Saturday, October 08, 2011

पार्टी भित्रको विरोधी छिटै समाप्त हुने डा.भट्टराईको भनाई

माओवाी उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री डा.वावुराम भट्टराईले पार्टी भित्रको विरोधी समुह छिटै समाप्त हुने वताएका छन । गृह जिल्ला गोरखाको खोप्लाङ पुगेका डा.भट्टराईले पार्टी भित्र सानो समुहमा मात्र विरोधी समुह रहेको भन्दै तिनिहरु छिटो सकिने वताए । उनले माओवादी भित्रको विरोधी समुह १२ वुदे सहमति गर्दा देखि नै असन्तुष्ट रहेको भनदै तिनीहरुबाट खतरा नभएको वताए ।
बरु उनले शान्ति प्रक्रियामा साथ नदिए कांग्रेस–एमाले जस्ता दलहरु पनि छिटै समाप्त हुने भविष्यवाणी गरेका छन । उनले यी दुई दलको भविष्य नै जोखिममा पर्ने चेतावनी दिएपनि अबको दुई महिनामा शान्ति प्रक्रिया अघि बढाउन यिनले मद्धत गर्ने विश्वास पनि ब्यक्त गरे ।

रातो राम्रो होला कि कालो ?


रातो राम्रो गुलियो मिठो वैंश छदा खेरि । यो पुरानो नेपाली गीत अझै पनि उतिकै चल्तिमा छ । खासगरि युवाहरु युवतीलाई जिस्काउदा यो गीत अझै पनि गुनगुनाउन पछि पर्दैनन ।
छिमेकका युवतीले कहिले पेन्टी देखाएर त कहिले पेन्टी नै नलगाए गुप्ताङ देखाएर दुनियालाई लुब्ध पारिरहेको खवर पढन पाउदा हामी नेपाली पनि कम रोमाञ्चित भएका थिएनौं । अनि यो खबर भन्दा यस संगै छापिएको फोटोको मोह त झन कति हो कति रु यो खवर पढदा हाम्रोमा त कम्तिमा यति धेरै मुख फुकेका मैयाहरु छैनन भनेर कहिले गर्व कहिले विरक्त मान्ने युवाहरुको जमात कम्ति थिएन नेपालमा । तर यसो भन्ने दिन पनि गए अब नेपालमा ।
गार्मेन्टमा काम गर्दा गर्दै नेपाली चलचित्र क्षेत्रमा आएकि करिश्मा मानन्धर अहिले अभिनयको कारणले भन्दा पनि पेन्टी देखाएकै भरमा चर्चामा छिन । उमेरले ४० नाघेपनि अझै पनि युवाहरुलाई फकाउन उनले एक पटक रातो पेन्टी त अर्को पटक कालो पेन्टी देखाए र तिनलाई लुब्ध पार्ने कोशिश गरेकी छिन । यतिले मात्र नपुगेर उनले आफनो पुष्ट छातीमा रातो गुरासको पेन्टिङ पनि गरेकी छिन । अब केटाहरुलाई चैन मिलेको छ –किनभने तल हेरे पनि भयो अनि ढुक्कसंग करिश्मको गुरास हेरे पनि भयो । बरु यसरी हेर्ने युवाहरुलाई रातो राम्रो होला कि कालो कुन्नि ?

विशेष समितिमा रावल


एमालेले सेना समायोजनको खाका रेखदेख समायोजन तथा पुर्नस्थापनाको लागि गठन गरेको विशेष समितिको सदस्यमा नेता भीम रावललाई सदस्यमा नियुक्त गरेको प्रधानमन्त्री अध्यक्ष रहने यो विशेष समितिमा डेढ महिना देखि एमालेको सदस्य रिक्त थियो प्रधानमन्त्री एमाले अध्यक्ष झलनाथ खनालले राजीनामा दिएपछि यो स्थान रिक्त थियो यस्तै, एमाले केन्द्रिय समितिको वैठक डेढ महिना पर सरेको शनिवार वसेको स्थायी समितिको वैठकले असोज २६ गतेको लागि तय गरेको वैठक डेढ महिना पर सारेको हो एमाले केन्द्रिय समितिको वैठक अब मंसिर गते वस्ने भएको

सरकारको सय दिन-मुख्य उपलब्धि,शान्ति र संविधान

सरकारले सय दिनका प्रगति विवरण शुक्रबार साँझ सार्वजनिक गर्दै शान्ति र संविधान अगाडि बढ्नुलाई मुख्य उपलब्धि भनेको छ ।
प्रधानमन्त्री कार्यालयमा सरकारका सय दिनका प्रगति सार्वजनिक गर्दै उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकार बनेपछि शान्ति प्रक्रिया अगाडि बढेको, राज्य पुनर्संरचना आयोग गठन हुनु, संविधानसभाको म्याद थपिनु मुख्य उपलब्धि रहेको बताए ।
मन्त्री श्रेष्ठले सरकारले जनतालाई राहत दिने उद्येश्यले सुशासनको काम अगाडि बढाउन ुहेलो सरकारु सुरु गरेको, अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउन दुई छिमेकीलाई विश्वासमा लिन सफल भएकोलगायतलाई पनि सफलतासँग जोडेका छन् ।
यद्यपि सय दिनका काममा सरकार भने पूर्ण सन्तुष्ट हुन नसकेको उनले बताए । ुसरकार पूर्ण सन्तुष्ट नभए पनि मुल उद्येश्य शान्ति र संविधान अगाडि बढाउन सकेकोमा सन्तोष गर्दछ,ु उनको भनाइ थियो । उनले आर्थिक बृद्धिदरको आधार तयार पार्न सरकार सफल भएको दाबी गरे ।
सरकार बनेको सय दिन पूरा भएपछि कार्यसमीक्षा गर्ने प्रचलन छ । पत्रकार सम्मेलनमा भौतिक योजना तथा निर्माण मन्त्री हृदयेष त्रिपाठी, सिँचाइ मन्त्री महेन्द्र यादवलगायत उपस्थित थिए ।
माओवादी(मधेसी मोर्चा गठबन्धन बनाएर माओवादी उपाध्यक्ष बाबुराम भट्टराई भदौ ११ गते प्रधानमन्त्री निर्वाचित भएका थिए । उनको सरकारले यसै साता सय दिन पूरा गरेको छ ।