Sunday, April 03, 2011

माओवादी संघीयता विरोधी-पौडेल

नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादीले शान्ति प्रकि्रया र संविधान निर्माणमा भयानक षडयन्त्र गरिरहेको आरोप लगाउनु भएको छ । शनिवार तनहुँमा गरिएको एक कार्यक्रममा बोल्दै नेता पौडेलले माओवादी षडयन्त्र पुरा गर्न प्रधानमन्त्री झलनाथ खनाल मतियार बनेको आरोप लगाउनुभयो । माओवादीले जनविद्रोहको धम्की िदंदा िदंदै पनि उसकै पछि लाग्नु मतियार हुनुको ज्वलन्त उदाहरण भएको उहाँले बताउनुभयो । माओवादी नीति शान्ति प्रकि्रया र संविधान बिरोधी भएपनि केही नेता र दलले उसलाई साथ दिनु बिडम्बना भएको उहाले बताउनुभयो । माओवादीको हतियार मोहले लोकतन्त्र र संविधान निर्माण प्रकि्रया संकटमा परेको पौडेलको भनाई छ । मोहन बैद्यले संविधान सभाबाट गरेको राजीनामाले माओवादी संविधान निर्माण र संघीय राज्यको विरोधी रहेको प्रमाणित भैसकेको उहाँको दावी छ ।

संविधान अघि सेना समायोजन गर्न मोर्चाको दवाव

संयुक्त मधेसी मोर्चासँग विगतमा भएको सहमति कार्यान्वयन नभए संविधानसभा छाडेर संघर्षमा जाने चेतावनी िदंदै आएका मोर्चाका नेताले शनिवार प्रधानमन्त्री झलनाथ खनाललाई ज्ञापन पत्र बुझाएका छन् । मधेसी जनअधीकार फोरम लोकतान्त्रीकका अध्यक्ष विजयकुमार गच्छदारको नेतृत्वमा वालुवाटार पुगेको मोर्चाको टोलीले बाह्रबुँदे ज्ञापनपत्र बुझाएको छ । मोर्चाले माओवादीसंग प्रधानमन्त्री खनालले गरेको सातबुँदे सहमति अपारदर्शी भएको र सात बुँदे सहमतिले सहमतिको राजनीतिलाई समेत क्षति पुर् याएको भन्दै ध्यानाकर्षण गराएको छ । मोर्चाले शान्ति प्रकि्रयाको प्रमुख पक्ष माओवादी रहेको तर शान्ति प्रकि्रयाले पूर्णता पाउनेमा उसको भुमिका उदासीन र नकारात्मक भएको भन्दै प्रधानमन्त्री खनाललाई संविधान निर्माण अघि नै सेना समायोजनको काम पुरा गर्न आग्रह गरेको छ । मोर्चाले विगतमा भएको सहमति कार्यान्वयन मधेस स्वयत्त प्रदेश सुनिश्चित तथा तोकीएको समयमा शान्ति र संविधानलाई टुंगोमा पुर् याउन माग गरेको छ ।

शिक्षिकाको कमाल

पढने वालवालिका पक्कै पनि आफनो शिक्षक शिक्षिकाबाट प्रभावित हुने गर्दछन । हुनपनि उनीहरुले सिक्ने पहिलो ब्यक्ति नै आफना गुरुहरु हुन । वेलायतमा अचम्म भएको छ । विद्यार्थीले आफनो एक शिक्षिकाले केवल जिन्स पाइन्ट मात्र लगाएर खिचेको नग्न तस्वीर फेला पारे पछि हंगामा भएको छ । ती आर्ट शिक्षिका पुर्व मोडल पनि हुन । अहिले त्यो तस्वीर कहाबाट कसले खिच्यो भन्ने विषयमा वहश भएपनि यसको वारेमा पत्तो लाग्न सकेको छैन । तर विधार्थीहरुको हात हातमा भने शिक्षिकाको टप लेस फोटो उपलब्ध छ ।