Sunday, January 15, 2012

नेपालको विजयी सुरुवात

कुवेतमा शुक्रबारबाट सुरु भएको एसीसी अन्डर १९ महिला च्याम्पियनसिप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ ।

भारतसँगको सम्बन्धलाई थप विस्तार गर्न चिनियाँ प्रधानमन्त्रीको अनुरोध


काठमाडौं, माघ १(प्रधानमन्त्री बाबुराम भट्टराईले चिनियाँ र नेपाली पक्षको सल्लाह र सहमतिमै चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको भ्रमणबारे प्रचार नगरिएको जानकारी दिएका छन्। आज बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री भट्टराईले चिनियाँ पक्षले भ्रमणबारे प्रचार नगर्न अनुरोध गरेपछि दवावको रुपमा नभई सहमतिमै भ्रमणबारे प्रचार नगरिएको स्पष्ट पारे | उनले चीनका प्रधानमन्त्री जियाबाओको नेपाल भ्रमण ट्र्रान्जिटु भ्रमणमात्र नभई औपचारिक सद्‍भाव भ्रमण भएको बताए।

माओवादीमा दुइटै प्रस्ताव तलैसम्म छलफलमा लगिने

काठमाडौं, माघ १ ( माओवादी केन्द्रीय समिति बैठकले अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ उपाध्यक्ष मोहन वैद्यका प्रस्ताव तल्लो तहसम्म छलफलमा लैजाने निर्णय गरेको छ । आइतबार साँझ सकिएको बैठकले दुवै प्रस्तावलाई थाति राख्दै तल्लो तहसम्म छलफलमा लैजाने निर्णय गरेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए । छलफल गर्ने स्वतन्त्रता प्रजातान्त्रिकरुपले जनवादी तरिकाले जारी राख्ने, उनले सञ्चारकर्मीसित भने, पार्टीलाई अनुशासित पनि बनाउने तर कार्यक्रममा भने एकताबद्ध भएर जाने निर्णय भएको छ । माओवादीले शान्ति र संविधानलाई निष्कर्षमा पुर्‍याउन पहल गर्नेसमेत निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिए । अहिलेको कार्यक्रम भनेको शान्ति र संविधान हो, उनले भने, त्यसको स्पिरिटका साथ पार्टी एकताबद्ध भएर अघि बढ्नेछ ।
केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालको शान्ति र संविधानको कार्यदिशासहितको प्रतिवेदनविरुद्ध वैद्यले जनविद्रोहको प्रस्तावसहितको प्रस्ताव पेश गरेका थिए । दुवै पक्षका नेताहरुलाई मिल्न दबाब दिएपछि दुइटै प्रतिवेदन थाति राखिएको हो ।
बैठकपछि उपाध्यक्ष वैद्यले पनि जनताको संघीय गणतन्त्र संस्थागत गर्दै जनसंविधान निर्माणका लागि पार्टी एक भएको बताए । यसअघि आइतबार रोल्पामा महोत्सव उद्‌घाटन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी नफुट्ने बताउँदै दुवै पक्ष एक भएको बताएका थिए । हिजो रातिमात्र दुवै प्रतिवेदनलाई एक बनाउने सहमति हामीबीच भएको छ,उनले भने,यो ताजा जानकारीले तपाईंहरुलाई हर्षित तुल्याउँछ भन्ने लागेको छ ।