Thursday, June 12, 2014

प्रकाण्डमाथि प्रचण्ड कारवाही

प्रकाश गिरी
भुमिगतकालमा कमरेड प्रकाण्ड भनेर चर्चित कालिकोटका खडगवहादुर विश्वकर्मा नेकपा माओवादीको कारवाहीमा परेका छन । एनकेपा माओवादी हुदा पनि खरो र कडा कुरा गर्ने उनी खासमा नेत्र विक्रम चन्द पक्षधर नेता हुन । पछिल्लो समय नेकपा माओवादीमा सक्रिय प्रकाण्ड पार्टी नीति विपरित चलेको,समानान्तर कमिटी गठन गरेको,आर्थिक संकलन गरेको आरोपमा कारवाहीमा परेका हुन ।

कोईरालाको मुखमा तुलसीपत्ता

कोईरालाको मुखमा पानपराग र तुलसी पत्ता कहिले पनि खाली हुदैनथ्यो ।
प्रकाश गिरी
नशा कुनै पनि कुराको राम्रो होईन । तर हरेक मानिसमा एक न एक चीजको नशा हुन्छ । कसैमा मादक पदार्थको त कसैमा धुम्रपानको । केवल नशालु पदार्थको नशा मात्र नराम्रो हुने होईन,जुनसुकै कुराको पनि अम्मली हुनु राम्रो होईन । कसैलाई प्रेमको नशा कसैलाई बढी बोल्ने नशा । अर्थात हामी सवै कुनै न कुनै कुराको अम्मली छौं ।
देशकै प्रधानमन्त्री सुशील कोईराला उमेरमा पान,सुपारी,चुरोट,विंडीको अम्मली भएको स्विकारेका छन । दुर्भाग्य के भने त्यहि अम्मलको कारण उनको फोक्सोमा क्यान्सरको लक्षण देखा परेको छ । यसको उपचारको लागि अब उनी अमेरिका जाने तयारीमा छन । झण्डै सात बर्ष अघि पनि उनी यस्तै समस्याको समाधानको लागि अमेरिका गएका थिए । जिव्रोमा भएको क्यान्सरको कारण अमेरिका गएर शल्यक्रिया गरेर कोईराला आएका थिए । यहि कारण नै हो,उनले वोलेको वुझिंदैन ।

Wednesday, June 11, 2014

सहमति पछि संसद खुल्यो


caप्रमुख दलहरुबीच सहमति भएपछि व्यवस्थापिका– संसदको जारी अवरोध बुधबारदेखि हटेको छ ।
प्रमुख दलबीच गत ९ पुसमा भएको ४ बुँदे सहमति कार्यान्वयन गर्ने र रकमान्तर भएको विषयमा सदनलाई जानकारी गराउन सरकार तयार भएपछि संसद सुचारु भएको हो ।
सरकारका तर्फबाट संसद बैठकमा बोल्दै कानुनमन्त्री नरहरि आचार्यले निर्वाचनमा धाँधली भएको भन्ने विषयमा छानबिन गर्न संसदीय समिति बनाउने, सत्य निरुपण तथा बेपत्ता छानबिन समिति बनाउने लगायतमा सहमति भएको जानकारी दिए ।
अर्थमन्त्री रामशरण महतले  खर्च हुन नसक्ने आयोजनाहरुको कार्यक्रम खर्च कम भएका आयोजनाहरुका रकमान्तर गरिएको । उनले बाहिर आएको भन्दा पनि धेरै रकमान्तर भएको भन्दै विगतमा अझ धेरै रकमान्तर हुने गरेको दाबी गरे । टेण्डरमा गइसकेका कार्यक्रमहरु सन्चालनका लागि रकमान्तर गरिएको भन्दै महतले आफ्नो निर्वाचन क्षेत्रमा बजेट पठाएको भन्नेमा कुनै सत्यता नरहेको जिकिर गरे ।
संघीय मामला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत केही बजेट गएको भन्दै उनले आफूले आर्थिक बित्तीय अनुशासन पालना गरेको बताए । यसअघि विपक्षीको अवरोधका कारण ७ पटकसम्म संसद बैठक अवरुद्ध भएको थियो ।

विश्वकपको सरगर्मी

विश्वकपको सरगर्मीसँगै फुटबल जर्सी लाउनेहरू बजारमा जताततै देखिन थालेका छन् । अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा० का २ सय ९ सदस्यबाट छानिएका ३२ देशले बिहीबारदेखि ९नेपाली समयअनुसार शुक्रबार बिहान पौने २ बजे० विश्वकपको २० औं संस्करणमा प्रतिस्पर्धा गर्दैछन् । उनीहरूको खेलले कहिल्यै विश्वकपको नजिक पनि नपुगेको नेपालसम्मै फुटबलको माहोल तताएको छ । समाचार एजेन्सीहरूका अनुसार अहिले विश्वभरकै माहोल फुटबलमय बनेको छ ।
ब्राजिलका १२ सहरमा असार ३० गतेसम्म चल्ने विश्वकप डिफेन्डिङ च्याम्पियन स्पेन, तीनपल्टको विजेता जर्मनी, चारपल्ट ट्रफी चुमेको इटालीले जितेको चाहनेको संख्या पनि ठूलै छ । धेरैले आयोजक र सबैभन्दा महँगो टिम ब्राजिलले कीर्तिमान छैटौंपल्ट विश्वकप जित्ने अनुमान गरेका छन् ।
सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकपको १९ संस्करणमा युरोप र दक्षिण अमेरिकी आठ देश मात्र च्याम्पियन भएका छन् । त्यसैले नयाँ विजेता चाहनेहरू पनि थुप्रै छन् । तर, महारथीहरूलाई हराएर नयाँ विजेता निस्कने सम्भावना कमै छ । अनुसन्धान र विज्ञका अनुसार पनि आयोजक ब्राजिलले विश्वकप जित्ने सम्भावना बलियो छ ।