Saturday, November 17, 2007

कांग्रेस-माओवादी वार्ता बिना निश्कर्ष समाप्त

नेपाली कांग्रेस र माओवादीबीचको छलफल सहमति बनाउन छलफल जारी राख्ने सहमतिसहित टुङ्गिएको छ । मङ्सिर १ गते बिहान दुई दलबीच भएको छलफलमा दुई बर्षअघि भारतको राजधानी नयाँ दिल्लीमा आठ दलबीच भएको १२ बुँदे समझदारी र ऐतिहासिक जनआन्दोलनलगायत पुरान सहमतिको कार्यान्वयनमा देखिएका समस्याबारे बिश्लेषण गरिएको नेपाली कांग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले बताए । छलफलमा संसदको बिशेष अधिवेशनले पारित गरेका प्रस्ताव, संसदको नियमित अधिवेशनलाई सहमतिमा टुङ्ग्यान गर्नुपर्ने काम र संविधान सभा चुनावको मिति तोक्ने बिषयमा कुरा भएको उनले बताए । छलफलमा दुवै दलले आफ्ना अडान राखेका थिए र आजको छलफलले कुनै निश्कर्ष ननिकालेको पनि केसीले जानकारी दिए ।

Wednesday, November 14, 2007

पत्रकार धर्नामा हस्तक्षेप

नेपाल पत्रकार महासंघको धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी केही पत्रकारलाई पक्राउ गरेको छ । कार्तिक २९ गते राजधानीको सिंहदरवार दक्षिण गेटमा पत्रकारहरुले माओवादीले अपहरण गरी हत्या गरेका पत्रकार वीरेन्द्र साहका हत्यारालाई कारवाही गर्नुपर्ने माग राखी धर्ना दिएका थिए.



we are not changing the prime minister -prachanda

maoist supremo prachanda said that they are not thinking to change the head of the government . in interaction with the media person in dang prachanda further said that till two or three days major political change will happen in country .however the second senior leader of maoist dr baburam bhattarai urge to change the head of the govenment . although leader prachanda did not comment on that saying.

फोहोर आज पनि उठेन

सिसिडोलबाशीले गाउँको साढे एक किलोमिटर कच्ची सडक बनाउँने ठेक्का लगाउँदा धाँधली भएकाले ठेक्का रद्द गर्नु माग गरेका छन् र ठेक्का रद्ध नभएसम्म फोहोर फाल्न नदिने बताएका छन् ।

Monday, November 12, 2007

सात दलको बैठक निश्चित भएन

संसदमा मतदान भएपछि संकटमा परेको मानिएको सात दलीय गठवन्धन टुट्नु नुहुने सातै दलले बताए पनि उनीहरुबीच छलफल र भेटघाटको अझै टुङ्गो लागेको छैन । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, एमाले महासचिव माधवकुमार नेपाल र माओवादी अध्यक्ष प्रचण्ड सबैले मंसिर ३ गते सुरु हुने संसदको नियमित अधिवेशनअघि सात दलबीच छलफल र सहमति हुनुपर्ने बताउदैआएका छन् । मंसिर महिनाभित्र अन्तरिम संविधान संशोधन नगरे संविधान निश्प्रभावी हुने खतरा छ । किनभने, संविधानमा मंसिर महिनामा संविधान सभा चुनाव हुने उल्लेख छ, जबकि मंसिर ६ गते हुने भनिएको चुनाव स्थगित भइसकेको छ । त्यसबाहेक, संसदको बहुमतले पारित गरेको गणतन्त्र र समानुपातिक प्रणालीको प्रस्तावलाई संविधान संशोधन गरेर कार्यन्वयन गर्ने मुद्धा पनि सात दलले टुङ्ग्याउनुपर्नेछ ।
तिहार सकिनासाथ सात दलबीच भेटघाट हुने बताइए पनि अझै भेटघाटको मिति निश्चित नभएको नेपाली कांग्रेस केन्द्रिय सदस्य डा. शेखर कोइराला बताउछन् । उनका अनुसार, माओवादी अध्यक्ष प्रचण्ड कार्तिक २७ गते दुई दिनका लागि दाङ जादैछन र उनी दाङबाट र्फकेपछि भेटघाटको मिति तय हुने सम्भावना छ । संसदबाट पारित प्रस्ताव कार्यन्वयनका लागि सरकारले त्यससम्बन्धी संविधान संशोधन बिधेयक ल्याउने सम्भावना कम रहेको पनि डा. कोइरालाले बताए ।

माओवादी चुनाव हुन नदिने रणनीतिमा- मन्त्री

पर्यटन मन्त्री पृथ्विसुब्बा गुरुङले माओवादी संविधान सभा चुनाव कुनै हालतमा हुननदिने रणनीतिमा रहेको बताएका छन् । कार्तिक २४ गते राजधानीमा आयोजित एउटा कार्यक्रममा बोल्दै एमालेबाट मन्त्री भएका गुरुङले चुनाव हुन नदिनै माओवादीले सरकार छाडेको तथा सरकारमा नफर्किएको पनि धारणा राखे । संविधान सभा चुनाव हुने वातावरण बनेमा माओवादीले त्यसलाई भाड्न संसद छाड्नसक्ने दावी पनि मन्त्री गुरुङले गरे ।
मन्त्री गुरुङले संविधान सभा चुनाव माओवादीसहित या माओवादी बाहेक रोज्नुपर्ने स्थिति आएको धारणा कार्यक्रममा राखे । 'माओवादीसहितको चुनाव म असम्भव देखिरहेको छु' मन्त्री गुरुङले भने, 'माओवादीबाहेकको चुनाव कठिन हुनेछ, तर, खुर्सानीवेगर भतेर रोकिदैन भन्ने हामी सबैलाई थाहा छ ।' मन्त्री गुरुङले माओवादीले संविधान सभाको चुनाव हुननदिन राजासंग हात मिलाएको आफूले सुनेको पनि कार्यक्रममा बताएका थिए ।
गुरुङले संसदबाट पारित प्रस्ताव कार्यन्वयन गर्न सरकार वाध्य नहुने पनि बताए । एमालेबाट मन्त्री भएका प्रदीप नेपालले पनि संसदबाट पारित प्रस्ताव अवैधानिक भएकाले कार्यन्वयन गर्न सरकार वाध्य नहुने बताइसकेका छन् । उता एमाले महासचिव माधवकुमार नेपालले भने सात दलबीचको सहमतिमा संसदबाट पारित प्रस्ताव सरकारले कार्यन्वयन गर्नुपर्ने बताउदै आएका छन् । माओवादी प्रस्ताव अवैधानिक भए पनि उसलाई संसद छाड्ने निहुँ नदिन उसको प्रस्ताव दर्ता गरिएको मन्त्री गुरुङको धारणा थियो ।