Sunday, June 15, 2014

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउनको तेस्रो साता नेपाल भ्रमणमा आउने भएका छन् । मोदी नेपाल आए भारतीय प्रधानमन्त्रीको सन् १९९७ पछि पहिलो भ्रमण हुनेछ ।
प्रधानमन्त्रीका रुपमा पहिलो विदेश भ्रमणका क्रमा आइतबार भुटान गएका मोदी जापानपछि नेपालको भ्रमणमा आउने भएका हुन् । मोदी नेपाल(भारत सम्वन्धलाई अझ उचाइ दिनेबारे बृहत छलफल गर्न अगष्ट पहिलो साता काठमाडौं जाने तय भएको भारतीय पत्रिका ‘दि टेलिग्राफ इण्डिया’ले जनाएको छ । रमण टोलीमा विदेशमन्त्री सुश्मा स्वराज, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव सुजाता सिंह लगायत रहने बताइएको छ ।
मोदीले आफ्नो सपथमा सार्क मुलुकका राष्ट्र तथा सरकार प्रमुखलाई बोलाएका थिए । सपथ ग्रहणमा सहभागी हुन दिल्ली पुगेका प्रधानमन्त्री कोइरालासँग मोदीले छुट्टै भेटवार्ता समेत गरेका थिए ।

प्रधानमन्त्री कोइराला उपचारका लागि अमेरिका जाने

प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्योपचारका लागि सोमबार साँझ ८ बजे अमेरिका उड्ने भएका छन् । प्रधानमन्त्रीसँगै निजी चिकित्सक प्रा.डा. करवीरनाथ योगी, कांग्रेस नेतृ मृदुला कोइराला, अतुल कोइराला र सुरक्षागार्ड प्रकाश देउजा समेत अमेरिका जाने प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले जानकारी दिए । प्रधानमन्त्री कोइरालाले असार ५ गते म्यानहटनस्थित स्रोल्न क्याटरिङ क्यान्सर अस्पतालमा स्वास्थ्य चेकजाँच गराउने छन् । चीन कुनमिङ भ्रमणपछि स्वदेश फर्किएलगत्तै स्वास्थ्य परीक्षण गर्दा फोक्सोमा दाग देखिएपछि कोइराला उपचारका लागि अमेरिका जान लागेका हुन् । फोक्सोमा सानो दाग देखिएपछि कोइरालालाई चिकित्सकहरुले समय मिलाएर उपचारका लागि अमेरिका जान सुझाव दिएका छन् ।
सात वर्षअघि जिब्रोको क्यान्सरको शल्यक्रिया गराएपछि कोइराला प्रत्येक वर्ष नियमित स्वास्थ्य चेकजाँचका लागि अमेरिका जाने गरेका छन् ।

प्रिती जिन्टामाथि सार्वजनिक स्थलमा यौन हिंसा

बलिउड नायिका प्रिती जिन्टाले आफ्ना पूर्वप्रेमी नेस वाडिया विरुद्ध यौन हिंसाको आरोप लगाएकी छिन् । आइपीएल क्रिकेटको क्रममा  आफूलाई वाडियाले यौन हिंसा गरेको आरोप प्रितीले लगाएकी छिन् । थाने प्रहरीमा उजुरी हाल्दै प्रितीले पूर्व प्रेमीको बिषयमा मुख खोलेकी हुन् । उजुरी दर्ता भएसँगै प्रहरीले जाच सुरु गरेको छ । ५ बर्ष लामो सम्बन्ध पश्चात प्रिती र नेसविच ब्रेकअप भएको थियो । प्रहरीले खेलका क्रममा भएको घटनाको सीसीटीभी फुटेज चेक गर्ने जनाएको छ । प्रितीले आफ्नो जीन्दगी स्वाभिमान पूर्वक बाँचेको भन्दै सार्वजनिक स्थलमा नै नेसले वेइजत गर्दा आफ्नो साथमा कोही नभएको बताएकी छिन् । उनले आफू समक्ष अन्य विकल्प नभएकाले यो कदम चालेको बताइन् ।