Friday, May 04, 2012

५ बुँदे सहमति खारेज गर्न बैद्य पक्षको माग


एकीकृत नेकपा माओवादीको बैद्य पक्षले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने ५ बुँदे सहमति खारेजको माग गरेको छ । मोहन बैद्य किरण पक्षीय नेताहरुको बैठकले गत कार्तिकमा भएको सातबुँदे सहमति अनुसार नै ५ बुँदे सहमति भएको भन्दै खारेजको माग गरेको हो ।
बैठकपछि उपाध्यक्ष बैद्य र महासचिव रामबहादुर थापा बादलद्धारा जारी विज्ञप्तीमा सातबुँदेको सेना समायोजनसम्वन्धी विषयमा आफूहरुको असहमति रहेको र त्यही सातबुँदेको अधारमा पाँच बुँदे सहमति भएको भन्दै खारेजको माग गरिएको छ । विज्ञप्तीमा भनिएको छ(’त्यही असहमतिको सातबुँदालाई टेकेर अहिले पाँचबुँदे सम्झौताका आधार बनाउनुले त्यसबाट देशभत्त,, जनवादी तथा क्रान्तिकारी शक्तिहरुलाई अलग गर्न खोजिएको यर्थाथता प्रष्ट हुन्छ । यसरी देशभक्त तथा क्रान्तिकारी शक्तिहरुलाई अलग राखेर कस्तो राष्ट्रिय सहमति खोजिएको हो स्वयं विरोधासपूर्ण र हास्र्यापद रहेको छ ।’ माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाबीच प्रधानमन्त्री डा। बाबुराम भट्टराईको नेतृत्वमा नै सहमतीय सरकार गठन गर्ने लगायतका ५ बुँदे सहमति भएको थियो ।

बैद्य पक्षले पार्टी उपाध्यक्ष समेत रहेका भट्टराईको नेतृत्वमा बन्ने सहमतीय सरकारमा सहभागी नहुने निर्णय गरेको छ । भट्टराई बहुमतीय प्रक्रियाबाट निर्वाचित प्रधानमन्त्री भएकाले राजीनामा दिनु पर्ने बैद्य पक्षको अडान छ । ‘संविधानको धारा ३९ को १ को बहुमतीय प्रक्रियाबाट भनेको सरकारलाई राष्ट्रिय सहमतिको पगरी गुथाउँदैमा हुँदैन( बैद्य पक्षीय नेता देव गुरुङले भन्नुभयो ।
बैद्य र बादलद्धारा विज्ञप्तीमा आमचुनावसम्म आलोपालो प्रणालीका आधारमा सहमतीय सरकार गठन गर्ने दलहरुको सहमतिलाई कसैको प्रधानमन्त्री पद आरक्षण भनेको छ । साथै पाँचबुँदे सहमति शान्ति प्रक्रिया र जनताको पक्षमा संविधान निर्माण गर्ने प्रक्रियालाई साधक नभई बाधक बनेको बैद्य पक्षको ठहर छ ।

No comments: