Monday, June 02, 2014

राप्रपपामा चर्कियो विवाद

राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वलाई लिएर केही महिनादेखि जारी विवाद अहिले उत्कर्षमा पुगेको छ । पार्टी नेता एवं पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले सोमबार सूर्यबहादुर थापाको एक वर्षे अवधि सकिएको भन्दै
आफूलाई अध्यक्ष घोषणा गरेका छन् । दिउसो महामन्त्रीसहित समर्थक नेता, कार्यकर्ता लिई चावहिलस्थित पार्टी कार्यलयमा पदभार ग्रहण गरेको घोषणा गरेका थिए । लगत्तै थापाले भने माली गाउँस्थित आफ्नै निवासमा केन्द्रीय समिति बोलाई चन्दको घोषणालाई अराजक र आपत्तिजनकको संज्ञा दिएका छन् । आकस्मिक बैठकपछि जारी विज्ञप्तिमा चन्द पक्षका नेताहरुले विधान मिच्ने काम गरेको दावी गर्दै यसबाट कुनै अप्रिय अवस्था आए सम्बन्धित पक्ष नै दोषी हुने बताएको छ । थापाले यही २५ गते केन्द्रीय समितिको बैठक बोलाएका छन् ।
राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीबीच गत वर्ष एकिकरण भई नेतृत्व ४ जना शीर्ष नेताबीच चक्रिय प्रणाली अनुसार पालैपालो चलाउने सहमती भएको थियो । उक्त अनुसार अध्यक्ष थापाले गत जेष्ठ ६ गते सम्म, त्यसपछि चन्द र त्यसपछि क्रमशः पशुपति शम्सेर राणा र डा।प्रकासचन्द्र लोहनीले नेतृत्व लिने सहमती भएको दावी चन्द पक्षको छ ।