Tuesday, February 18, 2014

नेम्वाङ सभाध्यक्षमा निर्विरोध निर्वाचित

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ सर्वसम्मतिबाट पुनः संविधानसभाको अध्यक्षमा निर्वाचित हुनु भएको छ । दोस्रो संविधानसभा चुनाव सम्पन्न भएको तीन महिनापछि नेम्वाङ सभाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । संवि

धानसभा बैठकमा एमाले संसदीलय दलका नेता केपी शर्मा ओलीको प्रस्तावमा कांग्रेस महामन्त्री कृष्ण सिटौलाले समर्थन जनाएपछि सबै दललाई बोल्ने अवसर दिइएको थियो । बैठकमा सबै दलले नेम्वाङको उम्मेद्वारीमा समर्थन जनाएपछि अन्त्यमा सभाको अध्यक्ष गरिरहेका सूर्यबहादुर थापाले सर्वसम्मतिबाट निर्वाचित भएको घोषणा गर्नुभयो । संविधानसभा सचिवालयले सहमतीय प्रक्रियाबाट अध्यÔ चुन्न दिएको समयसीमाभित्र दलहरूले सहमति जुटाउन नसकेपछि बहुमतबाट अध्यक्ष चयनको प्रक्रिया अगाडि बढेपनि नेम्वाङ निर्विरोध निर्वाचित हुनुभएको हो । निर्वाचित भएपछि संचारकर्मीसग कुरा गर्दै नेम्वाङले दलहरुले एकजुट भएर फरक सन्देश दिएकोमा खुसी व्यक्त गर्दै अब एक वर्षभित्र संविधान जारी गर्न लागि पर्ने बताउनुभयो ।
नेम्वाङले अघिल्लो संविधानसभाको असफलताको जिम्मा दलहरुसगै आफूले पनि लिने भन्दै अब त्यस्तो गल्ती नदाहो¥याउन सबैको भूमिका हुनुपर्ने बताउनुभयो । संविधानसभाका अध्यक्ष व्यवस्थापिका संसदको सभामुख पनि हुने व्यवस्था रहेको छ । नेम्वाङ पुनस्र्थापित संसदको सभामुख तथा पहिलो  संविधानसभाका पनि अध्यक्ष हुनुहुन्थ्यो ।

No comments: