Wednesday, March 14, 2012

लडाकुहरुको राष्ट्रिय भेला दाङको लमहीमा


माओवादीका अवकाश प्राप्त लडाकुहरुको राष्ट्रिय भेला दाङको लमहीमा भइरहेको छ । भेलाको उद्‍घाटन एकीकृत माओवादीका केन्द्रीय महासचिव रामबहादुर थापा बादलले गरेका छन् । लडाकुहरूलाई फेरि केन्द्रीकृत गर्न भेला आयोजना गरिएको थापाले बताए । उनले आत्मसमर्पण नगरी अवकाश रोज्ने लडाकुलाई धन्यवाद दिँदै नयाँ संघर्षका लागि तयार हुन अनुरोध गरे । क्रान्ति अझै नसकिएको र जनताको चाहना पूरा नभएकाले लडाकुलाई एकीकृत गरेको उनले बताए ।
भेलामा देशभरका सातवटै डिभिजनका प्लाटुन सहकमाण्डरभन्दा माथिका लडाकु सहभागी छन् । अवकाश रोजेपछि पार्टीले कुनै भूमिका नदिएर बेवास्ता गरेकाले भेला गरेको पाँचौं डिभिजन सहकमाण्डर रामलाल रोकाले बताए ।
भेलाले लडाकुहरुको भूमिकाबारे नयाँ योजना तयार पार्ने भएको छ । ुजनमुक्ति सेनाु को औचित्य समाप्त नभएको पुष्टि गर्न भेला आयोजना गरी एकजुट हुन थालेको रोकाले बताए ।

सुनको मूल्य घटयो


स्थानीय बजारमा छापावाल सुनको मूल्य बुधबार प्रतितोला रु ५०५ ले घटेर रु ५३ हजार ५ सय कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी सङ्घका अनुसार छापावाल सुनको मूल्य म‌ंगलबार प्रतितोला रु ५४ हजार ५ कायम रहेको थियो ।
यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु ५०५ ले घटेर रु ५३ हजार २९० कायम भएको छ । तेजाबी सुनको मूल्य मंगलबार प्रतितोला रु ५३ हजार ७९५ कायम रहेको सङ्घले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला दस रुपैयाँले घटेर रु १ हजार ९५ कायम भएको सङ्घका अध्यक्ष तेजरत्न शाक्यले बताए ।

प्रधानममन्त्रीको नया सुत्र


प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपालको विकासको मूल आधार जलविद्युत नै भएको बताउनु भएको छ ।राजधानीमा आजबाट सुरु भएको हाइड्रो समिटको उद्घाटन गर्दै प्रधानमन्त्री भट्टराईले प्रजातन्त्र प्लस जलविद्युत इक्वेल टू नयाँ नेपाल सुत्रको घोषणा समेत गर्नुभयो ।
उहाँले जलविद्युतमा लगानीका लागि छुट्टै बित्तीय संस्थालाई प्रभावकारी रुपमा संचालन गरिने बताउनु भयो । सरकारले गत साउनमा मात्रै जलविद्युतमात्र लगानी गर्ने गरी जलविद्युत लगानी तथा विकास कम्पनी स्थापना गरिसकेको छ । नेपाली बैंकहरु जलविद्युतमा लगानी गर्न पूर्ण सक्षम नरहेको र दीर्घकालीन लगानी आवश्यक भएकाले यो कम्पनीलाई स्रोत साधनले सम्पन्न बनाउने उहाँको भनाई छ ।

नेपालको आईसीसी ट्वान्टी(ट्वान्टी विश्वकप क्रिकेट छनोटमा लगातार दोस्रो जित


नेपालले डेनमार्कलाई ९ विकेटले हराएर बुधबार आईसीसी ट्वान्टी(ट्वान्टी विश्वकप क्रिकेट छनोटमा लगातार दोस्रो जित हात पारेको छ । डेनमार्कले दिएको ८३ रनको विजयी लक्ष्य नेपालले ४४ बल बाँकी छाँदै पार गर्‍यो ।
दुवईको आइसीसी ग्लोवल क्रिकेट एकेडेमीमा भएको खेलमा नेपाललका लागि प्रदीप ऐरीले सर्वाधिक ६५ रन बनाएका थिए भने शरद भेषावकरले १३ रन जोडे । उनीहरुले दोस्रो विकेटका लागि नट आउट ७८ रनको साझेदारी गरेका थिए । ओपनर ब्याट्स् म्यान परेश लोहनी ३ रन बनाएर पवेलियन फर्केका थिए ।
यसअघि नेपालको सानदार प्रदर्शनमा ह्याट्रिक गरेका शक्ति गौचनले चार विकेट लिएका थिए  । त्यसैले डेनमार्कले १९ ओभरमा अलआउट हुँदै  ८२ रन मात्र बनाएको थियो ।  नेपाली बलर पृथु बास्कोटाले २ तथा सञ्जम रेग्मी र वसन्त रेग्मीले पनि १र१ विकेट लिएका थिए । दुई डेनिस ब्याट्स म्यानलाई नेपालले रन आउट गरेको थियो ।

Thursday, March 08, 2012

एएफसी च्यालेन्ज कप फुटबलको पहिलो खेलमा नेपालको हार


 काठमाडौंमा बिहीबारबाट सुरु भएको एएफसी च्यालेन्ज कप फुटबलको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह चरणको पहिलो खेलमा नेपाल प्यालेस्टाइनसँग २(० गोल अन्तरले पराजित भएको हो । हारपछि नेपाली टोलीका प्रशिक्षक ग्राहम रोवर्टसले आफ्ना खेलाडीहरुले गल्ती गरेको बताए । रोहित चन्द लगायतका भरपर्दा डिफेण्डरबाट गल्ती भएको भन्दै नेपालले त्यसको सजाय पाएको बताए । घरेलु मैदान र दर्शकको पूर्ण साथ पाएको नेपालले सुरुवाती दुई मिनेट आक्रमक खेल खेलपनि त्यसलाई निरन्तरता दिन सकेन । खेलको चौथो मिनेटमा नै प्यालेस्टाइनका फाहिद एएफ फत्ताहले गोल गर्दै अग्रता दिलाए । काउन्टर अट्याकमा प्यालेस्टाइनी खेलाडीले प्रहार गरेको बल नेपाली गोल रक्षकले रोकनेपनि बाउन्स भएर आएको बलमा पत्ताहले गोल गरेका हुन् ।

तीन दलको बैठक स्थगित गरि शीर्ष नेताहरु फुटबल हेर्न रंगशालामा


प्रमुख तीन दलका शीर्ष नेताहरुको आज हुनुपर्न बैठक भने गृहकार्य नपुगेको भन्दै स्थगित गरिए पनि दशरथ रंगशालामा भएको फुटबल हेर्न भने सँगै भेला भएका छन्। खेल हेर्न प्रधानमन्त्री बाबुराम भट्टराई लगायत शीर्ष नेताहरु भीआइपी दीर्घामा उपस्थित छन्।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कङ्ग्रेस सभापति सुशील कोइराला, विपक्षी दलका नेता रामचन्द्र पौडेल, एमाले नेता माधवकुमार नेपाल, केपी ओली, वामदेव गौतम, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख सुवास नेम्वाङ, राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि रंगशालाको भीआइपी दीर्घामा छन्।

बैठक स्थगित

लडाकुबाट वाइसीएल बनेकाहरूलाई प्याकेज दिने विषयमा टुंगो लगाउन आज बस्ने भनिएको संयुक्त बैठक स्थगित भएको छ। पार्टी हेडक्वार्टर, लडाकुका कमाण्डर, वाइसीएल प्रतिनिधिसहित बैठक बसेर लडाकु वाइसीएललाइ दिने प्याकेज टुंगो लगाउने तयारी भएको थियो। कमाण्डर पासाङजी बाहिर जानु भएका कारण बैठक नबस्ने भयो। २९ गते बस्ने तयारी भएको छ। वाइसीएलका पूर्व महासचिव दिलिप प्रजापतिले भने। लडाकुबाट वाइसीएल बनेकाको तथ्याङ्क संकलन गर्ने तयारी भएको उनले बताए।

Tuesday, March 06, 2012

कांग्रेसले जातीय आधारमा हुने संघलाई अस्वीकार गर्ने


प्रमुख प्रतिपक्ष कांग्रेसले संघीयता जातीय आधारमा हुन नसक्ने बताएको छ । तराई केन्द्रित १६ जिल्लाका नेता तथा कार्यकर्ताबीच मंगलबार भएको अन्तक्रिर्या र छलफलपछि कांग्रेस जातीय आधारमा हुने संघलाई अस्वीकार गर्ने टुंगोमा पुगेको हो ।
मधेसी नेता तथा कार्यकर्ताले नै जातीय आधारमा संघीयतामा नजान नेतृत्वलाई दबाब दिएका थिए । कांग्रेस सभापति सुशील कोइरालाले अब बहुजातीय र बहुभाषिक प्रदेश बनाउनुपर्छ भन्ने पार्टीको संस्थागत धारणा हुने बताए । पार्टीले यसअघि पटक(पटक छलफल गरे पनि संघीयताबारे संस्थागत धारणा ल्याउन सकेको थिएन । इटहरी भेलापछि कांग्रेसले सातभन्दा बढी प्रदेश निर्माण गर्न नहुने निष्कर्षसमेत निकालेको छ । स्थानीय नेता तथा कार्यकर्ताले बहुजातीय,बहुभाषीको आधारमा संघ निर्माण गर्नुपर्ने, संघको संख्या सातभन्दा बढी बनाउन नहुने र सीमांकन गर्दा जिल्ला टुक्र्याउन नपाइने धारणा व्यक्त गरेका थिए । कांग्रेस सभापति कोइरालाले जातीय आधारमा संघीयतामा जाँदा धेरै देशहरू टुक्रेको बताउँदै थोरै र सबैलाई समेट्ने ढंगको राज्य पुनर्संरचना गरिनुपर्ने बताए । हिमाल, पहाड र तराई तीनै प्रदेशबीच कसरी विश्वासको वातावरण बनाउन सकिन्छ भनेर कांग्रेसले तराईको विचार लिन यो भेला गरेको हो,उनले भने । कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले गरेको भेलामा राज्य पुनर्संरचनाको बहस र कांग्रेसको भूमिका बारेमा गगन थापा र शान्ति प्रक्रिया र कांग्रेसको भूमिकाबारे मिनेन्द्र रिजालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

पर्यटन मन्त्री लोकेन्द्र बिष्टमगर अबुधावी बिमानस्थलमा समातिए


भिसा नै नलगाएको रातो पासपोर्ट बोकेर जर्मनी जान संयुक्त अरब इमरेट्सको अबुधावी पुगेका नेपालका पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र बिष्टमगर संयुक्त अरव इमरेट्सको अबुधावी बिमानस्थलमा समातिएका छन् । जर्मनीमा बुधबारदेखि सुरु हुन लागेको पर्यटन मेलामा भाग लिन सोमबार साँझ पत्नीसहित अबुधावी पुगेका मन्त्री बिष्ट त्यहाँको अध्यागमनद्वारा समातिए हुन् । मन्त्री बिष्टले बोकेको कुटनीतिक पासपोर्टमा जर्मनी जाने भिसा नभएको पाएपछि अवुधावी अध्यागमनले उनलाई नियन्त्रणमा लिई सोधपुछ गरेको थियो । स्रोतका अनुसार करिव ४ घण्टा सोधपुछ गरेपछि बिभिन्न च्यानलबाट उनी नेपालका मन्त्री नै भएको प्रमाणित भएपछि उनलाई अध्यागमन कार्यालयमै राखिएको थियो । कुटनीतिक पासपोर्टमा भिसा नलगाई जान पाइन्छ भन्ने ठानेका नेपालका पर्यटनमन्त्री अन्ततः ४८ घण्टासम्म बिदेशी अध्यागमनको नियन्त्रणमा बस्नुपर्ने अबस्था आयो । युएईका लागि कार्यवाहक नेपाली राजदूत दीपक अधिकारीका अनुसार मन्त्री बिष्ट अहिले अबुधावीको ट्रान्जिट होटलमा आराम गरिरहेका छन् । उनको पासपोर्टमा भिसा लगाउनका लागि दुवईस्थित नेपाली दूतावासका अधिकारीले पहल गरिरहेका छन् । ‘आज कार्यलय समयमा भिसा लिन सकिएन’( अधिकारीले भने(’सम्भवत भोली हामी भिसा लिन्छौ र मन्त्री ज्यू भोली साँझ नै जर्मनीतिर लाग्नुहुन्छ ।’ कार्यालय समय २ बजे नै सकिने भएकाले मंगलबार त्यहाँस्थित जर्मन दूतावासमा भिसा लिन नसकिएको अधिकारीको भनाई छ । ‘अबुधावीकै ट्रान्जिट भिसा पनि लिन समय पुगेन’( अधिकारीले भने ‘भोलीसम्म उहाँ एअरपोर्टभित्रै रहेको ट्रान्जिट होटलमा रहनुहुनेछ ।’

Sunday, March 04, 2012

राजधानीमा लिपिस्टिक आतंक


राजधानी काठमाण्डौं आजकाल अनेक कारण तनावग्रस्त छ । कहिले बबरमहलमा बम विस्फोट भएर त कहिले कालीमाटीमा भिषण आगलागी भएर । यी अनेक खालका तनावले समस्याग्रस्त राजधानी आईतवार पनि दिनभर बमको हल्लाले अशान्त रहयो । खुलामञ्चमा नेकपा एमालेका नेताहरु कांग्रेस माओवादीलाई सत्तोसरापमा लिप्त भइरहदा यता वानेश्वरमा भने बमको हल्लाले पुरै शहर आतंकित थियो । यहि हल्लापछि नेपाल आर्मीको बम डिस्पोजल टोली वानेश्वर पुग्यो ।
नया वानेश्वरमा बम राखेको हल्ला सर्वत्र चल्यो । जसले गर्दा सर्वसाधरणलाई त्यता जान समेत दिइएन । सवारी जामको कुरै भएन,काठमाण्डौं पुरै अस्तब्यस्त थियो,एकातिर एमालेको सभाले अनि अर्कोतिर बमको हल्लाले ।