Jhalanath khanal |
खनालअघि बोल्ने माधवकुमार नेपाल, केपी शर्मा ओली लगायतका नेताहरुले पनि यसैगरी माओवादी र कांग्रेसलाई गाली गरे । उग्रबामपन्थ र दक्षिणपन्थलाई मिलाएर लैजाने मध्यमार्गी पाटीएमाले नै नभएको भएको दावी गरे । ‘माओवादी युद्धको धङधङीबाट मुक्त हुन सकेको छैन’ बरिष्ठ नेता नेपालले भन्नुभयो(’फेरि युद्ध गर्ने, मान्छे मार्ने भनेर कसलाई धम्की दिएको रु शिविर खाली नगरेसम्म शान्ति प्रकृयाले पूर्णता पाउँदैन ।’ सधैं माओवादीलाई गाली मात्रै गर्ने बानी भएका अर्का नेता ओलीले पनि उसैगरी बचन लगाउनुभयो । माओवादीको उग्रपन्थी बाटोबाट नयाँ नेपाल बन्न नसक्ने भन्दै उहाँले फेरि द्वन्द्व नहुने खालको संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो । ‘माओवादी नेतृत्वको सरकार इतिहासमै सबैभन्दा अयोग्य, नालायक र भ्रष्ट भएको छ’ ओलीले भन्नुभयो (’उत्ताउला र उग्र व्यवहारले एमालेको संकल्प कमजोर बनाउने सपना नदेखे हुन्छ ।’
माओवादीप्रति केही नरम मानिने पार्टी उपाध्यक्ष बामदेव गौतमले पनि यसपाली माओवादी र सरकारको खोइरो खन्नुभयो । ‘सरकार बाहिर रहँदा भारतसँग युद्ध गर्ने धम्की दिने माओवादीले आफ्नो सरकार बनेपछि भारतलाई नै खुशी पार्ने काम गरेको छ’गौतमले भन्नुभयो (’राज्यको नेतृत्व गर्ने ठाउँमा पुगेर जनबिद्रोहको कुरा गर्ने माओवादीको नेतृत्वमा शान्ति र संविधान सम्भव छैन ।’ महासचिव ईश्वर पोखरेलले पनि हिंसा सहितको माओवादीलाई स्वीकार गर्न नसकिने बताउनुभयो ।
सबै नेताहरुको भाषणमा माओवादीप्रति धेरै र कांग्रेसप्रति केही कम आक्रोश थियो । अरुलाई सत्तोसराप गर्दै उनीहरुले आफू र आफ्नो पार्टी नै ठीक भएको दावी गरे । पार्टीलाई एक बनाएर लैजाने कुरा कम मात्रै गरे । परिषद बैठकपछि के हुन्छ भन्ने भेऊ पनि कार्यकर्ताले राम्रोसित पाउन सकेनन् । पार्टीको नयाँ कार्ययोजना र विचार भन्दा पनि नेताहरुले माओवादी र कांग्रेसलाई गरेका गाली सुनेर आनन्द मान्दै कार्यकर्ताहरु पनि घरतिर हिंडे ।
No comments:
Post a Comment