हामी तपाइँलाइ विश्वसंग एकाकार गराउँनेछाैं।ताजा खवर, विश्लेषण र खबरभित्रकाे खबरकाे लागि हामीसंगै रहनुहाेला।धन्यवाद।।
Saturday, November 14, 2009
रमाईलो आन्दोलन
नागरिक सर्वोच्चता कायम गराउन माग गर्दै सरकार र उसका समर्थक दलहरुलाई प्रेसर दिन सडक आन्दोलन थालेको माओवादीले विहिवार र शुक्रवार मुलुककै मुख्य प्रशासनिक केन्द्र सिहदरवार घेराउ गरयो । बडो रमाइलो संग नाचगानको साथमा पुलाउ तरकारी खादै गरिएको आन्दोलन भयो । माओवादीले यो आन्दोलनलाइ ऐतिहासिक सफलताको उपमा दिएको छ । तर सरकारले भने यसको सामान्य परवाह समेत गरेन । वरु यो आन्दोलन प्रेसल हैन मज्जा गरेको उनीहरुको टिप्पणी थियो । बाजागाजाको साथमा आन्दोलन हैन विवाहको रत्यौली जस्तो पो भयो एक नेताको टिप्पणी थियो । हुनत विहिवारको आन्दोलन नतातेको होइन आनि कार्यकर्ता उपस्थित नभएका पनि होइनन तर भद्रकालीमा जब प्रचण्ड नायिका रेखा थापा संग नाचे तब मानिसले भन्न थाले लालुपाते नुहयो भुइतिर । किनभने प्रचण्ड यहि गीतमा नायिकाको चाहनाअुनसार नाचेका थिए । शुक्रवार पनि आन्दोलन भयो तर दुई बजे पछि यो आन्दोलनवाट र् यालीमा परिणत भएर सभागृह र रत्नपार्कको विच वाटोमा कोण सभा गरेर सकियो । अव माओवादीले मंसिर पाँच गते सम्मको अल्टिमेटम दिएका छनसहमतिको लागि । हुनत सरकारलाई पनि पिर नपरेको होइन बजेट पास गर्न नसकेर । माओवादीले चार महिना देखि सदन पनि चल्न दिएका छैनन ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment