Tuesday, September 18, 2012

पहिलो चरणको लडाकु समायोजन कार्य सम्पन्न,एक हजार ५४४ लडाकु समायोजनको परीक्षामा


माओवादीको लडाकुको नेपाली सेनामा समायोजन कार्यको पहिलो चरणको सम्पन्न भएको छ । गत भदौ २१ गतेदेखि प्रारम्भ भएको माओवादी सेना समायोजनको पहिलो चरणको कार्य मंगलबार सम्पन्न भएको हो । उक्त अवधिमा सेना समायोजन विशेष समितिको सचिवालयबाट परिचालित भएका सरकारी अधिकारीहरूले एक हजार ५४४ लडाकुको परीक्षा लिनका साथै सरकारले ‘प्याकेज’मा उपलब्ध गराएको रकमको ‘चेक’ र बाटो खर्च बापतको रकम बुझेका छन् ।
 इलाम, सिन्धुली, चितवन, नवलपरासी, रोल्पा र सुर्खेतका सात मुख्य तथा मुलुकका अन्य भागमा अवस्थित आठवटा सहायक शिविरमा पुगेर समायोजन रोजेका तीन हजार १२३ जना माओवादी लडाकु मध्ये एक हजार ५११ जना स्वेच्छिक अवकासमा जाने भएका छन् ।

भूमिसुधारमन्त्री चन्द्रदेव जोशीले राजिनामा दिए,सरकारलाई धक्का


भूमिसुधारमन्त्री चन्द्रदेव जोशीले माओवादी-मधेसवादी गठबन्धन सरकार राष्ट्रिय सहमतिका लागि बाधक बनेको उल्लेख गर्दै मंगलबार पदबाट राजिनामा दिएका छन् । उनले अपराह्न प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटी राजिनामा बुझाएका थिए ।
जोशीले राजिनामा पत्रमा माओवादी-मधेसवादी गठबन्धन र प्रधानमन्त्री भट्टराईले संवैधानिक तथा राजनीतिक संकट समाधानका लागि ठोस पहल नगरेको र बरु सत्ता लम्याइरहने प्रयास गरिरहेकाले वर्तमान सरकारमा बसिरहन नैतिक आधारमा समेत नमिल्ने उल्लेख गरेका छन् । जोशीले प्रधानमन्त्री भट्टराई, माओवादी र मधेसीवादी दल संकटको निकास खोज्नभन्दा सत्ता लम्ब्याउनमात्र लागेकाले आफ्नो त्यसमा गम्भीर असहमति रहेकाले राष्ट्रिय सहमति खोज्ने वातावरण बनाउनका लागि दबाब सिर्जना गर्न आफूले राजिनामा दिएको बताए ।
पार्टीका तर्फबाट म सत्तामा जाँदा सहमतिको सरकार थियो, कांग्रेस र एमालेसमेत सरकारमा थिए । हामी संवैधानिक तथा राजनीतिक संकटको निकास खोज्न सत्तामा गएको हौ जोशीले राजिनामा पछि भने-तर, संविधानसभाको विघटनसँगै कांग्रेस र एमाले सत्ताबाट बाहिरिएपछि सहमतिको सरकार रहेन । माओवादी र मधेसी गठबन्धनको मात्र सरकार हुन पुग्यो । संकटको निकास खोज्नका लागि राष्ट्रिय सहमति कायम गर्न प्रधानमन्त्री भट्टराईलाई पटकपटक आग्रह गरें । कुनै सुनुवाइ भएन । प्रधानमन्त्री र माओवादी तथा मधेसी सत्ता लम्ब्याउनमात्र लागेकाले मेरो त्यसमा गम्भीर असहमति रहेकाले पार्टी निर्णयअनुसार मैले राष्ट्रिय सहमति खोज्ने वातावरण बनाउनका लागि दबाब सिर्जना गर्न राजिनामा दिएको हुँ ।

केट दम्पतिलाई अर्धनग्न महिलाको स्वागत


केट यतिवेला के गरौं  के गरौं भन्ने तनावमा छिन । घुमफिरको लागि आफना पतिसंग फ्रान्स गएको वेलाको गोप्य तस्विर सार्वजनिक भएपछि उनी तनावमा परेकि हुन । उनलाई आजकाल यो प्रश्नले जताततै घेर्न थालेको छ । तर उनी यसका वावजुद आफनो भ्रमणलाई भने रोकिरहेकी छैनन ।
अचम्म त के भयो भने आफनो पतिसंग घुमघामको सिलसिलामा जादा उनलाई नै अर्धनग्न नारीहरुले स्वागत गरे । एक छिन त उनलाई ब्यग्य गरेजस्तो पनि लाग्यो होला तर वास्तवमा त्यस्तो किन हुन्थ्यो र ? सोलोमोन टापुका आदिवासीको यो नया शैली थियो स्वागतको । विचरा केट यो देखेर पहिला त अचम्ममा परेको तस्विरमा पनि देख्न सकिन्छ ।



Sunday, September 16, 2012

सहमतिको सरकार गठन गर्नुस र चुनाव गराउनुस् -राष्ट्रपति


राष्ट्रपति डा. रामवरण यादवले सहमतीय सरकार गठन गरेर संविधानसभाको चुनावमा जान प्रमुख दलहरुलाई आग्रह गर्नु भएको छ ।
यसअघि ‘तत्काल सहमति गर्न’ आग्रह गरेपनि के बिषयमा सहमति गर्ने भन्ने बिषयमा मौन बसेका राष्ट्रपतिले एक कदम अघि बढ्दै सहमतीय सरकार गठन गरी चुनावमा जान सुझाउनु भएको हो । ‘अब राष्ट्रपति एक कदम अघि बढ्नु भएको छ’ प्रेस सल्लाहकार राजेन्द्र दाहालले भन्नुभयो-सहमतिको सरकार गठन गर्नुस र चुनाव गराउनुस् भनेर उहाँले दलहरुलाई प्रष्टसँग भन्नु भएको छ ।’
पटक(पटक आग्रह गर्दा पनि दलहरुले निकास नुझाएपछि राष्ट्रपति आफैँ अग्रसर भएर संविधानसभाको चुनाव गर्नु सुझाएको उहाँको भनाई छ । ‘सरकारले संविधानसभाको चुनाव गर्ने निर्णय गरिसकेको छ । चुनाव गर्न आम सहमति चाहिन्छ’ दाहालले भन्नुभयो(’सहमतीय सरकार गठन गरेर संविधानसभाको चुनाव गर्नुपर्छ र संविधानसभाबाटै संविधान दिनुपर्छ भन्ने राष्ट्रपतिको आग्रह हो ।’
राष्ट्रपतिले दलहरुबीच सहमति गरेर आए सरकार गठन र चुनावका लागि बाधा अड्काउ फुकाउन आफू तयार रहेको समेत बताउनु भएको छ । ‘पहिले मेरो बाधा फुकाउनुस्’ राष्ट्रपतिको भनाई उदृत गर्दै मधेसी मोर्चाका नेता विजयकुमार गच्छदारले भन्नुभयो(’दलहरुबीच सहमति भएपछि संविधानअनुसार बाधा अड्काउ फुकाउने र आवश्यक अध्यादेशहरु जारी गर्छु ।’