । राष्ट्रपति यादबलाई संघले मानार्थ सदस्यता समेत प्रदान गरेको छ । स्वास्थ्य सेवा नपुगेको ठाउँमा सेवा पुर् याऔं भन्ने नाराका सम्मेलन सुरु भएको हो । सम्मेलनमा देश बिदेशका गरी २ हजार चिकित्सक सहभागि छन् । तीन दिन सम्म चल्ने सम्मेलनमा नेपाली तथा विदेशी चिकित्सकहरुबाट ६० भन्दा बढी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
हामी तपाइँलाइ विश्वसंग एकाकार गराउँनेछाैं।ताजा खवर, विश्लेषण र खबरभित्रकाे खबरकाे लागि हामीसंगै रहनुहाेला।धन्यवाद।।
Tuesday, February 22, 2011
राष्ट्रपति यादवको चित्त चिकित्सकले दुखाए
चिकित्सकहरुले विभिन्न समयमा आपतकालिन सेवा समेत ठप्प पार्ने गरेको प्रति राष्ट्रपति डाक्टर रामवरण यादवले असन्तुष्टि पोख्नुभएको छ । विहिवारबाट नेपालगंजमा सुरु भएको चिकित्सक संघको २५औं सम्मेलन उदघाटन गर्दै राष्ट्रपति डाक्टर यादवले आकस्मिक सेवा वन्द नगर्न आग्रह गर्नुभयो । उहाले चिकित्सकहरुलाई आफ्नो जिम्मेवारी र पेशागत मर्यादाको पालना गर्न पनि आग्रह गर्नु भयो । संक्रमणकाल लम्बिएका कारण देशले निक्कै उतार चढाबको सामना गर्नु परेको उहाँले बताउनुभयो । लोकतन्त्रलाई स्थायित्व दिन सकिए नेपालले छिटटै आर्थिक क्षेत्रमा फड्को मार्ने उहाँको भनाई छ । राष्ट्रपति यादवले राजनीतिक अस्थिरताका कारण यति बेला नेपाली जनता मृगले कस्तुरी खोज्नका लागि भौतारिए जस्तै भौतारिरहेको बताउनुभयो । राष्ट्रपति यादबलाई संघले मानार्थ सदस्यता समेत प्रदान गरेको छ । स्वास्थ्य सेवा नपुगेको ठाउँमा सेवा पुर् याऔं भन्ने नाराका सम्मेलन सुरु भएको हो । सम्मेलनमा देश बिदेशका गरी २ हजार चिकित्सक सहभागि छन् । तीन दिन सम्म चल्ने सम्मेलनमा नेपाली तथा विदेशी चिकित्सकहरुबाट ६० भन्दा बढी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
Friday, February 18, 2011
अलकायदाले मान्छे उचालेको गद्धाफीको आरोप
लिबियाका नेता कर्नल मुअम्मर गद्दाफीले लिबियाका जनताले आफुलाई माया गर्ने दावी गर्दै आफनो विरुद्ध उनीहरु प्रर्दशनमा नउत्रिएको बताएका छन् । गद्दाफीले प्रर्दशनकारीलाई अल कायदाले उस्काएको आरोप पनि लगाएका छन । विविसिसंगको अन्र्तवार्तामा गद्दाफीले लिबियाका जनता आफू प्रति बफादार रहेको वताएका छन । उनले सुरक्षाकर्मीलाई प्रर्दशनकारी माथि गोली प्रहार गर्न आदेश नदिएको पनि दावी गरे । यसैबीच लिबियाको मिसारत शहरमा प्रर्दशनकारी र समर्थकबीच झडप भएको छ ।
Thursday, February 17, 2011
यहि चालले संविधान बन्छ ?
साना दलसहित तीन दलका शीर्ष नेता सम्मिलित समिति बनाउने विषयमा छलफल गर्न वसेको संवैधानिक समितिको बैठकमा सदस्यहरु वोल्ने क्रम नसकिएपछि आज समिति गठन भएन । संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यको आह्वानमा हिजो बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले अन्य दलसँग छलफल गरी संवैधानिक समितिको मातहत रहने गरी आज उपसमिति बनाउने निर्णय गरेका थिए । तर सबै सदस्यले बोल्नेक्रम नसकिएकाले यसबारेमा भोलिमात्र टुङ्गो लाग्ने समितिका सभापति निलाम्बर आचार्यले जानकारी दिनुभयो । बैठकमा कांग्रेसले राज्य पुनस्रंरचना आयोग गठन गर्नुपर्ने प्रस्ताव गरेको छ । संसदीय दलका नेता रामचन्द्र पौडेलले राज्य पुनस्रंरचना आयोग गठन गरी राज्य पुनस्रंरचना गरे समयमै संविधान निर्माण हुने बताउनुभयो । माओवादी नेता देव गुरुङले आयोग गठनप्रति असहमति जनाउँदै संविधान संशोधन गरी समितिको प्रतिवेदनमाथि नै छलफल गर्नुपर्ने बताउनुभयो । गुरुङले राज्य पुनस्रंरचना आयोग गठनबारे संविधानसभा अध्यक्ष र अन्य दलसँग छलफल गरी टुंग्याउनुपर्ने बताउनुभयो । तर संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले विवादित विषय संवैधानिक समितिले टुंग्याउन नसके सिधै संविधानसभामा जाने बताउनुभएको छ । तीन दलका शीर्ष नेताहरुले उपसमिति गठन गर्ने सहमति गरे पनि त्यसलाई संवैधानिक समितिले अनुमोदन गर्नुपर्ने उहाँको भनाई थियो । संविधानसभामा अझै ८३ बुँदामा सहमति जुट्न सकेको छैन ।
एमालेको मुलुक दुर्घटनामा फस्ने-यादव
Tuesday, February 15, 2011
न्युजिल्याण्डमा शक्तिशाली भुकम्प
न्यूजिल्यान्डको राजधानी क्राइष्ट चर्चमा ६ दशमलव तीन रेक्टर स्केलको भूकम्पमा जाँदा ६५ जनाको मृत्युभएको छ । राजधानी क्राइष्ट चर्चबाट १० किलोमिटर दक्षिणपूर्वमा केन्द्रबिन्दू रहेको भूकम्पले ब्यापक जनधन क्षति गरेको बताइएको छ । भत्किएका भवनहरुमा उद्धार तथा खोजी कार्य जारी छ । भूकम्पपछि सरकारले न्युजिल्यान्डमा संकटकाल घोषणा गरेको छ । प्रधानमन्त्री जोन कीले खोजी उद्धार र राहत कार्यलाई तीब्रता दिन निर्देशन दिएका छन् ।
फेरि नयाँ सहमति

Tuesday, January 04, 2011
सर्वसत्तावादको तयारी
काठमाण्डौं,फागुन ६ गते ।नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एमाले र माओवादीबीच भएको ७ बुँदे सहमति मुलकका लागि घातक भएको बताउनुभएको छ । नेपालगाज जानेक्रममा आज दाङ क्षेत्र नम्बर २ को पाखापानीमा भएको कार्यक्रममा सभापति कोइरालाले सात बँुदे सहमति दुई व्यक्तीबीच वन्द कोठामा भएको भन्दै यसलाई कांग्रेसले स्विकार गर्न नसक्ने स्पष्ट पार्नुभयो । उहाले सर्वसत्तावाद लादने उदेश्यले सातहमति भएको टिप्पणी गर्नुभयो । उहाँले कांग्रेस प्रजातन्त्रबादी पार्टी भएकोले बहुलबादको सिद्धान्तमा अडिग रहेको बताउनुभयो । प्रजातन्त्रको रक्षुका लागि कांग्रेसका नेता तथा कार्यक्रर्तालाई एक जुट भई अगाडि बढ्न पनि उहाँले आग्रह गर्नुभयो । उहाले संविधानका अधिकांश मुद्धामा सहमति भइसकेकोले समयमा संविधान निर्माण हुने विश्वास ब्यक्त गर्नुभयो ।
८३ बुदामा सहमति हुन बाकी
Friday, December 24, 2010
विश्व सम्पदा सुचीमा रहेको प्रतापपुर मन्दिर क्षतिग्रस्त ।
काठमाण्डौं,माघ ३ गते मंगलवार । विश्व सम्पदा सुचीमा स्वयम्भुमा रहेको प्रतापपुर मन्दिर चटयाङमा परि क्षतिग्रस्त भएको छ । आज विहान परेको चटयाङले मन्दिरको अधिकांश भाग क्षतविक्षत भएको हो । तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको प्रतापपुर मन्दिरको चार ठाउँमा चट्याङ परेको थियो । चटयाङले मन्दिरको जगमा समेत असर पुग्ोको छ । चटयाङ पर्दा मन्दिरका सामग्री दुई किलोमिटर परसम्म उछिट्टिएका थिए । मन्दिरबाहिरको एउटा मूर्ति पनि पूर्णरुपमा क्षतिग्रस्त भएको छ । क्षति निरीक्षण गर्न आजै पुरातत्व विभागका पदाधिकारीहरु मन्दिरमा पुगेका थिए । स्वयम्भु व्यवस्थापन तथा संस्कृति महासमितिले विश्व सम्पदा सूचीमा रहेको यो मन्दिर तत्काल पुनःनिर्माण गर्न माग गरेको छ । यसअघि २०६० साल साउन १९ गते पनि चटयाङ परेर प्रतापपुर मन्दिरमा आगलागी भएको थियो ।