सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीहरु, पूर्व राजपरिवार सदस्य, मन्त्री, नेता तथा सभासद्ले लिएको बढी सुविधा कटौति गर्ने फैसला गरेको छ । न्यायाधीशहरु अवधेशकुमार यादव र भरतराज उप्रेतीको इजलासले कानुनले तोकेकोभन्दा बढी सुविधा लिनु गैरकानुनी भन्दै कटौतिको फैसला सुनाएको हो ।
ुकुनै पनि सरकारी काममा नरहेका पूर्व प्रधानमन्त्री लगायत राजपरिवारका पूर्व सदस्य तथा राजनैतिक दलका सभापति तथा राजनैतिक दलसँग आवद्ध रहेका व्यक्तिहरुलाई कानूनको अख्तियारी बिना कानून अनुसार प्राप्त नहुने घर भाडा, सवारी साधन, इन्धन खर्च तथा सवारी चालकको सुविधाको रुपमा नियमित रुपमा नगद भुक्तानी गर्ने वा सुविधा दिने र राज्यको नाममा रहेको सम्पत्ति प्रयोग गर्न दिने वारेमा मन्त्रीपरिषदले उल्लेखित मितिहरु, सो भन्दा पहिले र सो पछिका मितिमा भए गरेका निर्णयहरु कुनैपनि कानूनको अख्तियारी नभएको र कानूनी अख्तियारीमा आधारित नभई स्वेच्छाचारी, गैर कानूनी तथा विभेदकारी भएको देखिएको र यस्तो निर्णयले कानूनी मान्यता नपाउने हुँदा आजका मितिदेखि स्वतः बदर हुने ठर्हछ,ु निर्णयमा भनिएको छ ।
हामी तपाइँलाइ विश्वसंग एकाकार गराउँनेछाैं।ताजा खवर, विश्लेषण र खबरभित्रकाे खबरकाे लागि हामीसंगै रहनुहाेला।धन्यवाद।।
Thursday, December 08, 2011
माओवादीभित्र अर्को माओवादी जन्माउने बैद्यको चेतावनी
एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले माओवादीभित्र अर्को माओवादी जन्माउने चेतावनी दिनु भएको छ । क्रान्तिकारी पार्टी जनता र मुलुकभन्दा सत्ताका लागि मरिमेटेको भन्दै बैद्यले माओवादीभित्र अर्को माओवादी जन्माउने चेतावनी दिनुभयो । ‘सातसालदेखि अहिलेसम्म भएको बलिदानको मूल्य, सपना र आदर्श के हो भन्दा मुक्तिको परिर्वतन हो’ आइतबार राजधानीमा आयोजित कार्यक्रममा बैद्यले भन्नुभयो(’ती सवैलाई थाति राखेर सत्तामा जानका लागि माओवादी कुनै विडम्बना गछौं भने त्यो जनताका लागि सैहृय हुँदैन । फेरि माओवादीमा अर्को माओवादी जन्मन्छ ।’शान्ति र संविधान अहिलेको आवश्यकता भएपनि विगतमा हतियार किन उठ्यो भन्ने प्रश्नको हल नहुँदासम्म दिर्घकालिन शान्ति नहुने बताउनु भयो । उहाँले भन्नुभयो(’अब बन्ने संविधानले यी सबै समस्याहरुको सम्वोधन हुनुपर्छ तब मात्र दिर्घकालिन शान्ति हुन्छ ।’उहाँले जमिन जोत्नेको नारा दिने सर्वहारा वर्गको पार्टीले सत्तामा पुग्नासाथ जग्गा फिर्ताको निर्देशन दिएर जमिनदारको पक्ष लिएको आरोप लगाउनु भयो ।
Saturday, October 08, 2011
पार्टी भित्रको विरोधी छिटै समाप्त हुने डा.भट्टराईको भनाई
माओवाी उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री डा.वावुराम भट्टराईले पार्टी भित्रको विरोधी समुह छिटै समाप्त हुने वताएका छन । गृह जिल्ला गोरखाको खोप्लाङ पुगेका डा.भट्टराईले पार्टी भित्र सानो समुहमा मात्र विरोधी समुह रहेको भन्दै तिनिहरु छिटो सकिने वताए । उनले माओवादी भित्रको विरोधी समुह १२ वुदे सहमति गर्दा देखि नै असन्तुष्ट रहेको भनदै तिनीहरुबाट खतरा नभएको वताए ।बरु उनले शान्ति प्रक्रियामा साथ नदिए कांग्रेस–एमाले जस्ता दलहरु पनि छिटै समाप्त हुने भविष्यवाणी गरेका छन । उनले यी दुई दलको भविष्य नै जोखिममा पर्ने चेतावनी दिएपनि अबको दुई महिनामा शान्ति प्रक्रिया अघि बढाउन यिनले मद्धत गर्ने विश्वास पनि ब्यक्त गरे ।
रातो राम्रो होला कि कालो ?
रातो राम्रो गुलियो मिठो वैंश छदा खेरि । यो पुरानो नेपाली गीत अझै पनि उतिकै चल्तिमा छ । खासगरि युवाहरु युवतीलाई जिस्काउदा यो गीत अझै पनि गुनगुनाउन पछि पर्दैनन ।छिमेकका युवतीले कहिले पेन्टी देखाएर त कहिले पेन्टी नै नलगाए गुप्ताङ देखाएर दुनियालाई लुब्ध पारिरहेको खवर पढन पाउदा हामी नेपाली पनि कम रोमाञ्चित भएका थिएनौं । अनि यो खबर भन्दा यस संगै छापिएको फोटोको मोह त झन कति हो कति रु यो खवर पढदा हाम्रोमा त कम्तिमा यति धेरै मुख फुकेका मैयाहरु छैनन भनेर कहिले गर्व कहिले विरक्त मान्ने युवाहरुको जमात कम्ति थिएन नेपालमा । तर यसो भन्ने दिन पनि गए अब नेपालमा ।
गार्मेन्टमा काम गर्दा गर्दै नेपाली चलचित्र क्षेत्रमा आएकि करिश्मा मानन्धर अहिले अभिनयको कारणले भन्दा पनि पेन्टी देखाएकै भरमा चर्चामा छिन । उमेरले ४० नाघेपनि अझै पनि युवाहरुलाई फकाउन उनले एक पटक रातो पेन्टी त अर्को पटक कालो पेन्टी देखाए र तिनलाई लुब्ध पार्ने कोशिश गरेकी छिन । यतिले मात्र नपुगेर उनले आफनो पुष्ट छातीमा रातो गुरासको पेन्टिङ पनि गरेकी छिन । अब केटाहरुलाई चैन मिलेको छ –किनभने तल हेरे पनि भयो अनि ढुक्कसंग करिश्मको गुरास हेरे पनि भयो । बरु यसरी हेर्ने युवाहरुलाई रातो राम्रो होला कि कालो कुन्नि ?
विशेष समितिमा रावल

एमालेले सेना समायोजनको खाका रेखदेख समायोजन तथा पुर्नस्थापनाको लागि गठन गरेको विशेष समितिको सदस्यमा नेता भीम रावललाई सदस्यमा नियुक्त गरेको छ । प्रधानमन्त्री अध्यक्ष रहने यो विशेष समितिमा डेढ महिना देखि एमालेको सदस्य रिक्त थियो । प्रधानमन्त्री एमाले अध्यक्ष झलनाथ खनालले राजीनामा दिएपछि यो स्थान रिक्त थियो । यस्तै, एमाले केन्द्रिय समितिको वैठक डेढ महिना पर सरेको छ । शनिवार वसेको स्थायी समितिको वैठकले असोज २६ गतेको लागि तय गरेको वैठक डेढ महिना पर सारेको हो । एमाले केन्द्रिय समितिको वैठक अब मंसिर ७ गते वस्ने भएको छ ।
सरकारको सय दिन-मुख्य उपलब्धि,शान्ति र संविधान
सरकारले सय दिनका प्रगति विवरण शुक्रबार साँझ सार्वजनिक गर्दै शान्ति र संविधान अगाडि बढ्नुलाई मुख्य उपलब्धि भनेको छ ।प्रधानमन्त्री कार्यालयमा सरकारका सय दिनका प्रगति सार्वजनिक गर्दै उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकार बनेपछि शान्ति प्रक्रिया अगाडि बढेको, राज्य पुनर्संरचना आयोग गठन हुनु, संविधानसभाको म्याद थपिनु मुख्य उपलब्धि रहेको बताए ।
मन्त्री श्रेष्ठले सरकारले जनतालाई राहत दिने उद्येश्यले सुशासनको काम अगाडि बढाउन ुहेलो सरकारु सुरु गरेको, अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउन दुई छिमेकीलाई विश्वासमा लिन सफल भएकोलगायतलाई पनि सफलतासँग जोडेका छन् ।
यद्यपि सय दिनका काममा सरकार भने पूर्ण सन्तुष्ट हुन नसकेको उनले बताए । ुसरकार पूर्ण सन्तुष्ट नभए पनि मुल उद्येश्य शान्ति र संविधान अगाडि बढाउन सकेकोमा सन्तोष गर्दछ,ु उनको भनाइ थियो । उनले आर्थिक बृद्धिदरको आधार तयार पार्न सरकार सफल भएको दाबी गरे ।
सरकार बनेको सय दिन पूरा भएपछि कार्यसमीक्षा गर्ने प्रचलन छ । पत्रकार सम्मेलनमा भौतिक योजना तथा निर्माण मन्त्री हृदयेष त्रिपाठी, सिँचाइ मन्त्री महेन्द्र यादवलगायत उपस्थित थिए ।
माओवादी(मधेसी मोर्चा गठबन्धन बनाएर माओवादी उपाध्यक्ष बाबुराम भट्टराई भदौ ११ गते प्रधानमन्त्री निर्वाचित भएका थिए । उनको सरकारले यसै साता सय दिन पूरा गरेको छ ।
Saturday, April 23, 2011
प्रधानमन्त्री खनालको विश्वास
प्रधानमन्त्री झलनाथ खनालले शान्ति प्रकि्रयालाई टुंगोमा पुर् याउन र संविधान जारी गर्न दलहरुबीच सहमति भए बांकी समयमा संविधान जारी हुनसक्ने दावी गर्नुभएको छ । प्रथम महिला सगरमाथा आरोहि पासाङ्ल्हामु शेर्पाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको १८ औं वार्षीकोत्सवको अवसरमा काठमाडौमा आज भएको कार्यक्रममा प्रधानमन्त्री खनालले संविधान जारी भएपछि मात्र मुलुकको सर्वाङ्गीण विकास संभव हुने स्पष्ट पार्नुभयो । वर्तमान सरकारको मुल कार्यभार शान्ति र संविधान लेखन भएको वताउदै प्रधानमन्त्री खनालले मुलुकलाई संक्रमणकालबाट मुक्त गर्न दलहरुबीच एकता जरुरी रहेको विचार ब्यक्त गर्नुभयो । प्रधानमन्त्री खनालले राजनीतिक संक्रमण नटुंगीएसम्म आर्थीक तथा सामाजीक क्षेत्रको विकास असंभव रहेको पनि बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री खनालले पासाङ्ग ल्हामु कलेजका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
Saturday, April 16, 2011
दस दिनमा सहमति नभए दुर्घटना-डा.भट्टराई
माओवादी उपाध्यक्षँ डाक्टर बाबुराम भट्टराईले शान्ति र संविधानको बाँकी काम टुंगोमा पुर् याउन नेपाली कांग्रेससँग साझेदारी आवश्यक भएको बताउनुभएको छ । एमालेसँगको सत्ता साझेदारीमा खटपट भइरहेको बेला उपाध्यक्ष भट्टराईले सानेपास्थित आफ्नै निवासमा पत्रकारहरुसंग कुरा गर्दै अहिलेको सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन नसके कांग्रेससँग सहकार्य गर्नुपर्ने स्पष्ट पार्नुभयो । उपाध्यक्षँ भट्टराईले अबको १० दिन भित्र राजनीतिक गतिरोध अन्त्यका लागि निर्णायक सहमति नभए मुलुक गम्भिर दुर्घटनामा पर्ने पनि बताउनुभयो । मुलुक दुर्घटनाको संघारमा पुगेको दोहोर् याउंदै उहाँले संविधान सभा भंग गर्ने तर्फ लागेमा थप अराजकता निम्तिने स्पष्ट पार्नुभयो । कांग्रेससंग सहमति गरी राष्ट्रिय सहमतिको सरकार बनाएर संविधान लेखनको प्रारम्भीक मस्यौदा तयार गर्न सके त्यसपछि सहमतिमा संविधान सभाको म्याद बढाउन सकिने भट्टराईको धारणा थियो । पार्टीमा देखिएको आन्तरिक विवादका सन्दर्भमा उहाँले शान्तिपुर्ण र खुला छलफलबाट विवाद व्यवस्थापन हुने विश्वास पनि व्यक्त गर्नुभयो ।जनविद्रोह सैद्धान्तिक मात्र भएको भन्दै उहांले व्यवहारिक रुपमा भने शान्ति र संविधान निर्माणमा नै ध्यान केन्द्रीत गर्नुपर्ने बताउनुभयो ।
भुटानले वार्ता समिति सकि्रय वनाउने
भुटानी प्रधानमन्त्री जिग्मे वाइ थिन्लेले द्धिपक्षिय वार्ता गरेर भुटान छाडेर नेपाल आएका आफ्ना वास्तविक नागरिकलाई फिर्ता लान सकिने बताउनुभएको छ । तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किने क्रममा भुटानी प्रधानमन्त्री थिन्लेले छिट्टै द्धिपक्षीय वार्ता थाल्ने सहमति भएको र कति शरणार्थी फिर्ता लाने भन्ने बारे चांडै निर्णय गर्न सकिने पनि बताउनुभयो । २०६० कार्तिक ३ गतेदेखि अवरुद्ध भएकॊ नेपाल भुटान-संयुक्त दिपक्षीय वार्ता समितिलाई सकि्रय बनाउने सहमति भएको पनि थिन्लेले जानकारी दिनुभयो । दक्षिण एसीयाली क्षेत्रीय सहयोग संगठन सार्कको अध्यक्षको हैसियतमा नेपाल भ्रमणमा आउनु भएका भुटानी प्रधानमन्त्रीले व्यापार वाणिज्य पर्यटन जलबायु परिवर्तनका विषयमा नेपाली समकक्षीसँग छलफल भएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा साचारकर्मीले शरणार्थीको संख्या बारे प्रश्नगर्दा थिन्ले ८० हजार शरणार्थी छन् भन्ने बारे आफ्नो सरकारलाईलाई थाहै नभएको भन्दै पन्छिनु भएको थियो । शरणार्थीका विषयमा नेपालले चासो देखाउँदै आएपनि भुटानी पक्ष यस विषयमा उदासीन बनेपछि नेपालमा रहेका करिव ४४ हजार भुटानी शहरणार्थी विश्विका विभिन्न मुलुकमा स्थानान्तरण भइसकेका छन् । सन् १९९० देखि कूल जनसंख्याको २० प्रतिशत नेपाल भाषीलाई भुटान सरकारले बलपूर्वक देश निकाला गरेको थियो ।
Wednesday, April 13, 2011
सुन झन महंगो
सुनको मूल्य यो सातामा स्थानीय बजारमा अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो । स्थानीय बजारमा साताको पहिलो दिन आइतवार छापावाल सुन प्रतितोला ४१ हजार तीन सय ५० रुपैयाँमा कारोवार भएपनि सोमवार अघिल्लो दिनको मूल्यमा प्रतितोला एक सयले गिरावट आई ४१ हजार दुई सय ५० मा कारोवार भएको थियो । तेस्रो दिन मंगलवार अघिल्लो दिनको मूल्यमा दुई सय ५० रुपैयाँले बृद्धि भई प्रतितोला ४१ हजार पाँच सयमा कारोवार भएको थियो । बुधवार अघिल्लाृे दिनको मूल्यमा कुनै परिबर्तन नभई मंगलवारकै मूल्यमा कारोवार भएको थियो । साताको पाँचौ दिन विहिबार स्थानीय बजारमा अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ५० रुपैयाँले बृद्धि भई ४१ हजार ६ सय ५० रुपैयाँमा कारोवार भयो । अन्तिम दिन शुक्रवार पनि अघिल्लो दिनको मूल्यमा नै कारोवार भयो । स्थानीय बजारमा विहिबार र शुक्रवार कारोवार भएको सुनको मूल्य हालसम्मकै उच्च हो । यस्तै सातामा तेजावी सुन र चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । तेजावी सुन प्रतितोला ४१ हजार चार सय ४० रुपैयाँ र चाँदी प्रतितोला एक हजार दुई सय ८५ रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
Subscribe to:
Posts (Atom)