Friday, February 03, 2012

राजदूतहरुको नाम अनुमोदन

प्रस्तावित राजदूतहरु
संसदीय सुनुवाई विशेष समितिले विभिन्न १० देशका लागि प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेको छ । प्रस्तावित राजदूतहरुसँग बिहीबार र शुक्रबार छलफल गरि समितिले सर्बसम्मतले अनुमोदन गरेको हो । समितिको अनुमोदनपछि प्रस्तावित राजदूतहरुको नियुक्तिका लागि बाटो खुलेको छ ।

सरकारको नेतृत्वमा कांग्रेसको दाबी स्वाभाविक -दाहाल

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्वमा नेपाली कांग्रेसको दाबी स्वाभाविक भएको बताउनुभएको छ । पार्टीको राज्य समितिका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन आइपुग्नुभएका प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै माओवादी र एमालेले दुई दुई पटक सरकारको नेतृत्व गरिसकेको सन्दर्भमा कांग्रेसको सरकारको नेतृत्वको दाबी जायज भएको बताउनु भयो । उहाँले भन्नुभयो’सकभर बाबुरामजी कै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाऔं, सम्भव नभए कांग्रेसको क्लम जायज हो ।’

लडाकूहरुको विदाई प्रक्रिया शुक्रबारबाट सुरु


स्वेच्छिक अवकाश रोजेका माओवादी लडाकूहरुको विदाई प्रक्रिया शुक्रबारबाट सुरु भएको छ । सेना समायोजन विशेष समिति अन्तरगतको सचिवालयले शुक्रबार चितवनको शक्तिखोरस्थित तेस्रो र नवलपरासीको झ्यालटुङ्गडाँडास्थित चौथो डिभिजनमा विदाई प्रक्रिया सुरु गरेको छ भने बाँकी पाँच बटा डिभिजनमा भोलीबाट सुरु हुनेछ ।