Friday, February 03, 2012

राजदूतहरुको नाम अनुमोदन

प्रस्तावित राजदूतहरु
संसदीय सुनुवाई विशेष समितिले विभिन्न १० देशका लागि प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेको छ । प्रस्तावित राजदूतहरुसँग बिहीबार र शुक्रबार छलफल गरि समितिले सर्बसम्मतले अनुमोदन गरेको हो । समितिको अनुमोदनपछि प्रस्तावित राजदूतहरुको नियुक्तिका लागि बाटो खुलेको छ ।
सरकारले प्रस्ताव संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
सरकारले परराष्ट्र मन्त्रालयका सहसचिवहरू शकरदास वैरागीलाई स्विट्जरल्यान्ड, मुक्तिनाथ भट्टलाई डेनमार्क, रुद्रकुमार नेपाललाई अस्ट्रेलिया, भरतराज पौडेललाई पाकिस्तान, राममणि पोखरेललाई बेल्जियम र रविमोहन सापकोटालाई रुसी महासंघका लागि राजदूत सिफारिस गरेको छ । यस्तै सरकारले कमानसिंह लामालाई दक्षिण कोरिया, मायाकुमारी शर्मालाई कतार, पारस घिमिरेलाई म्यान्मा र प्रल्हादकुमार प्रसाईंलाई इजरायलका लागि राजदूतमा सिफारिस गरेको छ ।

No comments: