Monday, June 18, 2012

सुनको भाउमा दिनहुँ नयाँ कीर्तिमान


प्राय दिनहुँ जसो नयाँ रेकर्ड कायम गर्दै आएको सुनको भाउले सोमवार नयाँ कीर्तिमान वनाएको छ । आइतवार प्रतितोला ६१ हजार १ सय १९ रुपैयाँ पुगेको छापावाल सुन सोमवार प्रतितोला ५८ रुपैयाँले वढेर प्रतितोला ६१ हजार १ सय ७७ रुपैयाँ पुगेको नेपाल सुनचाँदी संघका सचिव दियेशरत्न शाक्यले जानकारी दिनुभयो ।
यसैगरी तेजावी सुन पनि प्रतितोला ५८ रुपैयाँले नै बढेको छ । आइतवार प्रतितोला ६० हजार ८ सय ६९ रुपैयाँमा कारोवार भएको तेजावी सुन सोमवार प्रतितोला ६० हजार ९ सय २६ रुपैयाँमा कारोवार भइरहेको छ । यस्तै चाँदीको मूल्य पनि आइतवारको तुलनामा सोमवार प्रतितोला १० रुपैयाँले वढेको छ । आइतवार प्रतितोला ११ सय ९० रुपैयाँ कारोवार भएको चाँदी सोमवार प्रतितोला १२ सय रुपैयाँ पुगेको छ ।

अहिले अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ केही सस्तो भएको र भारतीय रुपैयाँ पनि कमजोर भएकाले सुनको भाऊ बढेकोले त्यसको असर नेपाली बजारमा पनि परेको नेपाल सुनचाँदी व्यवसायी संघका सचिव दियेशरत्न शाक्यले जानकारी दिनुभयो ।

माओवादी फुट्यो–नया पार्टीको नाम नेकपा माओवादी,फागुन १ गते महाधिवेशन गरिने

प्रकाश गिरी
अब एकिकृत नेकपा माओवादी एकिकृत रहेन तिन देखि राजधानीको बौद्धमा जारी भेलामा माओवादी बरिष्ठ उपाध्यक्ष मोहन बैद्य पक्षधर समुहले नया पार्टी गठन गर्ने निधो गरेपछि एकिकृत नेकपा माओवादी भनेर अहिले सम्म भीमकाय स्वरुप धारण गरेको माओवादी विभाजन भएको हो बौद्धमा शनिवार देखि जारी राष्ट्रिय भेलाका सहभागीले नया पार्टी गठन गर्ने कुरामा सम्मति दिएका थिए उनीहरुले नया पार्टी गठन गर्ने नेतृत्वको प्रस्ताव, विधान, पार्टीको नाम संशोधन सहित सर्वसम्मतिले पास गरे यसपछि अब नया मोहन बैद्यले नेतृत्व गरेको नया पार्टीको नाम नेकपा माओवादी रहने भएको पार्टी वहुपदीय पद्धतिमा जाने
यहि भेलाले विगत २० बर्ष देखि हुन नसकेको महाधिवेशन आगामी फागुन गते गर्ने निधो पनि गरेको २०५२साल फागुन गते माओवादी ससस्त्र युद्ध गर्ने भन्दै भुमिगत भएको थियो यहि ऐतिहासिक दिनको सम्झना गर्दै बैद्य पक्षधर माओवादीले महाधिवेशन गर्ने मिति तय गरेको हो भेलाले पार्टी वहुपदीय परिपाटीमा जाने निर्णय पनि गरेको त्यतिवेला सम्मको लागि नेकपा माओवादीको अध्यक्षता मोहन वैद्य स्वयमले गर्नेछन भने यसको महासचिवमा रामवहादुर थापा तथा सचिवमा सीपी गजुरेल हुने भएको छन देव गुरु¨ नेत्रविक्रम चन्दलाई स्थायी समितिमा चयन गरिएको यी नेताहरुले एकिकृत नेकपा माओवादीमा पनि यहि जिम्मेवारी सम्हालेका थिए वैद्यको पार्टीमा तत्कालको लागि ७५सदस्यीय केन्द्रिय समिति गठन गरिने भएको पुरानो पार्टीमा केन्द्रिय सदस्य भएकाहरु यस नया पार्टीमा स्वत केन्द्रिय सदस्य हुनेछन नया पार्टीले क्रान्ति सफल पार्नको लागि जनयुद्ध गर्न सक्ने सम्मका लक्ष्य लिएको

Friday, May 04, 2012

तरुनीको नांगो परेड


आफ्नो देशका राजाप्रति सम्मान तथा एक्येबद्धता प्रकट गर्न त्यस देशका जनताले के गर्लान् रु यसको एउटै जवाफ नहुनसक्छ, किनकी देश गुनको भेष भनेझैँ सबैको आ आफ्नो तरिका हुनसक्छ ।
तर स्वाजिल्याण्ड भन्ने अफ्रिकी देशमा भने राजाप्रति सम्मान तथा एकता पर््रदर्शन गर्न त्यस देशका हजारौँ महिलाहरुले हालै नांगो परेड देखाएका छन् ।
अफ्रिकी महादेशकै अन्तिम सक्रिय राजतन्त्रको रुपमा रहेको स्वाजिल्याण्डका राजले बिहे गर्नका लागि केटी छान्न पनि देशभरीका तरुनी कन्याहरुलाई नांगै जुलुस निकाल्न लगाएको विषयले केही समयअघि चर्चा र विवाद उत्पन्न गराएको थियो । निरंकुश राजाले जबरजस्ती महिलाहरुलाई नंग्याएको आरोप लागेको थियो ।

कमा , र कोष्ठका -माओवादी

एकीकृत नेकपा माओवादीको मूल घरबाट यसअघि छुट्टएिर हिंडेका मातृका यादवले पनि संस्थापन पक्षलाई यसैगरी आरोप लगाएका थिए, जुन अहिले मोहन बैद्य पक्षधरले लगाएको छ । अर्थात प्रचण्ड, बाबुराम पक्षधरले क्रान्तिको बाटो बिर्सेको र संशोधनवादतर्फ लागेको भन्दै यादव ऊबेलै छुट्टएिर हिँडे । तर उनले आफू छुट्टएिको नभै प्रचण्ड र बाबुरामहरु चाहिं मूल घरबाट बाहिरिएको टिप्पणी गरे । त्यसैले उनले पार्टीको नाम पनि यसैगरी जुराए । अर्थात पहिले जनयुद्धताका भनिने नेकपा (माओवादी । यसो भन्दा आफू चाहिं मूल घरमै रहेको र एकीकृत नेकपा माओवादी चाहिं छुट्टएिर हिंडेको भन्ने अर्थ लगाउने उनको प्रयत्न थियो । तर नामले मात्र हुनेवाला केही थिएन । छुट्टएिर हिंडे लगत्तै मातृका यादव गुमनाम जस्तै भए ।
मातृकाले जे गरेका थिए, अहिले बैद्य पक्षले पनि त्यही गरेको छ । पहिले वैद्यले नयाँ पार्टीको नाम नेकपा क्रान्तिकारी माओवादी राख्ने प्रस्ताव गरेपनि सबैको सल्लाह र सुझावमा नाम नेकपा, माओवादी भन्ने रहन पुगेको छ । यो नाम राख्दा आफूहरु प्रचण्ड र बाबुरामहरु भन्दा क्रान्तिकारी ठहरिने उनीहरुको बुझाई छ । जुन नामबाट पार्टीले जनयुद्ध गरेको थियो, अहिले त्यही नाम राख्दा बढी महत्व पाउनेमा बैद्य पक्षका नेताहरु ढुक्क छन् । अर्थात मातृका यादवले जे गरेका थिए, अहिले बैद्य पक्षले त्यही गरेको छ । भन्दा मातृका यादवकै नामसित मिल्ने, तर लेख्दा चाहिं फरक हुने गरी बैद्य पक्षले नयाँ पार्टीको नाम जुराएको छ ।

५ बुँदे सहमति खारेज गर्न बैद्य पक्षको माग


एकीकृत नेकपा माओवादीको बैद्य पक्षले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने ५ बुँदे सहमति खारेजको माग गरेको छ । मोहन बैद्य किरण पक्षीय नेताहरुको बैठकले गत कार्तिकमा भएको सातबुँदे सहमति अनुसार नै ५ बुँदे सहमति भएको भन्दै खारेजको माग गरेको हो ।
बैठकपछि उपाध्यक्ष बैद्य र महासचिव रामबहादुर थापा बादलद्धारा जारी विज्ञप्तीमा सातबुँदेको सेना समायोजनसम्वन्धी विषयमा आफूहरुको असहमति रहेको र त्यही सातबुँदेको अधारमा पाँच बुँदे सहमति भएको भन्दै खारेजको माग गरिएको छ । विज्ञप्तीमा भनिएको छ(’त्यही असहमतिको सातबुँदालाई टेकेर अहिले पाँचबुँदे सम्झौताका आधार बनाउनुले त्यसबाट देशभत्त,, जनवादी तथा क्रान्तिकारी शक्तिहरुलाई अलग गर्न खोजिएको यर्थाथता प्रष्ट हुन्छ । यसरी देशभक्त तथा क्रान्तिकारी शक्तिहरुलाई अलग राखेर कस्तो राष्ट्रिय सहमति खोजिएको हो स्वयं विरोधासपूर्ण र हास्र्यापद रहेको छ ।’ माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाबीच प्रधानमन्त्री डा। बाबुराम भट्टराईको नेतृत्वमा नै सहमतीय सरकार गठन गर्ने लगायतका ५ बुँदे सहमति भएको थियो ।

Saturday, March 31, 2012

संघीयतामा बुद्धि पुर्‍याउन नेताहरुलाई राष्ट्रपतिको आग्रह


राष्ट्रपति डा.रामवरण यादवले संघीयतामा जाँदा बुद्धि पुर्‍याउन राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका छन् । उनले संघीयतना बिना संविधान जारी हुन नसक्ने भन्दै देश विखण्डन नहुने गरी संघीयतामा जानु पर्ने बताए । शनिबार शीतल निवासमा ज्ञापन पत्र बुझ्दै राष्ट्रपति यादवले संघीय प्रदेश निर्माण गर्दा कसरी गर्ने भन्ने विषयमा दलहरुले बुद्धि पुर्‍याएर काम गर्नु पर्ने उल्लेख गरे । राष्ट्रपतिले भने, मुलुकको एकता अखण्ड हुनु पर्छ । यसमा आँच नआउने गरी संघीय प्रदेशहरु निर्माण गर्नु पर्छ । त्यसले नै देश र जनताको हित हुन्छ म त्यसको पक्षमा छु ।
राष्ट्रपति यादवले प्रमुख राजनीतिक शक्तिहरुको बीचमा सहमतिको बातावरण बनेकोले जेठ १४ भित्र शान्ति र संविधान आउने विश्वास ब्यक्त गरे । दलहरुले जेठ १४ मा शान्ति र संविधान दिन्छन् भन्ने मलाई विश्वास छ, उनले भने, मैले चार प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुलाई यहि बोलाएर भनेको छु तपाईंहरु सहमति गर्नुस् जेठ १४ भित्र शान्ति र संविधान दिनुस्, म मा विश्वास बढेको छ, दलहरुवीच सहमति बन्दै गएकोले मुलुकले शान्ति र संविधान पाउँछ । माओवादी, कांग्रेस, एमाले र मधेसको शक्ति मिलेर अगाडि बढ्नु पर्छ ।
संसारमा लागु भएका शासन प्रणालीका राम्रा राम्रा पक्षलाई समेटेर लोकतान्त्रिक मुल्यमान्यता भएको शासन प्रणाली अपनाउनु पर्ने  धारणा राख्दै भने,लोकतान्त्रिक मुल्य मान्यता भएको संविधान बन्नुपर्छ ।

एक रातको सात करोड

एक रातको कमाई कति सम्म हुनसक्छ र ? के तपाई अनुमान गर्न सक्नुहुन्छ ? बढी कमाउनेले पनि केहि हजार भन्दा बढी कमाउन सक्दैन । तर हिउडकी एक नानीले एक रात कसैसंग सुतेका मुल्य सात करोड माग गरेकी छिन । के उनको माग पुरा होला त ? यस्तो भए पो मानिस मालामाल हुने थियो है ? हुनपनि बुढापाका भन्न गर्छन, भारी बाकेर पैसा कमाइन्न ,शायद यो कुरा कैली ब्रुक लाई पहिला नै थाह थियो क्यारे ।






बुबु सम्वन्धि नया तथ्य


यौन मनोविज्ञानको विषयका गरिएको एक नयाँ अध्ययनले केही नयाँ तथ्यांक बाहिर ल्याएको छ ।

अध्ययन अनुसार महिलाहरु पुरुषलाई प्रभावित पार्न र जागिरमा अवसरको लागि समेत आफ्नो छातिलाई बढि भन्दा बढि खुल्ला छाड्ने गर्छन् ।

Friday, March 30, 2012

नेविसंघ विवाद मिलाउन शीर्ष नेता


कङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा देखिएको विवाद मिलाउन सभापति सुशील कोइरालाले उपसभापति रामचन्द्र पौडेल र महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलालाई जिम्मेवारी तोकेका छन्।

शान्ति प्रकृया टुंगिए संघियतासहितको नयाँ संविधान


नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले चैत ३० मा शान्ति प्रकृया टुंगिए संघियतासहितको नयाँ संविधान जेठ १४ मै जारी हुने बताएका छन्। उनले सेना समायोजन विशेष समितिले चैत ३० भित्रमा समायोजनमा जाने माओवादी लडाकु नेपाली सेनाको जिम्मा र हतियार राज्यको जिम्मा लगाउने तोकेको समयसीमामै काम सम्पन्न भए जेठ १४ मै नयाँ संविधान आउने दाबी गरे।
‘विशेष समितिको पछिल्लो निर्णयले राजनीति गतिरोध हटाउन मद्दत पुर्‍याएको छु(विराटनगर विमानस्थलमा शनिवार संवाददाताहरुसित कुरा गर्दै काँग्रेस नेता पौडेलले भने, ‘तर मंसिर १ गतेको डेट सारेर चैत ३० पुर्‍यायो, फेरी सार्छ कि भन्ने आशंका छँदैछ।