स्वेच्छिक अवकाश रोजेका माओवादी लडाकूहरुको विदाई प्रक्रिया शुक्रबारबाट सुरु भएको छ । सेना समायोजन विशेष समिति अन्तरगतको सचिवालयले शुक्रबार चितवनको शक्तिखोरस्थित तेस्रो र नवलपरासीको झ्यालटुङ्गडाँडास्थित चौथो डिभिजनमा विदाई प्रक्रिया सुरु गरेको छ भने बाँकी पाँच बटा डिभिजनमा भोलीबाट सुरु हुनेछ ।
तेस्रो डिभिजन चितवनमा दर्जाका विषयमा विवाद भएपछि केही बेर प्रक्रिया नै अवरुद्ध भएको थियो । सचिवालय संयोजक बालानन्द शर्माले भन्नुभयो(’उहाँहरुले आफूहरुको माग सम्वोधन नभएको र अन्तिमले प्रमाणिकरणको समयको दर्जा अनुसार नै रकम दिन लागेको भनेर विरोध गर्नु भएपछि केहीवेर विवाद भएको थियो ।’
सचिवालयको टोलीले राजनीतिक सहमति अनुसार नै आफूहरुले अन्मिनले नै तय गरेको दर्जा अनुसार रकम दिने बताएपछि माओवादी कमाण्डरहरुले नेतृत्वसँग छलफल गरेका थिए । सचिवालय संयोजक शर्माले भन्नुभयो(’नेतृत्वसँगको छलफलपछि उहाँहरु अन्मिनले नै तय गरेको दर्जा अनुसार रकम लिन सहमत हुनु भएको हो ।’
सचिवालयका अनुसार तेस्रो डिभिजनमा ७५ र चौथो डिभिजनमा ७७ जनाजना स्वच्छिक अबकास रोजका लडाकूलाई चेक हस्तान्तरण गरिएको छ । अवकाश रोजेका लडाकूहरुलाई उनीहरुको दर्जा अनुसार उनीहरुले पाउने रकमको आधा एकाउन्ट पे चेक दिइएको छ भने विशेष समितिको निर्णय अनुसार २ देखि ८ हजारसम्म बाटो खर्च पनि दिइनेछ । आधा रकम भने अर्को आर्थिक वर्षमा दिइनेछ । सचिवालयले यसअघि नै लडाकूको घर कायममा रहेका सराकरी बैंकमा खाता खोलिसकेको छ । लडाकू विदाईका लागि पहिलो डिभिजनमा शम्भुराम सिंखडा, दोस्रो डिभिजनमा चन्द्रप्रकाश खनाल, तेस्रोमा संयोजक बालानन्द शर्मा, चौथोमा षडानन्द कुर्मी, पाँचौँमा कुलप्रसाद केसी, छैटौँमा दीपक भट्ट र सातौँ डिभिजनमा गोपाल बोहोरा नेतृत्वको टोली गएको छ ।
श्रोतका अनुसार माओवादीले स्वेच्छिक अवकाश रोजेका लडाकूहरुको औपचारिक विदाई माघ २८ गते तयारी छ । सचिवालयले प्रमुख दलका शीर्ष नेताहरुको उपस्थितिमा विदाई गर्ने तयारी गरिएपनि कांग्रेस र एमालेका नेताहरुले अनिच्छा देखाएपछि माओवादीले कार्यक्रम गरी विदाई गर्न लागेको हो ।
सचिवालयका संयोजक वालानन्द शर्माले भने अवकास रोजेका लडाकूहरुले माघ मसान्तसम्ममा शिविर छाडिसक्नु पर्नेछ । ‘उहाँहरुका लागि रासन भत्ता माघ मसान्तसम्मको मात्र छ’ सचिवालय संयोजक शर्माले भन्नुभयो(’चेक बुझिसकेपछि उहाँहरुले समान्तसम्ममा शिविर छाडिसक्नु पर्नेछ ।’ सचिवालयले १२ दिनभित्र स्वेच्छिक अवकाश रोजेका लडाकूहरुको विदाई गरिसक्ने योजना बनाएको छ ।
२८ बटा शिविरमा रहेको १७ हजार ७६ लडाकुमध्ये ७ हजार ३ सय ६५ जनाले स्वेच्छिक अवकास रोजेका छन् । अअबकास रोजेका लडाकूहरुको विदाईपछि माओवादी लडाकूका २८ शिविरलाई १४ बटामा झार्ने सचिवालयको तयारी छ ।
No comments:
Post a Comment