Tuesday, February 18, 2014

संविधानसभा अध्यक्षको कार्यभार

प्रकाश गिरी
संविधानसभालाई गति दिन संविधानसभाको अध्यक्षको महत्वपुर्ण भुमिका रहन्छ । अध्यक्षले चाहदा संविधानसभाले गति लिन सक्छ भने नचाहदा यो अलमलमा पनि पर्न सक्छ । तर सवै काम अध्यक्षमा मात्र भर पर्छ भन्ने चाहि होईन तर कम्तिमा पनि अहिले जसरी संविधानसभाका महत्वपुर्ण वैठकहरु केहि मिनेट मात्र वसेर स्थगीत हुने गरेका छन,यो सिलसिलाको अन्त्य हुनेछ ।
संविधानसभाले नया अध्यक्ष पाएपछि उनका केहि जिम्मेवारी हुनेछन । उनले सवैभन्दा पहिला नियमावली मस्यौदालाई पुर्णता दिनुपर्नेछ । यसको लागि ४९सदस्यीय समिति गठन भएको छ र यसलाई अब गति दिनुपर्नेछ । यसले गति लिने वित्तिकै संविधानसभले केहि निश्चित समिति गठन गर्नुपर्नेछ । वुझिएको सत्य के हो भने यो संविधानसभाले गत संविधानसभाले जस्तो,एक दर्जन समिति गठन गर्न जरुरी छैन । यसले केवल विगत संविधानसभाको काम केलाउन,नया मस्यौदा वनाउन र जनताको विचमा जा“दा सहयोग गर्न केवल तिनवटा समिति मार्फत काम लिन सक्छ । सानो र चुस्त समिति वनायो भने यसले काम पनि त्यहि स्तरमा गर्न सक्छ ।


यसपछि अध्यक्षले नगरि नहुने काम के हो भने विगत संविधानसभाले गरेको कामको स्वामित्व ग्रहण । हुनत प्रमुख दलहरुले संविधानसभाको पहिलो वैठक मार्फत नै गत संविधानसभाको स्वामित्व लिने वताएका थिए जुन कुरा मिथ्या सावित भईसक्यो । अब नया अध्यक्ष निर्वाचित भए लगत्तै उनले यो विषयलाई निकै उच्च महत्व दिएर रफतारमा अघि लैजानुपर्नेछ ।
साच्चै भन्ने हो भने नया अध्यक्षको सामुन्नेमा अब कामको चटारो छ । किनभने बर्ष दिन भित्र संविधान दिनको लागि अब ११ महिना मात्र बाकी छ । यो एघार महिनामा संविधान सभा अध्यक्ष विस्तारै होईन निकै रफतारमा अघि बढनुपर्नेछ अन्यथा जनतासंग गरिएको वाचा खेर जानेछ भने धेरै अलमल हुदा गत संविधानसभाकै नियति यसले वेहोर्ने हो कि भन्ने आशंका जनतामा बढन जानेछ । गत संविधानसभाको असफल प्रयोग आलसतालस भएका जनतालाई ढाडस दिनको लागि पनि यो संविधानसभाले रफतारमा काम गर्नुपर्नेछ यसको पहिलो अग्रसरता संविधानसभा अध्यक्षले नै लिने हो । तर यसमा राजनीतिक दलहरुको पनि उतिके सहयोगी भुमिका हुन जरुरी छ । उनीहरुको भुमिका सकारात्मक भएन भने संविधानसभा काम गरिरहने तर परिणाम नआउने पुरानो चक्रमा फस्न सक्छ ।

No comments: