
अबुधावी अध्यागमनले मन्त्रीलाई नेपाल फर्काउने तयारी गरेको भएपनि नेपालस्थित जर्मन दूतावास, नेपालको परराष्ट्र मन्त्रालय लगायतले अबुधावी प्रशासनसाग समन्वय गरेपछि उनलाई नेपाल फर्काउनबाट रोकिएको थियो । स्रोतका अनुसार नेपालस्थित जर्मन दूतावासले समातिएका नेपाली नागरिक नेपालका पर्यटनमन्त्री नै भएको र कूटनीतिक शिष्टाचारका लागि उनलाई अबुधावीकै जर्मन दूतावासबाट भिसा दिन पत्राचार गरेपछि जर्मन जाने बाटो खुला भएकोछ । सम्भवत मन्त्री बिष्टले भोली नै भिसा पाउनेछन् ।
के भएको थियो ?
पत्नीसहित कार्यक्रममा भाग लिन इत्तिहाद एअरलाइन्सको बिमानबाट अबुधावी प्रस्थान गरेका मन्त्री नेपाली समयअनुसार साँझ ७ बजेतिरै त्यहाँ पुगेका थिए । केही घण्टाको ट्रान्जिटपछि अर्को बिमानबाट उनी मंगलबार बिहान जर्मनी पुग्ने कार्यक्रम थियो ।
मन्त्रीलाई स्वागत गर्न बिमानस्थल पुगेका जर्मनीका लागि नेपाली राजदूतले बिमानस्थलमा मन्त्री नभेटेपछि काठमाण्डौंस्थित परराष्ट्र मन्त्रालय र दुवईस्थित नेपाली दूतावासमा सोधीखोजी गरे । मन्त्रीबारे कुनै जानकारी प्राप्त नभएपछि दुवईस्थित नेपाली दूतावासका अधिकारी घटनाबारे जानकारी लिन अबुधावी बिमानस्थलतर्फ गए । त्यति नै बेला नेपालमा भने पर्यटनमन्त्री कतारको दोहा बिमानस्थलमा थुनिएको हल्ला चल्यो । परराष्ट्र मन्त्रालयका अधिकारीले पनि दोहा बिमानस्थलमै मन्त्री अड्कीएको जानकारी संचार माध्यमलाई दिए ।
‘हामीलाई बिहान स्थानीय समयअनुसार पौनै १० बजेतिर खवर आयो’(अधिकारीले भने( हामी बिमानस्थलमा जाँदा मन्त्रीज्यू ट्रान्जिट होटलमा भेटिनुभयो ।’ मन्त्रीलाई किन जर्मनी जान दिइएन भन्नेबारे दूतावासका अधिकारीले त्यहाँका अध्यागमन अधिकारीसँग जानकारी लिए । मन्त्रीलाई सम्मानजनक ब्यबहार गरिएको र होटलमा राखिएको भन्दै अधिकारीले भने( ‘उहाँलाई पुलिसले हिरासतमा लिएको भन्ने कुरा सत्य हैन, उहाँलाई सम्मानजनक ब्यबहार भएको छ ।’ राजदूत अधिकारीले मन्त्री बिष्टको भिसामा छाप नलगाइएको बताएपनि परराष्ट्र स्रोतले भने भिसाका लागि मन्त्रीको पासपोर्ट नै दूतावास नलगिएको बताएको छ । ‘मन्त्रीज्यू आफैं आउनुपर्ने हैन, परराष्ट्रको कुनै कर्मचारीले दूतावासको गेटमै भिसानोट र पासपोर्ट छाडिदिएपनि अधिकतम २४ घण्टामा भिसा पाइन्छ’ स्रोतले भन्यो( पासपोर्ट नै नल्याई कसरी दूतावासले भिसा लगाउने ?
गल्ती कसको ?
सामान्यतयाः नेपालका कुनैपनि बिशिष्ट ब्यक्तिले बिदेश भ्रमण गर्दा नेपालको परराष्ट्र मन्त्रालयले भिसाका लागि समन्वय गर्छ । परराष्ट्रले सम्बन्धित दूतावासलाई भिसा नोटसहित ती बिशिष्ट ब्यक्तिको पासपोर्ट पनि पठाएको हुन्छ । तर पर्यटनमन्त्री बिष्टको भिसाका लागि उनको पासपोर्ट नेपालस्थित जर्मन दूतावास लगिएकै थिएन् । मन्त्रीपत्नीको भिसाका लागि पासपोर्ट जर्मन दूतावास पुगेको र भिसा पनि लागेको थियो ।
तर रातो पासपोर्टमा भिसा लगाउनुपर्दैन भन्ने ठानेर मन्त्री बिष्टको पासपोर्ट भिसाका लागि पठाइएन् । रातो पासपोर्टमा भिसा लगाउनुपदैन भन्ने सुझाव उनकै स्वकीय सचिवालय वा परराष्ट्रका अधिकारी कसले दिएका हुन भन्ने स्पष्ट भएको छैन् । सामान्यतया कुनैपनि देशमा रातो पासपोर्टकै आधारमा भिसा नलगाई जान पाइदैन् । तर यति सामान्य तथ्यलाई नबुझी मन्त्री बिष्टको पासपोर्टमा भिसा लगाइएन र उनी अबुधावी अध्यागमनबाट समातिनुपर्यो ।
सवैभन्दा लार्पवाही देखियो त्रिभुवन बिमानस्थलस्थित अध्यागमन कार्यालयको । जसले मन्त्रीको पासपोर्टमा लगाइएको भिसा निरिक्षण गर्ने आबश्यकता नै ठानेन् । उनको पासपोर्टमा ‘डिर्पाचर’ अर्थात प्रस्थान छाप हानेर नहानेको स्पष्ट हुन सकेको छैन् । सम्बन्धित देशको भिसा नभई त्यस्तो छाप हानिदैन र त्यस्तो छाप नहानी बिमानभित्र प्रवेश दिंइदैन् ।
No comments:
Post a Comment