कोईरालाको मुखमा पानपराग र तुलसी पत्ता कहिले पनि खाली हुदैनथ्यो ।
प्रकाश गिरी
नशा कुनै पनि कुराको राम्रो होईन । तर हरेक मानिसमा एक न एक चीजको नशा हुन्छ । कसैमा मादक पदार्थको त कसैमा धुम्रपानको । केवल नशालु पदार्थको नशा मात्र नराम्रो हुने होईन,जुनसुकै कुराको पनि अम्मली हुनु राम्रो होईन । कसैलाई प्रेमको नशा कसैलाई बढी बोल्ने नशा । अर्थात हामी सवै कुनै न कुनै कुराको अम्मली छौं ।
देशकै प्रधानमन्त्री सुशील कोईराला उमेरमा पान,सुपारी,चुरोट,विंडीको अम्मली भएको स्विकारेका छन । दुर्भाग्य के भने त्यहि अम्मलको कारण उनको फोक्सोमा क्यान्सरको लक्षण देखा परेको छ । यसको उपचारको लागि अब उनी अमेरिका जाने तयारीमा छन । झण्डै सात बर्ष अघि पनि उनी यस्तै समस्याको समाधानको लागि अमेरिका गएका थिए । जिव्रोमा भएको क्यान्सरको कारण अमेरिका गएर शल्यक्रिया गरेर कोईराला आएका थिए । यहि कारण नै हो,उनले वोलेको वुझिंदैन ।
कोईरालासंगै तत्कालिन प्रतिनिधिसभाको सदस्य भएका हृदयेश त्रिपाठी सम्झन्छन–कोईरालाको मुखमा पानपराग र तुलसी पत्ता कहिले पनि खाली हुदैनथ्यो । उनी सधैं अन्तिम वेन्चमा वस्दथे र कसैसंग पनि वोल्दैनथे । अचम्म के भने संसदमा वल्लोपल्लो सिटमा बस्ने यी दुवै दारी सांसदको विचमा एक दिन पनि वोलचाल नभई प्रतिनिधिसभा विघटन भएको थियो । अहिले उनको फोक्सोमा कालो दाग देखिएको छ र यसले कुन रुप लिने हो,यसै भन्ने अवस्था छैन ।

No comments:
Post a Comment