भाषण गरेका दाहालले शनिवार वोली फेर्दै वार्ताको सम्भावना रहेको वताएका हुन । उनले सत्तासिन दलले वहुपहिचान समेत नस्विकार गरेकोले अवस्था विग्रिएको खुलासा गरे । उनले जातजातिलाई आफुले जुधाउन खोजेको भन्ने सत्तासिन दलको आरोपको खण्डन गरे । उनले सवैलाई समान अधिकार र पहुच दिन खोज्दा यस्तो आरोप लागेको वताए । दाहालले अन्तरिम संविधान र शान्ति सम्झौता अनुसार अघि बढेमा प्रक्रियामा गएर भएपनि संविधान जारी गर्न आफुहरु सहमत भएको बताए ।
हामी तपाइँलाइ विश्वसंग एकाकार गराउँनेछाैं।ताजा खवर, विश्लेषण र खबरभित्रकाे खबरकाे लागि हामीसंगै रहनुहाेला।धन्यवाद।।
Friday, February 06, 2015
सवारी साधनको भाउ घटाउन विद्यार्थीको अल्टिमेटम
काठमाण्डौं,माघ २४ गते । सत्तारुढ दलका विद्यार्थी संगठनले सार्वजनिक सवारी साधनको भाडा घटाउन तिन दिने अल्टिमेटम दिएका छन । शनिवार अनेरास्ववियुको कार्यालयमा वसेको वैठकले यस्तो निर्णय गरेको हो ।
अन्र्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेपछि नेपालमा पनि निरन्तर भाउ घटिरहेको छ । तर यसको अनुपातमा सार्वजनिक सवारी साधनको भाडा भने घटेको छैन । ब्यावसायी आफैले भाडा घटाउन पहल गर्नुको बदलामा सरकार समेत मौन रहेपछि विद्यार्थीसंगठनहरु तातेका हुन । त्यस्तै,ग्यासको कृत्रिम अभाव हटाई दोहोरो मुल्य हटाउन पनि उनीहरुले माग गरेका छन ।
अन्र्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेपछि नेपालमा पनि निरन्तर भाउ घटिरहेको छ । तर यसको अनुपातमा सार्वजनिक सवारी साधनको भाडा भने घटेको छैन । ब्यावसायी आफैले भाडा घटाउन पहल गर्नुको बदलामा सरकार समेत मौन रहेपछि विद्यार्थीसंगठनहरु तातेका हुन । त्यस्तै,ग्यासको कृत्रिम अभाव हटाई दोहोरो मुल्य हटाउन पनि उनीहरुले माग गरेका छन । Sunday, June 15, 2014
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउनको तेस्रो साता नेपाल भ्रमणमा आउने भएका छन् । मोदी नेपाल आए भारतीय प्रधानमन्त्रीको सन् १९९७ पछि पहिलो भ्रमण हुनेछ ।
प्रधानमन्त्रीका रुपमा पहिलो विदेश भ्रमणका क्रमा आइतबार भुटान गएका मोदी जापानपछि नेपालको भ्रमणमा आउने भएका हुन् । मोदी नेपाल(भारत सम्वन्धलाई अझ उचाइ दिनेबारे बृहत छलफल गर्न अगष्ट पहिलो साता काठमाडौं जाने तय भएको भारतीय पत्रिका ‘दि टेलिग्राफ इण्डिया’ले जनाएको छ । रमण टोलीमा विदेशमन्त्री सुश्मा स्वराज, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव सुजाता सिंह लगायत रहने बताइएको छ ।
मोदीले आफ्नो सपथमा सार्क मुलुकका राष्ट्र तथा सरकार प्रमुखलाई बोलाएका थिए । सपथ ग्रहणमा सहभागी हुन दिल्ली पुगेका प्रधानमन्त्री कोइरालासँग मोदीले छुट्टै भेटवार्ता समेत गरेका थिए ।

प्रधानमन्त्री कोइराला उपचारका लागि अमेरिका जाने
प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्योपचारका लागि सोमबार साँझ ८ बजे अमेरिका उड्ने भएका छन् । प्रधानमन्त्रीसँगै निजी चिकित्सक प्रा.डा. करवीरनाथ योगी, कांग्रेस नेतृ मृदुला कोइराला, अतुल कोइराला र सुरक्षागार्ड प्रकाश देउजा समेत अमेरिका जाने प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले जानकारी दिए । प्रधानमन्त्री कोइरालाले असार ५ गते म्यानहटनस्थित स्रोल्न क्याटरिङ क्यान्सर अस्पतालमा स्वास्थ्य चेकजाँच गराउने छन् । चीन कुनमिङ भ्रमणपछि स्वदेश फर्किएलगत्तै स्वास्थ्य परीक्षण गर्दा फोक्सोमा दाग देखिएपछि कोइराला उपचारका लागि अमेरिका जान लागेका हुन् । फोक्सोमा सानो दाग देखिएपछि कोइरालालाई चिकित्सकहरुले समय मिलाएर उपचारका लागि अमेरिका जान सुझाव दिएका छन् ।
सात वर्षअघि जिब्रोको क्यान्सरको शल्यक्रिया गराएपछि कोइराला प्रत्येक वर्ष नियमित स्वास्थ्य चेकजाँचका लागि अमेरिका जाने गरेका छन् ।
सात वर्षअघि जिब्रोको क्यान्सरको शल्यक्रिया गराएपछि कोइराला प्रत्येक वर्ष नियमित स्वास्थ्य चेकजाँचका लागि अमेरिका जाने गरेका छन् ।
प्रिती जिन्टामाथि सार्वजनिक स्थलमा यौन हिंसा

बलिउड नायिका प्रिती जिन्टाले आफ्ना पूर्वप्रेमी नेस वाडिया विरुद्ध यौन हिंसाको आरोप लगाएकी छिन् । आइपीएल क्रिकेटको क्रममा आफूलाई वाडियाले यौन हिंसा गरेको आरोप प्रितीले लगाएकी छिन् । थाने प्रहरीमा उजुरी हाल्दै प्रितीले पूर्व प्रेमीको बिषयमा मुख खोलेकी हुन् । उजुरी दर्ता भएसँगै प्रहरीले जाच सुरु गरेको छ । ५ बर्ष लामो सम्बन्ध पश्चात प्रिती र नेसविच ब्रेकअप भएको थियो । प्रहरीले खेलका क्रममा भएको घटनाको सीसीटीभी फुटेज चेक गर्ने जनाएको छ । प्रितीले आफ्नो जीन्दगी स्वाभिमान पूर्वक बाँचेको भन्दै सार्वजनिक स्थलमा नै नेसले वेइजत गर्दा आफ्नो साथमा कोही नभएको बताएकी छिन् । उनले आफू समक्ष अन्य विकल्प नभएकाले यो कदम चालेको बताइन् ।Thursday, June 12, 2014
प्रकाण्डमाथि प्रचण्ड कारवाही
प्रकाश गिरी
भुमिगतकालमा कमरेड प्रकाण्ड भनेर चर्चित कालिकोटका खडगवहादुर विश्वकर्मा नेकपा माओवादीको कारवाहीमा परेका छन । एनकेपा माओवादी हुदा पनि खरो र कडा कुरा गर्ने उनी खासमा नेत्र विक्रम चन्द पक्षधर नेता हुन । पछिल्लो समय नेकपा माओवादीमा सक्रिय प्रकाण्ड पार्टी नीति विपरित चलेको,समानान्तर कमिटी गठन गरेको,आर्थिक संकलन गरेको आरोपमा कारवाहीमा परेका हुन ।

कोईरालाको मुखमा तुलसीपत्ता
कोईरालाको मुखमा पानपराग र तुलसी पत्ता कहिले पनि खाली हुदैनथ्यो । प्रकाश गिरी
नशा कुनै पनि कुराको राम्रो होईन । तर हरेक मानिसमा एक न एक चीजको नशा हुन्छ । कसैमा मादक पदार्थको त कसैमा धुम्रपानको । केवल नशालु पदार्थको नशा मात्र नराम्रो हुने होईन,जुनसुकै कुराको पनि अम्मली हुनु राम्रो होईन । कसैलाई प्रेमको नशा कसैलाई बढी बोल्ने नशा । अर्थात हामी सवै कुनै न कुनै कुराको अम्मली छौं ।
देशकै प्रधानमन्त्री सुशील कोईराला उमेरमा पान,सुपारी,चुरोट,विंडीको अम्मली भएको स्विकारेका छन । दुर्भाग्य के भने त्यहि अम्मलको कारण उनको फोक्सोमा क्यान्सरको लक्षण देखा परेको छ । यसको उपचारको लागि अब उनी अमेरिका जाने तयारीमा छन । झण्डै सात बर्ष अघि पनि उनी यस्तै समस्याको समाधानको लागि अमेरिका गएका थिए । जिव्रोमा भएको क्यान्सरको कारण अमेरिका गएर शल्यक्रिया गरेर कोईराला आएका थिए । यहि कारण नै हो,उनले वोलेको वुझिंदैन ।
Wednesday, June 11, 2014
सहमति पछि संसद खुल्यो
प्रमुख दलबीच गत ९ पुसमा भएको ४ बुँदे सहमति कार्यान्वयन गर्ने र रकमान्तर भएको विषयमा सदनलाई जानकारी गराउन सरकार तयार भएपछि संसद सुचारु भएको हो ।
सरकारका तर्फबाट संसद बैठकमा बोल्दै कानुनमन्त्री नरहरि आचार्यले निर्वाचनमा धाँधली भएको भन्ने विषयमा छानबिन गर्न संसदीय समिति बनाउने, सत्य निरुपण तथा बेपत्ता छानबिन समिति बनाउने लगायतमा सहमति भएको जानकारी दिए ।
अर्थमन्त्री रामशरण महतले खर्च हुन नसक्ने आयोजनाहरुको कार्यक्रम खर्च कम भएका आयोजनाहरुका रकमान्तर गरिएको । उनले बाहिर आएको भन्दा पनि धेरै रकमान्तर भएको भन्दै विगतमा अझ धेरै रकमान्तर हुने गरेको दाबी गरे । टेण्डरमा गइसकेका कार्यक्रमहरु सन्चालनका लागि रकमान्तर गरिएको भन्दै महतले आफ्नो निर्वाचन क्षेत्रमा बजेट पठाएको भन्नेमा कुनै सत्यता नरहेको जिकिर गरे ।

संघीय मामला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत केही बजेट गएको भन्दै उनले आफूले आर्थिक बित्तीय अनुशासन पालना गरेको बताए । यसअघि विपक्षीको अवरोधका कारण ७ पटकसम्म संसद बैठक अवरुद्ध भएको थियो ।
विश्वकपको सरगर्मी
विश्वकपको सरगर्मीसँगै फुटबल जर्सी लाउनेहरू बजारमा जताततै देखिन थालेका छन् । अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा० का २ सय ९ सदस्यबाट छानिएका ३२ देशले बिहीबारदेखि ९नेपाली समयअनुसार शुक्रबार बिहान पौने २ बजे० विश्वकपको २० औं संस्करणमा प्रतिस्पर्धा गर्दैछन् । उनीहरूको खेलले कहिल्यै विश्वकपको नजिक पनि नपुगेको नेपालसम्मै फुटबलको माहोल तताएको छ । समाचार एजेन्सीहरूका अनुसार अहिले विश्वभरकै माहोल फुटबलमय बनेको छ ।
ब्राजिलका १२ सहरमा असार ३० गतेसम्म चल्ने विश्वकप डिफेन्डिङ च्याम्पियन स्पेन, तीनपल्टको विजेता जर्मनी, चारपल्ट ट्रफी चुमेको इटालीले जितेको चाहनेको संख्या पनि ठूलै छ । धेरैले आयोजक र सबैभन्दा महँगो टिम ब्राजिलले कीर्तिमान छैटौंपल्ट विश्वकप जित्ने अनुमान गरेका छन् ।
सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकपको १९ संस्करणमा युरोप र दक्षिण अमेरिकी आठ देश मात्र च्याम्पियन भएका छन् । त्यसैले नयाँ विजेता चाहनेहरू पनि थुप्रै छन् । तर, महारथीहरूलाई हराएर नयाँ विजेता निस्कने सम्भावना कमै छ । अनुसन्धान र विज्ञका अनुसार पनि आयोजक ब्राजिलले विश्वकप जित्ने सम्भावना बलियो छ ।

Subscribe to:
Posts (Atom)