Tuesday, February 18, 2014

संविधानसभा अध्यक्षको कार्यभार

प्रकाश गिरी
संविधानसभालाई गति दिन संविधानसभाको अध्यक्षको महत्वपुर्ण भुमिका रहन्छ । अध्यक्षले चाहदा संविधानसभाले गति लिन सक्छ भने नचाहदा यो अलमलमा पनि पर्न सक्छ । तर सवै काम अध्यक्षमा मात्र भर पर्छ भन्ने चाहि होईन तर कम्तिमा पनि अहिले जसरी संविधानसभाका महत्वपुर्ण वैठकहरु केहि मिनेट मात्र वसेर स्थगीत हुने गरेका छन,यो सिलसिलाको अन्त्य हुनेछ ।
संविधानसभाले नया अध्यक्ष पाएपछि उनका केहि जिम्मेवारी हुनेछन । उनले सवैभन्दा पहिला नियमावली मस्यौदालाई पुर्णता दिनुपर्नेछ । यसको लागि ४९सदस्यीय समिति गठन भएको छ र यसलाई अब गति दिनुपर्नेछ । यसले गति लिने वित्तिकै संविधानसभले केहि निश्चित समिति गठन गर्नुपर्नेछ । वुझिएको सत्य के हो भने यो संविधानसभाले गत संविधानसभाले जस्तो,एक दर्जन समिति गठन गर्न जरुरी छैन । यसले केवल विगत संविधानसभाको काम केलाउन,नया मस्यौदा वनाउन र जनताको विचमा जा“दा सहयोग गर्न केवल तिनवटा समिति मार्फत काम लिन सक्छ । सानो र चुस्त समिति वनायो भने यसले काम पनि त्यहि स्तरमा गर्न सक्छ ।

नेम्वाङ सभाध्यक्षमा निर्विरोध निर्वाचित

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ सर्वसम्मतिबाट पुनः संविधानसभाको अध्यक्षमा निर्वाचित हुनु भएको छ । दोस्रो संविधानसभा चुनाव सम्पन्न भएको तीन महिनापछि नेम्वाङ सभाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । संवि

धानसभा बैठकमा एमाले संसदीलय दलका नेता केपी शर्मा ओलीको प्रस्तावमा कांग्रेस महामन्त्री कृष्ण सिटौलाले समर्थन जनाएपछि सबै दललाई बोल्ने अवसर दिइएको थियो । बैठकमा सबै दलले नेम्वाङको उम्मेद्वारीमा समर्थन जनाएपछि अन्त्यमा सभाको अध्यक्ष गरिरहेका सूर्यबहादुर थापाले सर्वसम्मतिबाट निर्वाचित भएको घोषणा गर्नुभयो । संविधानसभा सचिवालयले सहमतीय प्रक्रियाबाट अध्यÔ चुन्न दिएको समयसीमाभित्र दलहरूले सहमति जुटाउन नसकेपछि बहुमतबाट अध्यक्ष चयनको प्रक्रिया अगाडि बढेपनि नेम्वाङ निर्विरोध निर्वाचित हुनुभएको हो । निर्वाचित भएपछि संचारकर्मीसग कुरा गर्दै नेम्वाङले दलहरुले एकजुट भएर फरक सन्देश दिएकोमा खुसी व्यक्त गर्दै अब एक वर्षभित्र संविधान जारी गर्न लागि पर्ने बताउनुभयो ।

Monday, February 17, 2014

४३ वर्ष पुरानो जहाज दुर्घटना

आइतबार दिउँसोबाट सम्पर्कविहीन भएको नेपाल वायु सेवा निगमको ट्वीनअटर विमान अर्घाखाँचीको ढिकुरा(८ मसिनेलेकमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । दुर्घटनामा चालक दलका तीन सदस्यसहित सवार सबै १८ जनाको मृत्यु भएको छ । करिव ४३ वर्ष पुरानो ट्वीनअटर जहाज एक नाबालकसहित १५ यात्रु लिएर काठमाडौंबाट पोखरा हुँदै जुम्लाका लागि उडेको थियो । १ बजेर १३ मिनेटपछि विमान सम्पर्कविहीन भएसँगै अर्घाखाँचीकै खिदिम गाविसको जंगलमा दुर्घटना भएको भन्दै खोजी गरिएको थियो । तर, दिनभरमा पनि विमान दुर्घटना भएको स्थान पत्ता लागेन ।
सोमबार विहानै विमान ढिकुरा गाविस ८ को मसिने लेकमा दुर्घटना भएको खबर आएपछि प्रहरी टोली पुगेको थियो भने नेपाली सेनाको हेलिकोप्टरले पनि विमान दर्घटना भएको देखेको थियो । प्रहरी, सशस्त्र प्रहरी, सेनासहितको टोली पुग्दा विमान क्षतविक्षत अवस्थामा भेटियो भने सबै यात्रु मृत्यु भइसकेको थियो । शवहरु दुर्घटनास्थलको ५० देखि १०० मिटर वरपरसम्म छरिएर हिउँले पुरिएको अवस्थामा भेटिएको थियो । दुर्घटनास्थलमा २ फिटसम्म हिउँ जमेको थियो ।

संविधानसभा अध्यक्ष चयनका लागि आज निर्वाचन

संविधानसभा अध्यक्ष चयनका लागि आज निर्वाचन हुने भएको छ । संविधानसभा सचिवालयले तय गरेको कार्यतालिका अनुसार राजनीतिक सहमतिका आधारमा सोमबार कुनै उम्मेद्वारी नपरेपछि आज बहुमतीय प्रक्रियाबाट सभाध्यक्ष चयनका लागि निर्वाचन हुनेछ । संविधानसभा सचिवालयले सहमतिमा सभाध्यक्षको नाम प्रस्तुत गर्नका लागि सोमबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकेको थियो । उक्त समय भित्र सहमतिका आधारमा कसैको पनि नाम प्रस्ताव नआएकाले सभाध्यक्ष चयनको प्रक्रिया बहुमतीय प्रणालीमा पुगेको हो । सोमबार निर्धारित समयभित्र कसैको पनि उम्मेद्वारी नपरेको सचिवालयले जनाएको छ । सहमति कायम गर्न एमालेको आह्वानमा सोमबार बसेको सर्वदलीय बैठकमा एमाओवादीले सभाध्यक्ष आफ्नो पार्टीबाट हुनुपर्ने अडान राखेपछि सहमति हुन सकेको थिएन् । एमालेले पूर्व सभामुख सुभावचन्द्र नेम्बाङलाई नै सभामुख बनाउन प्रस्ताव गरेको छ । सोही प्रस्तावलाई नेपाली कांग्रेसले समर्थन गरेको छ । कांग्रेस संसदीय दलको बैठकले एमालेसँग भएको सात बुँदे सहमतिका आधारमा नेम्बाङलाई समर्थन गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।
यता एमाओवादीसहित केही मधेसवादीदलहरुले भने विगतको प्रक्रियाजस्तै राजनीतिक सन्तुलन कायम गर्न पनि तेस्रो ठूलो दलका तर्फबाट सभाध्यक्ष चयन गर्नुपर्ने अडान राख्दै आएका छन् ।

Thursday, May 09, 2013

क्रिकेटको भव्य सम्मान,मूलपानीको मैदान छिट्टै बन्ने


आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन(३ जितेर फर्केको नेपाली टिमका कप्तान पारस खड्काले बुधबारको भव्य सम्मानपछि क्रिकेटले देशलाई राष्ट्रिय एकतामा बाँध्ने बताउँदै सरकारलाई प्रशासनिक पक्षबाट सहयोग गर्न आग्रह गरेका छन् । यहाँसम्मको यात्रामा खेलाडीले धेरै मिहिनेत गरेका छन्, पारसले भने, अब नेपाली क्रिकेटलाई थप उचाइमा पुर्‍याउन सरकार र प्रशासन पक्षको पालो आएको छ । सम्मानपछि पारसले जीवनकै सबैभन्दा खुसीको दिन रहेको बताए । 
बिहान ९ बजे नेपाल ओर्लिएका खेलाडीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी, करिब दुई सय समर्थक, राष्ट्रिय टिमका दुई प्रायोजक पेप्सी र स्टान्डर्ड चार्टर्ड बैंकका पदाधिकारीले स्वागत गरेका थिए । करिब एक घन्टाको अलमलपछि साढे १० मा एयरपोर्टबाट टोली फूलको मालाले सजाइएको मिनिट्रकमा नगरपरिक्रमका लागि निस्किएको थियो । टिम गौशाला, रातोपुल, मैतीदेवी, डिल्लीबजार, पुतलीसडक, सहिदगेट हुँदै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेप पुगेर ३ घन्टा लामो परिक्रमा सकिएको थियो । परिक्रमाका दौरान दर्शकले खेलाडीलाई राम्रो साथ दिए ।
३० घन्टाको निन्द्रालाई थाँति राख्दै खेलाडी दर्शकको अपेक्षाअनुसार अटोग्राफ दिनमा व्यस्त रहे । कसैले हात, कसैले पैसाको नोट र कसैले कागजमा अटोग्राफ लिए । युवा तथा खेलकुद मन्त्रालय र राखेपले संयुक्त गरेको सम्मान कार्यक्रम करिब एक घन्टा चलेको थियो । खेलकुद मन्त्री रामकुमार श्रेष्ठले मूलपानीको मैदान छिट्टै बन्ने बताए । तेक्वान्दो खेलाडी दीपक विष्टले राष्ट्रका नायकहरूले ट्रफी जितेर देशलाई गौरवान्वित पारेको बताए । राखेप सदस्य सचिव युवराज लामाले मूलपानीमा ३० हजार क्षमता रहेको रंगशाला बनाउनुपर्ने जानकारी दिए । सिंहदरबारमा तीन बजे मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, मुख्यसचिव लीलामणि पौडेलले सम्मान गरेका थिए । अध्यक्ष रेग्मीले क्रिकेटमा अहिलेसम्मकै ठूलो सफलता मिलेको बताउँदै टिमका हरेक सदस्यलाई ३ लाख ५० हजार रुपैयाँ दिने घोषणा गरे ।

नेकपा(माओवादीसहित ३३ दलले मागे राष्ट्रपतिको राजीनामा


 नेकपा(माओवादीसहितका ३३ दलले राष्ट्रपति डा. रामवरण यादवको राजीनामा मागेका छन् । लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाएको विरोधमा राष्ट्रपति कार्यालय घेराउ गरेका ३३ दलले राष्ट्रपति संविधानको भक्षक भएको आरोप लगाएका छन् । ‘यो देशमा राष्ट्रपतिले राष्ट्रियताको रक्षा गर्न सकेनन् । संविधानको रक्षा गर्न सकेनन’ धर्नापछि कोणसभालाई सम्बोधन गर्दै माओवादी उपाध्यष सीपी गजुरेलले भन्नुभयो’यस्तो राष्ट्रपतिको काम छैन । राजीनामा दिनुपर्छ ।’ उहाँले अघिल्लो दिनसम्म सर्वोच्च र कानुनी सल्लाहकारसँग छलफल गर्छु भन्ने राष्ट्रपतिले रातारात कसको फोनको भरमा लोकमानलाई नियुक्त गरे भनि प्रश्न समेत गर्नुभयो ।
लोकमानलाई हटाउन माग गर्दै २९ र ३० गते बन्द आयोजना गरिएको भन्दै उहाँले माग सम्बोधन नभए थप आन्दोलन घोषणा गर्ने चेतावनी दिनुभयो । नेकपा(माओवादीसहितका ३३ दलले शीतल निवास अगाडी धर्ना दिइरहँदा राष्ट्रपति भने बाहिरिनु भएको थियो ।

कार्कीको छलाङ



राजाको प्रत्यक्ष शासनकालमा मुख्य सचिव रहेका कार्कीले करिब छ वर्षदेखि रिक्त अख्तियार प्रमुखको जिम्मेवारी लिए। राजपरिषद स्थायी समितिका तत्कालीन सभापति भूपालमानसिंह कार्कीका छोरा लोकमान ०४१ साउनमा तत्कालीन राजा वीरेन्द्रको हुकुमप्रमांगीबाट राजसभा उपसचिवमा प्रवेश गरेका थिए। तत्कालीन अर्थ राज्यमन्त्री महेश आचार्यको पालामा उनलाई ०४९ सालमा निजामती प्रशासनको राजस्व समूहको उपसचिवमा लगिएको थियो। लगत्तै उनले बेलायतमा दुई वर्षे छात्रवृत्तिमा पढ्ने अवसर पाए।
तत्कालीन अर्थसचिव ठाकुरनाथ पन्तको पालामा कार्यसम्पादन मूल्यांकनमा टिपेक्स लगाएर सहसचिवमा बढुवा भएको कार्कीविरुद्धको मुद्दामा सर्वोच्च अदालतले समेत कार्यसम्पादन मूल्यांकनमा टिपेक्स लगाउन नपाइने आदेश जारी गरेको थियो। सहसचिव बनेलगत्तै कार्की भन्सार विभागका महानिर्देशक बने। त्यसपछि उनले राजस्व अनुसन्धान विभागलगायत निकायमा काम गरे। ०५१ सालमा कार्की भन्सारका महानिर्देशक भएकै बेला चर्चित सुनकाण्डमा उनको नाम मुछिएको थियो।
सहसचिव बनेको पाँच वर्षमै ०५८ वैशाख ६ मा कार्की सचिव बने। उनी जलस्रोत सचिव हुँदा तत्कालीन जलस्रोतमन्त्री बलदेव मजगैयाँसँग विवाद चुलियो। मन्त्री मजगैयाँले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई कार्की फिर्ता गरी नयाँ सचिव पठाउन आग्रह गरे। नभएपछि आफैँले राजीनामा दिए। कार्कीले जलस्रोतसहित स्वास्थ्य, सूचना तथा सञ्चार मन्त्रालयमा सचिवको रुपमा काम गरे। ज्ञानेन्द्रले शासन हातमा लिएर ०६१ मा १५ जना वरिष्ठ दाबेदारलाई पन्छाउँदै उनलाई मुख्य सचिव बनाएका थिए। जनआन्दोलन–२ दबाउन सत्ता र शक्तिको दुरुपयोग गरेको आरोप उनीमाथि लाग्दै आएको छ।

छ वर्षपछि तीन निकायमा प्रमुख


राष्ट्रपति रामवरण यादवले तीन संवैधानिक निकाय प्रमुख नियुक्त गरेका छन्। संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति यादवले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्व मुख्यसचिव लोकमानसिंह कार्की, लोकसेवा आयोग अध्यक्षमा कयोदेवी यमी र महालेखापरीक्षकमा भानु आचार्यलाई नियुक्त गरेका हुन्। तीनैजनालाई कामु प्रधान न्यायाधीश दामोदरप्रसाद शर्माले बुधबार बिहानै शीतल निवासमा शपथ गराए। अख्तियारमा लोकमान, लोकसेवामा यमी, महालेखामा आचार्य
तीन वर्षअघि नै अख्तियार आयुक्तमा नियुक्ति पाएका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक केशब बरालले पनि बुधबार नवनियुक्त प्रमुख कार्कीबाट शपथ लिए। अख्तियार प्रमुख नहुँदा उनले शपथ तथा पदभार ग्रहण गर्न पाएका थिएनन्। शपथ ग्रहण समारोहमा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी, मन्त्रीहरू, सरकारी उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि उपस्थिति थिए। नियुक्तिसँगै छ वर्षपछि सबै संवैधानिक निकायले नेतृत्व पाएका छन्।
चैत ३ गते चार राजनीतिक दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिको बैठकले कार्कीलाई अख्तियार, यमीलाई लोकसेवा, आचार्यलाई महालेखा र नीलकण्ठ उप्रेतीलाई निर्वाचन आयोग प्रमुखमा नियुक्तिका लागि सिफारिस गरेको थियो। कार्कीको सिफारिसबारे अदालतमा रिट परेपछि त्यतिबेला निर्वाचन आयोग प्रमुख मात्र नियुक्त गरिएको थियो।

Thursday, November 29, 2012

मनिषा कोइरालालाई क्यान्सर ?


नायिका मनिषा कोइरालालाई क्यान्सर भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । टाइम्स अफ इन्डियाको अनलाइन संस्करणका अनुसार मुम्बइको ‘जस्लोक’ अस्पतालमा उपचारका लागि भर्ना भएकी मनिषालाई क्यान्सर भएको हो । अकस्मात बिरामी भई काठमाण्डौको नर्भिक अस्पतालमा भर्ना भएकी मनिषलाई दुई दिन अघि उपचारका लागि मुम्बई लगिएको थियो ।
‘जस्लोक’ अस्पतालमा उपचार गराइरहेकी मनिषाका साथमा उनकी आमा सुष्मा छिन् । मनिषाका भाई सिद्धार्थ र पिता प्रकाश गएराती मुम्बई पुगेका छन् । एउटा सामाजिक संजालले आयोजना गरेको कार्यक्रममा बिषाक्त खानेकुरा खाएपछि मनिषा बेहोस भएकी थिइन् । मुम्बईको ‘जस्लोक’ अस्पतालमा मनिषाले केही समय उपचार गर्नुपर्ने छ । शरीरको कुन अंगमा क्यान्सर भएको भन्ने खुलाइएको छैन । काठमाडौंको नर्भिक अस्पतालमा मनिषाले आफूलाई पेट दुखेको बताएकी थिइन् ।

सरकार निर्माणका लागि फेरि सात दिनको समय थप


प्रमुख चार दलका शीर्ष नेताहरुको आग्रहमा राष्ट्रपति रामवरण यादवले सहमतीय सरकार निर्माणका लागि फेरि सात दिनको समय थपेका छन् । यसअघि,राष्ट्रपतिले सहमतीय सरकार निर्माणका लागि दिएको समय बिहीबार ४ बजे सकिएको थियो । बिहीबार साँझ शितल निवासमा भएको छलफलमा नेताहरुले फेरि समय थप्नुको विकल्प नरहेको भन्दै त्यसका लागि आग्रह गरेका थिए । सहमतीय सरकार निर्माणका लागि दिएको सात दिनको समय सीमा सकिएपछि छलफल गर्न राष्ट्रपति यादवल प्रमुख दलका नेताहरु शितल निवासमा डाकेका थिए ।  ६ बजे शितल निवास पुगेका मधेसी मोर्चा सहित प्रमुख तीन दलका शीर्ष नेताहरु सवा ८ पछि बाहिरिए ।