एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्वमा नेपाली कांग्रेसको दाबी स्वाभाविक भएको बताउनुभएको छ । पार्टीको राज्य समितिका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन आइपुग्नुभएका प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै माओवादी र एमालेले दुई दुई पटक सरकारको नेतृत्व गरिसकेको सन्दर्भमा कांग्रेसको सरकारको नेतृत्वको दाबी जायज भएको बताउनु भयो । उहाँले भन्नुभयो’सकभर बाबुरामजी कै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔं, सम्भव नभए कांग्रेसको क्लम जायज हो ।’
उहाँले सहमतिको सरकारको नेतृत्वका लागि माओवादी पार्टीभित्र छलफल गर्न खुला रहेको बताउनु भयो । प्रचण्डसँगै रहेका प्रधानमन्त्री एवं उपाध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय सहमतिको सरकारबिना शान्ति र संविधान सम्भव नभएको भन्दै आफ्नै नेतृत्वमा सहमतिको प्रयास जारी रहेको बताउनु भयो । उहाँले भन्नुभयो-मेरै नेतृत्वमा सहमति बनाउन खोज्दैछु, त्यसो भएन भने सहमतिको सरकारका लागि जस्तो सुकै भूमिका निर्वाह गर्न तयार छु ।’
अर्का उपाध्यक्ष मोहन वैद्य किरणले राष्ट्रिय सहमतिको सरकारका लागि पार्टीका तर्फबाट कसले सरकारको नेतृत्व गर्ने भन्नेमा खुल्ला राख्नुपर्ने धारणा पनि व्यक्त गर्नुभयो । उहाँले पार्टी एकताबद्ध अघि बढेकाले सबै विवाद हल भएर जाने बताउनुभयो ।

No comments:
Post a Comment