Monday, February 17, 2014

४३ वर्ष पुरानो जहाज दुर्घटना

आइतबार दिउँसोबाट सम्पर्कविहीन भएको नेपाल वायु सेवा निगमको ट्वीनअटर विमान अर्घाखाँचीको ढिकुरा(८ मसिनेलेकमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । दुर्घटनामा चालक दलका तीन सदस्यसहित सवार सबै १८ जनाको मृत्यु भएको छ । करिव ४३ वर्ष पुरानो ट्वीनअटर जहाज एक नाबालकसहित १५ यात्रु लिएर काठमाडौंबाट पोखरा हुँदै जुम्लाका लागि उडेको थियो । १ बजेर १३ मिनेटपछि विमान सम्पर्कविहीन भएसँगै अर्घाखाँचीकै खिदिम गाविसको जंगलमा दुर्घटना भएको भन्दै खोजी गरिएको थियो । तर, दिनभरमा पनि विमान दुर्घटना भएको स्थान पत्ता लागेन ।
सोमबार विहानै विमान ढिकुरा गाविस ८ को मसिने लेकमा दुर्घटना भएको खबर आएपछि प्रहरी टोली पुगेको थियो भने नेपाली सेनाको हेलिकोप्टरले पनि विमान दर्घटना भएको देखेको थियो । प्रहरी, सशस्त्र प्रहरी, सेनासहितको टोली पुग्दा विमान क्षतविक्षत अवस्थामा भेटियो भने सबै यात्रु मृत्यु भइसकेको थियो । शवहरु दुर्घटनास्थलको ५० देखि १०० मिटर वरपरसम्म छरिएर हिउँले पुरिएको अवस्थामा भेटिएको थियो । दुर्घटनास्थलमा २ फिटसम्म हिउँ जमेको थियो ।

सबैको शव काठमाडौं ल्याइयो
मृतकहरूको शव घटनास्थलबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत राजधानी ल्यार्इ पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । जलेका शवको पहिचार गरी पोष्टमार्टमपछि परिवारलार्इ जिम्मा लगाइने अस्पतालले जनाएको छ ।
दुघर्टना भएको नेपाल वायु सेवा निगमको विमानको ब्ल्याकबक्स पनि सोमबारै भेटिएको छ । विमान क्षतविक्षत अवस्थामा भेटिएपनि दुर्घटनाको कारणबारे अहिलेसम्म केही खुल्न सकेको छैन । नेपाल नागरिक उड्यनन प्राधिकरणले विमान दुर्घटनाबारे छानविनका लागि त्रिरत्न मानन्धरको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको छ । सन् १९५५ यता नेपालमा भएको यो ७५ औं हवार्इ दुर्घटना हो । पछिल्लो समय नेपालमा हवाइ दुर्घटना बढ्दै गएको छ । सन् २०१० देखि २०१३ सम्ममा मात्रै ८ वटा हवार्इ दुर्घटना भएका छन् ।

No comments: