हामी तपाइँलाइ विश्वसंग एकाकार गराउँनेछाैं।ताजा खवर, विश्लेषण र खबरभित्रकाे खबरकाे लागि हामीसंगै रहनुहाेला।धन्यवाद।।
Tuesday, August 25, 2009
Thursday, August 13, 2009
झाडा पखाला संगै गलत अफवाह पनि
प्रकाश गिरी
डाक्टरहरुले झाडा पखालावाट प्रभावित दैलेखवासीलाई यो रोग श्वास प्रश्वासवाट वा कसैको नजिक बस्दैमा सर्दैन भनेर हजारौं पटक भनिसकेका छन । उनीहरु पनि डाक्टरको छेउमा निकै कुरा वुझेझैं गर्छन र जान्छन । तर डाक्टरहरुवाट अलिकति ओझेल पर्ने वित्तिकै झाडा पखाला त सर्छ भन्न थालिहाल्छन । कस्तो अचम्म हेर्नुस नजहाँ झाडा पखालाले सिगै जिल्ला प्रभावित छ त्यहाँयो रोग सर्छ भनेर कसैले पनि विरामीको रेखदेख समेत राम्रो संग गर्दैन । अनि परेन फसाद भयो के भनेगत साउन १४गते दैलेखको भैरेकालिकाथुम वस्ने अवि जैसी विरामी वृद्ध आमालाई वोकेर शिविरमा आएउपचारको लागि । उपचार हुदै थियो । उनी चाहि आमाको कुरुवा वसे । तर कस्तो दुर्भाग्य यहि अस्पताल वसाइको क्रममा उनलाइ पनि झाडा पखाला लाग्यो र १८गते मृत्यु भयो । अझ दुखद कुरा के भने विरामी आमाले पनि भोलि पल्ट मृत्युवरण गरिन । जैसी परिवार शोकमा डुब्यो तर स्थानीयवासिन्दालाई भने शंका ल्ााग्यो कि यो विरामीसंगसंगै वस्दा सर्ने रोग पो रहेछ भनेर । यति मात्र कहा हो र १४ गते नै यसै ठाउमा वस्ने डिल्लि प्रसाद उपाध्यायको पनि झाडापखालाकै कारण मृत्यु भयो । संगसंगै भर्ना भएकी थिइन उनकी श्रीमती कौशिला उपाध्याय पनि । उनी चाहि १७ गते परलोक भइन । विचरा सोझा जनताले अनि के गरुन यो सरुवा रोग हो नभनेर । लाख कोशिश गरे डाक्टरहरुले यो रोग विरामीे संगै वस्दा सर्दैन भनेर सम्झाउन । तर अव पत्याउने कसले उनीहरुको अहिले पनि आधा काम यो रोग यसरी सर्दैन भनेर वताउने नै हो ।झाडा पखालाकै कारण यो गाविसमा मात्र ८ जनाको मृत्यु भयो । त्यसपछि सरकारी अनि गैरसरकारी तवरवाट उपचार अनि स्वास्थ्य परामर्श दिन थालियो । तव मात्र जनताले अलि अलि पत्याउन थाले । तर अहिले पनि उनीहरु आफु आफु कुरा गर्दा वा कोही नया मानिस आउनासाथ यो कुरा भन्न भने छुटाउँदैनन । झाडा पखालाको वारेमा वुझन सरकारी कामको अुनगमन गर्न गत आइतवार स्वास्थ्य मन्त्री उमाकान्त चौधरी यो गाविसमा पुग्दा पनि स्थानीयबासीमा यो शंका कायमै थियो । स्वास्थ्य चौकिमा आएका अधिकांश मानिस मुख छोपेर वसेका देखिन्थे । खुला चौरमा मन्त्रीले यो रोग श्वास प्रश्वास वा नजिक वस्दैमा सर्दैन भन्दा त बढी उनीहरुले खासखुस गरे । केहिले मन्त्रीको यस्ता कुरामा ताली बजाए तर अधिकांशको मन भने अझै गहु्रगो नै भइरहेको थियो । किनभने उनीहरु त यो रोगका विरामीहरुको स्याहार सुसार त कता हो कता तिनीहरुसंग वोल्न समेत छोडन थालिसकेका थिए । अनि आश्चर्यमा नपरेर के गरुन त उनीहरुको चालामाला देख्दा सदरमुकामतिरका स्वास्थ्य कार्यालयमा टासिएको झाडा पखालाको लक्षण र यसलाई नियन्त्रण गर्ने उपायको वारेमा लेखिएको पर्चा औचित्य हिन लाग्दथ्यो । निराक्षर सर्वसाधारणले त्यो नवुझ्नु सामान्य नै भयो ।उनीहरु मृत्यको भयवाट कतिसम्म त्रसित थिए भने झाडा पखाला लागेको विरामीलाइ जीवनजल ख्वाउने तरिका स्वास्थ्यकर्मीले बताए लगत्तै उनीहरु प्याकेट खोलेर मुखमा हालेर निलिदिन्थे ।
मन्त्री गएकै दिन भैरेकालिकाथुममा तीनजना राउटे पनि आएका थिए । उनीहरु सामान्य विरामी भएका रहेछन। विरामी छ डाक्टर छ औषधि छ र पनि समस्या आइलाग्यो ।विरामी औषधि खानै मान्दैनन । मन्त्री चौधरीले आग्रह गरेपछि मात्र उनले औषधि खान्छु भने ।

२२दल एक ठाउँ
प्रकाश गिरी
सत्तारुढ २२दलको विहिवार साउन २९गते प्रधानमन्त्री निवास वालुवाटारमा वसेको वैठकले उपराष्ट्रपति परमानन्द झालाइ नेपाली भाषामा पुन सपथ लिन आग्रह गरेको छ । अन्तरिम संविधानमा मातृभाषामा सपथ लिने ब्यवस्था नभएकॊले यसपटक नेपालीमा नै सपथ लिन यी दलहरुले आग्र गरेका हुन । गत वर्ष उपराष्ट्रपति भएपछि झाले नेपालीमा सपथ लिनु असंवैधानिक भन्दै सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइ गर्दै अदालतले उहालाइ पुन नेपाली सपथ लिन निर्देशन दिएको थियो । तर उपराष्ट्रपति झाले भने मानिरहनुभएको छैन । त्यस्तै २२दलको वैठकले भदौ १ हुने संवैधानिक समितिको सभापतिको उम्मेदवार साझा वनाउने कसरत पनि गरेका छन । तर वैठकमा साना दलले भने माले नेता सि पी मैनालीलाइ पनि उम्मेदवार उठाउने वताएर साझा उम्मेदवार तय गर्न वाट रोकेका छन । सभापतिको लागि कांग्रेसले नीलाम्वर आचार्य तथा माओवादीले डा।वावुराम भट्टराइलाइ उठाउने निर्णय गरेको छ । यो वैठकमा माओवादी भने सहभागी थिएन । वहुमत सदस्य कांग्रेस उम्मेदवारको पक्षमा रहेकोले छिटै नाटकिय परिवर्तन भएन भने संवैधानिक समितिको अध्यक्षमा निलाम्वर आचार्य निर्वाचित हुने लगभग निश्चित छ ।

Tuesday, May 19, 2009
साम्यवादी एकल निर्णयबाट पार्टी चल्न सक्दैन । शरतसिंह भण्डारी नेता, मधेशी जनअधिकार फोरम
काँग्रेस र एमाले गठबन्धनलाई समर्थन किन गर्नु भयो ?एनेकपा माओवादीले पटक-पटक गरेको प्रतिबद्धता कार्यन्वयन गरेन र सर्वसत्तावादी ढंगले सरकार चलाउन खोज्यो । माओवादी सहमतीको आधारमा चल्न नचाहेकाले वैकल्पिक गठबन्धनमा लागेका हौं । अर्को कुरा संविधानसभा रहेका २४ मध्ये २२ दल अहिले बनेको प्रजातान्त्रिक गठबन्धनमा छ ।
तपाईहरुसँग सरकारले गरेको सम्झौता नयाँ गठबन्धनले पुरा गर्ला ?
पहिला पनि फोरम न्यूनत्तम साझा समझदारीकै आधारमा सरकारमा सहभागी भएको हो । अहिले पनि न्यूनत्तम साझा समझदारी बनाएरै सरकार जाँदैछौं । सम्झौता पुरा गर्ने प्रतिबद्धता आईसकेको छ ।
फोरम केन्द्रीय समितिले सरकारमा सहभागी हुने निर्णय गरेको छैन नि ?
हाम्रो पार्टीका ५३ मध्ये ३२ सभासदले सरकारमा जाने निर्णय गरिसकेक छन् । जेठ ५ गते बस्न लागेको केन्द्रीय समितिको वैठकले पनि बहुमत सभासदको भावना बुझेर निर्णय गर्नेछ ।
केन्द्रीय समितिले तपाईहरुको विपक्षमा निर्णय गर्यो भने फोरम विभाजित हुन्छ ?
म दोहोर्याएर भन्छु, केन्द्रीय समितिले हाम्रै पक्षमा निर्णय गर्छ । पार्टीलाई संस्थागत निर्णय र लोकतान्त्रिक किसिमले चलाउनु पर्दछ । साम्यवादी एकल निर्णयबाट पार्टी चल्न सक्दैन ।
फोरम अध्यक्ष उपेन्द्र यादवले भने जस्तै बाहिरै बसेर सरकारलाई समर्थन गर्दा के हुन्छ ?
अब बन्ने सरकार बलियो र स्थिर बनाउन फोरम सरकारमा जान लागेको हो । हामी मात्रै हैन माओवादी पनि सरकार सहभागी हुनुपर्छ ।<
Monday, May 18, 2009
संकल्प प्रस्ताव पेश हुन नदिइने
राष्ट्रपतिको प्रधानसेनापति सम्वन्धि निर्णय बिरुद्ध संसदमा संकल्प प्रस्ताव ल्याउने माओवादीको योजनालाई असफल पार्न नेपाली कांग्रेस र एमालेले सहमति गरेका छन् । नेपाली काँग्रेस र नेकपा एमालेले राष्ट्रपतिको प्रधानसेनापतिसम्बन्धि निर्णयविरुद्ध माओवादीलाई संकल्प प्रस्ताव पेश गर्न नदिने सहमति गरेका छन् । जेठ ५ गते बिहान कांग्रेस सभापति गिरिजाप्रसाद कोईराला निवासमा उनी र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफलमा माओवादीलाई संकल्प प्रस्ताव ल्याउन नदिने सहमति भएको हो । सरकार गठन नै अहिलेको पहिलो आवश्यकता भएकोले सरकार गठनमा लाग्नु पर्नेमा दुवै नेताको सहमति रहेको छलफलमा सहभागि नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले बताए । सिटौलाका अनुसार, दुई नेताबीच माओवादीलाई संसदको गतिरोध रोक्न आग्रह गर्ने पनि सहमति भएको छ ।
सभामुखलाई ३४९ सभासदको हस्ताक्षर
एमाले वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा सरकार बनाउन मधेशी जनअधिकार फोरम सहमत भएपछि २२ दलका ३ सय ४९ सभासदको हस्ताक्षर सभामुख सुवासचन्द्र नेम्वाङ्गलाई बुझाइएको छ । सभामुख नेम्वाङ्गले सरकार गठनको प्रकि्रया छिट्टै शुरु गर्ने बताएका छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा सरकार गठन प्रकि्रया अगाडि बढाउन जेठ ३ गते २२ दलका ३ सय ४९ सभासदद्धारा हस्ताक्षरित पत्र बुझेपछि सभामुख नेम्वाङ्गले कार्यव्यवस्था समितिको वैठक बोलाएर सरकार निर्माण प्रकि्रया अगाडि बढाउने बताएका हुन । हस्ताक्षर सहितको पत्र बुझाउन नेता नेपाल, फोरम सहअध्यक्ष जयप्रकाशप्रसाद गुप्ता, विजयकुमार गच्छदार लगायतका नेताहरु गएका थिए ।
Monday, February 16, 2009
एमाले महाधिवेशन उद्घाटन
नेकपा एमालेको आठौं महाधिवेशनको महासचिव झलनाथ खनालले उद्घाटन गरेका छन्। बुद्धको जन्मस्थल लुम्बिनीमा बिहान प्रज्ज्वलन गरी ल्याइएको ज्योतिबाट महासचिव खनालले दीप प्रज्वलन गरी महाधिवेशन उद्घाटन गरेका हुन्। सुरुमा एमाले नेता भरतमोहन अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासहितका नेतालाई आसन ग्रहण गराए। त्यसपछि नेता भीम रावलले विदेशी अतिथीलाई आसन ग्रहण गराए। सुरुमा राष्ट्रिय गान गाइयो र त्यसपछि शहीदलाई श्रद्धाञ्जली अर्पण गरियो।उद्घाटन समारोहमा सभापति कोइरालाले भने- ´सहकार्यबाट रुपान्तरण गरौं भनेको प्रचण्डलाई अलिक अप्ठेरो भएको जस्तो छ। तर अहिलेको आवश्कयता त्यही हो।´ कोइरालाले थपे, ´आजबाट सहमति गरौं। अब सँगै बढौं। नेपालमा अस्थिरता भए छिमेकीलाई पनि राम्रो हुन्न भन्ने कुरा मैले विदेशी भारतीय र चिनीयाँलाई पनि भन्ने गरेको छु।´राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले राष्ट्रियताको सबाल कमजोर भएको भन्दै यो महाधिवेशनले त्यसलाई मजबुत बनाओस् भन्ने शुभकामना दिए। नेकपा मसालका नेता चित्रबहादुर के सीले देशको स्वाधिनतामा असर पर्ने काम भइरहेको भन्दै सबै दल एक ठाउँमा भएर अगाडि बढ्नु पर्ने बताए। उद्घाटन समारोहमा मधेशी जनअधिकार फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी, नेकपा माले, राष्टिय जनमोर्चा, नेकपा एकीकृत, नेकपा संयुक्त, सद्भावना पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्टिय प्रजातन्त्र पार्टी, राष्टिय जनशक्ति पार्टीलगायतका शीर्ष नेता सहभागी छन्। महाधिवेशनमा भाग लिन १४ देशका कम्युनिष्ट श्रमिक र समाजवादी गरी २१ पार्टीका ४० नेता सहभागी छन्। कम्युनिष्ट पार्टी अफ बंगलादेश, वर्कस पार्टी अफ बंगलादेश, सोसलिष्ट पार्टी अफ बंगलादेश, चिनियाँ कम्युनिष्ट पार्टी, भारतीय कम्युनिष्ट पार्टी (माक्स्रवादी), भारतीय कम्युनिष्ट पार्टी (माले), अल इन्डिया फरवार्ड ब्लक, इराकी कम्युनिष्ट पार्टी, कम्युनिष्ट पार्टी अफ पाकिस्तान, कम्युनिष्ट पार्टी अफ श्रीलंका, जेभीपी श्रीलंका, कम्युनिष्ट पार्टी अफ भियतनाम, एमएलपीडी जर्मनी, जीसीपी जर्मनी, केकेई ग्रीस, रिफाउन्डेसन इटाली, सोसलिष्ट पार्टी अफ नर्वे, कम्युनिष्ट पार्टी अफ रसिया, लेफट पार्टी स्वीडेन र कम्युनिष्ट पार्टी अफ स्पेनका अतिथि छन्।त्यस्तै पाकिस्तान, फिनल्यान्ड, ब्राजिल, स्वीडेन, लाओस, जापान, फ्रान्स र बेल्जियमका विभिन्न पार्टीले लिखित शुधकामना पठाएको जानकारी पोखरेलले दिए।बुटवल मण्डपमा अवस्थित महाधिवेशनस्थल २२ बिघा क्षेत्रफलमा फैलिएको छ।
Wednesday, December 03, 2008
माओवादी मन्त्री देव गुरुङ्गको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक समिति गठन
सरकार सञ्चालनका लागि सुझाव दिने उद्देश्यले माओवादी नेता देव गुरुङको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ ६ दलको बैठकले संयन्त्र गठन गरेको हो। अस्थायी रुपमा गुरुङलाई संयोजक तोकिए पनि स्थायीरुपमा पछि संयोजक तोकिने सहमति बैठकले गरेको छ। संयन्त्रमा माओवादीका तर्फबाट अर्का नेता वर्षमान पुन अनन्त सहभागी हुनुहुन्छ भने एमालेका तर्फबाट पूर्व महासचिव माधवकुमार नेपाल र सुरेन्द्र पाण्डे सदस्य हुनुहुन्छ। यस्तै, संयन्त्रमा मधेसी जनअधिकार फोरमका तर्फबाट अध्यक्ष उपेन्द्र यादव र शरदसिंह भण्डारी, सद्भावना पार्टीका तर्फबाट सहअध्यक्ष लक्ष्मणलाल कर्ण र रामनारायण सिंह, जनमोर्चाका तर्फबाट लीलामण पोखरेल र गिरिराजमणि पोखरेल तथा नेकपा संयुक्तका तर्फबाट चन्द्रदेव जोशी र सुनील मानन्धर रहनुभएको छ। एमालेका तर्फबाट पूर्व महासचिव माधवकुमार नेपालको नाम पार्टीले पठाए पनि उहाँ भने आजको बैठकमा सहभागी नहुनुभएको स्रोतले बताएको छ। संयन्त्रमा सत्तारुढ ६ दलबाट दुई जनाका दरले प्रतिनिधि राख्ने निर्णय दलहरुले गरेका थिए।
रामहरिका हत्याराको निलम्बन फुकुवा
जनसेनाको चितवन शक्तिखोरस्थित शिविरलाई मानव बधशालाका रूपमा प्रयोग गर्दै आएको आरोपमा राज्यद्वारा पक्राउ पूर्जी जारी गरिएका कालीबहादुर खाम माओवादीको हालै सम्पन्न भेलामा सम्मानित भएपछि हत्यारा र अपराधीहरूको मनोबल बढेको छ। चार महिनाअघि व्यवसायी रामहरि श्रेष्ठलाई विविधको नेतृत्वमा काठमाडौं कोटेश्वरबाट पक्राउ गरी चितवन शक्तिखोरस्थित सेनाको शिविरभित्र लगेर हत्या गरिएको थियो। विविध शक्तिखोरस्थित माओवादी जनसैनिक शिविरका कमान्डर हुन्। हत्यामा संलग्न विविधलाई पार्टीले कारबाही गरिसकेको जनाउँदै माओवादीले राज्यलाई बुझाउने प्रतिबद्धता जाहेर गरेपछि रामहरि प्रकरणलाई लिएर राजधानीमा उठेको आन्दोलन मत्थर भएको थियो। तर तत्कालै माओवादीको नेतृत्वमा सरकार बनेका कारण विविध पक्राउ परेनन्। कानुनका आँखामा फरार रहे पनि माओवादी मन्त्रीहरू सहयोगीका रूपमा पाएपछि उनी पुरानै हैसियतले अघिपछि हिँडिरहे। रक्षामन्त्री रामबहादुर थापा बादल आफ्नो गृहजिल्ला चितवन गएका बेला विविधसँग लामो भेटघाट गरेको घटनालाई अखबारले समाचार बनाएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसले संसद्मा आवाज उठायो। संसद्मा प्रत्युत्तर दिँदै रक्षामन्त्री बादलले आफूले भेट नगरेको दाबी गरे भने गृहमन्त्री वामदेव गौतमले जनसेनाको शिविरभित्र प्रवेश गर्ने अधिकार नेपाल प्रहरीलाई नभएको बताउँदै अभियुक्त विविध शिविरभन्दा बाहिर आउनेबित्तिकै पक्राउ गर्ने आश्वासन दिएका थिए। तर अभियुक्त विविधले हालै सम्पन्न माओवादीको राष्ट्रिय भेलामा सक्रिय सहभागितामात्र जनाएनन्, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पक्षमा जनसेनाको अभिमत जाहेर गर्न टोली नेताका रूपमा सक्रिय भूमिका निर्वाह गरे।
Sunday, October 26, 2008
माओवादी अध्यक्ष छाड्न तयार
सेना समायोजन समितिको अध्यक्ष पद त्याग्न माओवादी तयार भएको छ । कार्तिक ८ गते सिंहदरवारस्थित मन्त्रीपरिषद कार्यलयमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि नेपाली कांग्रेस उपसभापति रामचन्द्र पौडेलले यो जानकारी दिएका हुन् । सेना समायोजन समिति गठनबारे सहमति जुटाउन प्रधानमन्त्रीले मन्त्रीपरिषदको बैठक स्थगित गरेर नेपाली कांग्रेस नेताहरुलाई भेटेका थिए । माओवादीले पहिले समितिको अध्यक्षमा आफ्नै प्रतिनिधि हुनुपर्ने अडान राखेको थियो ।
प्रधानमन्त्रीसँग करिब एक घण्टा लामो छलफलपछि कांग्रेस उपसभापति पौडेलले संचारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले समितिमा एक जना मन्त्री पनि राख्नुपर्ने प्रस्ताव गरेको जानकारी दिए । समितिमा यसअघि प्रमुख चार दलका प्रतिनिधि मात्र रहने बताइएको थियो । 'तर, हामीले उहाँको प्रस्ताव मानेका छैनौं' पौडेलले भने ।

Subscribe to:
Posts (Atom)