Saturday, March 31, 2012

संघीयतामा बुद्धि पुर्‍याउन नेताहरुलाई राष्ट्रपतिको आग्रह


राष्ट्रपति डा.रामवरण यादवले संघीयतामा जाँदा बुद्धि पुर्‍याउन राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका छन् । उनले संघीयतना बिना संविधान जारी हुन नसक्ने भन्दै देश विखण्डन नहुने गरी संघीयतामा जानु पर्ने बताए । शनिबार शीतल निवासमा ज्ञापन पत्र बुझ्दै राष्ट्रपति यादवले संघीय प्रदेश निर्माण गर्दा कसरी गर्ने भन्ने विषयमा दलहरुले बुद्धि पुर्‍याएर काम गर्नु पर्ने उल्लेख गरे । राष्ट्रपतिले भने, मुलुकको एकता अखण्ड हुनु पर्छ । यसमा आँच नआउने गरी संघीय प्रदेशहरु निर्माण गर्नु पर्छ । त्यसले नै देश र जनताको हित हुन्छ म त्यसको पक्षमा छु ।
राष्ट्रपति यादवले प्रमुख राजनीतिक शक्तिहरुको बीचमा सहमतिको बातावरण बनेकोले जेठ १४ भित्र शान्ति र संविधान आउने विश्वास ब्यक्त गरे । दलहरुले जेठ १४ मा शान्ति र संविधान दिन्छन् भन्ने मलाई विश्वास छ, उनले भने, मैले चार प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुलाई यहि बोलाएर भनेको छु तपाईंहरु सहमति गर्नुस् जेठ १४ भित्र शान्ति र संविधान दिनुस्, म मा विश्वास बढेको छ, दलहरुवीच सहमति बन्दै गएकोले मुलुकले शान्ति र संविधान पाउँछ । माओवादी, कांग्रेस, एमाले र मधेसको शक्ति मिलेर अगाडि बढ्नु पर्छ ।
संसारमा लागु भएका शासन प्रणालीका राम्रा राम्रा पक्षलाई समेटेर लोकतान्त्रिक मुल्यमान्यता भएको शासन प्रणाली अपनाउनु पर्ने  धारणा राख्दै भने,लोकतान्त्रिक मुल्य मान्यता भएको संविधान बन्नुपर्छ ।

विहारका बासिन्दा केही वर्षअघिसम्म धान काट्न नेपाल आउने गरेको स्मरण गर्दै उनले अहिले विहार समृद्ध बन्दै गएको उल्लेख गरे । तर नेपालमा राजनीतिक पद्धतिबाट चल्न सकेन,उनको धारणा थियो । राष्ट्रपति यादवले मुलुक बचाउन अब कुनै पनि शिखर पुरुषहरु नफर्कने बताए । यो देश बचाउन आकाशबाट मान्छे आउँदैन, हामीले नै बचाउनुपर्छ  ।

No comments: