Sunday, March 04, 2012

राजधानीमा लिपिस्टिक आतंक


राजधानी काठमाण्डौं आजकाल अनेक कारण तनावग्रस्त छ । कहिले बबरमहलमा बम विस्फोट भएर त कहिले कालीमाटीमा भिषण आगलागी भएर । यी अनेक खालका तनावले समस्याग्रस्त राजधानी आईतवार पनि दिनभर बमको हल्लाले अशान्त रहयो । खुलामञ्चमा नेकपा एमालेका नेताहरु कांग्रेस माओवादीलाई सत्तोसरापमा लिप्त भइरहदा यता वानेश्वरमा भने बमको हल्लाले पुरै शहर आतंकित थियो । यहि हल्लापछि नेपाल आर्मीको बम डिस्पोजल टोली वानेश्वर पुग्यो ।
नया वानेश्वरमा बम राखेको हल्ला सर्वत्र चल्यो । जसले गर्दा सर्वसाधरणलाई त्यता जान समेत दिइएन । सवारी जामको कुरै भएन,काठमाण्डौं पुरै अस्तब्यस्त थियो,एकातिर एमालेको सभाले अनि अर्कोतिर बमको हल्लाले ।

तर कस्तो विडम्वना,त्यत्रो तयारी गरेर बम डिस्पोज पनि गरियो,तर पछि थाह भो,त्यो त बम नै होईन रहेछ । कुन चाहि मैया राखेको त्यो झोलामा सिंगारका सामान थिए,जसमध्ये लिपिस्टिक पनि थियो । यो थाह पाएपछि सवैभन्दा बढी हैरान,सुरक्षाकर्मी भए, वेकारमा लिपिस्टिकले यत्रो हैरानी दियो् भनेर ।

No comments: