एकीकृत नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले माओवादीभित्र अर्को माओवादी जन्माउने चेतावनी दिनु भएको छ । क्रान्तिकारी पार्टी जनता र मुलुकभन्दा सत्ताका लागि मरिमेटेको भन्दै बैद्यले माओवादीभित्र अर्को माओवादी जन्माउने चेतावनी दिनुभयो । ‘सातसालदेखि अहिलेसम्म भएको बलिदानको मूल्य, सपना र आदर्श के हो भन्दा मुक्तिको परिर्वतन हो’ आइतबार राजधानीमा आयोजित कार्यक्रममा बैद्यले भन्नुभयो(’ती सवैलाई थाति राखेर सत्तामा जानका लागि माओवादी कुनै विडम्बना गछौं भने त्यो जनताका लागि सैहृय हुँदैन । फेरि माओवादीमा अर्को माओवादी जन्मन्छ ।’शान्ति र संविधान अहिलेको आवश्यकता भएपनि विगतमा हतियार किन उठ्यो भन्ने प्रश्नको हल नहुँदासम्म दिर्घकालिन शान्ति नहुने बताउनु भयो । उहाँले भन्नुभयो(’अब बन्ने संविधानले यी सबै समस्याहरुको सम्वोधन हुनुपर्छ तब मात्र दिर्घकालिन शान्ति हुन्छ ।’
उहाँले जमिन जोत्नेको नारा दिने सर्वहारा वर्गको पार्टीले सत्तामा पुग्नासाथ जग्गा फिर्ताको निर्देशन दिएर जमिनदारको पक्ष लिएको आरोप लगाउनु भयो ।
उहाँले जमिन जोत्नेको नारा दिने सर्वहारा वर्गको पार्टीले सत्तामा पुग्नासाथ जग्गा फिर्ताको निर्देशन दिएर जमिनदारको पक्ष लिएको आरोप लगाउनु भयो ।
No comments:
Post a Comment