नेकपा एमालेले वर्तमान सरकारको बहिगर्मनका लागि आउँदो असोज १९ गते काठमाडौँमा बृहद् जनप्रदर्शन र आमसभाको तयारीमा जुट्न पार्टी निकटका भ्रातृ संस्थाका पदाधिकारीहरूलाई निर्देशन दिएको छ।
पार्टी कार्यालय बल्खुमा आज आयोजित विभिन्न १९ वटा भ्रातृ सङ्गठनका पदाधिकारीको भेलालाई सम्बोधन गर्दै एमालेका अध्यक्ष झलनाथ खनालले वर्तमान सत्ताधारी गठबन्धनले सहमति र वार्ताको नाममा आफूहरूलाई अल्मल्याउन खोजेको बताए।
उनले गतिरोधको निकासका लागि राष्ट्रपतिले कानुनको दायरामा रही सक्रिय तथा सचेत भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याए।
अध्यक्ष खनालले यस भदौ महिनाभित्र राजनीतिक निकासको कुनै सम्भावना नरहेको र असोज १९ गतेसम्म पनि सहमति नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिए।
गत जेठ २६ गते विपक्षी दलहरूले गरेको संयुक्त आमसभा तुलनात्मकरूपमा फितलो भएपछि यसपटक एमालेले एकलरूपमा विरोधको कार्यक्रम सार्वजनिक गरेको कार्यक्रममा बताइयो।
No comments:
Post a Comment