दुवईको आइसीसी ग्लोवल क्रिकेट एकेडेमीमा भएको खेलमा नेपाललका लागि प्रदीप ऐरीले सर्वाधिक ६५ रन बनाएका थिए भने शरद भेषावकरले १३ रन जोडे । उनीहरुले दोस्रो विकेटका लागि नट आउट ७८ रनको साझेदारी गरेका थिए । ओपनर ब्याट्स् म्यान परेश लोहनी ३ रन बनाएर पवेलियन फर्केका थिए ।
यसअघि नेपालको सानदार प्रदर्शनमा ह्याट्रिक गरेका शक्ति गौचनले चार विकेट लिएका थिए । त्यसैले डेनमार्कले १९ ओभरमा अलआउट हुँदै ८२ रन मात्र बनाएको थियो । नेपाली बलर पृथु बास्कोटाले २ तथा सञ्जम रेग्मी र वसन्त रेग्मीले पनि १र१ विकेट लिएका थिए । दुई डेनिस ब्याट्स म्यानलाई नेपालले रन आउट गरेको थियो ।





