Saturday, November 14, 2009

सबै समस्यालाई सदनबाटै समाधान गर्नुपर्ने -राष्ट्रपति

राष्ट्रपति डा. रामवरण यादवले सबै समस्यालाई सदनबाटै समाधान गर्नुपर्ने बताएका छन्। सप्तरीको छिन्नमस्ता भगवतीको दर्शन गर्न शनिबार बिहान सखडा पुगेका राष्ट्रपति यादवले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने बताए।
लोकतन्त्रको स्थायित्व, स्थायी शान्तिको कामना र मुलुकका सबै समस्या समाधान होस् भनी आफूले छिन्नमस्ता भगवतीसँग कामना गरेको उनले बताए।
लोकतान्त्रिक पृष्ठभूमिबाट आफू आएकोले लोकतन्त्रको हरण नहोस् भनी आफू सचेत रहेको बताउँदै उहाँले ६० वर्षको लोकतन्त्रको आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने बेलामा मुलुक एक ढिक्का हुनुपर्ने आवश्यकतामाथि जोड दिए।
यसैगरी स्थानीय राजनीतिक दल, व्यापारी, अधिकारकर्मी तथा बुद्धिजीवीहरूसँग समेत उहाँले छलफल गरे। सो क्रममा उनले समयमै संविधान निर्माण हुनुपर्ने आवश्यकतामा जोड दिए।सो अवसरमा राष्ट्रपति यादवलाई मन्दिर क्षेत्रको विकास, सडक निर्माण तथा राजविराज विमानस्थल सञ्चालनका लागि आग्रह गरिएको थियो। राष्ट्रपति यादवले अर्थ सचिव रामेश्वर खनाललाई मन्दिरको विकास तथा सडक निर्माणका लागि आवश्यक कार्य गर्न निर्देशन दिए।
अत्यन्त कडा सुरक्षाबीच राष्ट्रपति यादवले मन्दिर परिसरबाहिर रहेका जनताबीच गएर अभिवादन स्वीकार गरेका थिए। राजविराज नगरपालिकादेखि १० किलोमिटर दक्षिण छिन्नमस्ता गाविसमा अवस्थित छिन्नमस्ता भगवतीको मन्दिर मुलुककै प्रसिद्ध शक्तिपीठहरूमध्येको एक हो।
करिब १२५ वर्षअघि छिन्नमस्ता भगवती मन्दिर भत्किन लाग्दा त्यहाँका बासिन्दा च्याखुरी नानी र चुन्नीलाल ठाकुरले सफा गराई एउटा सानो मन्दिर निर्माण गरेका थिए।
उक्त मन्दिर वि.सं. १९९० को महाभूकम्पमा भत्किएकाले त्यसबेलाका पुजारी अनिरुद्ध ठाकुरले चन्दा सङ्कलन गरी ग्रामीण समाजको सहयोगमा टिनको छाना भएको मन्दिर निर्माण गरेका थिए।त्यसपछि वि.सं.२०२८ मा भारतका तत्कालीन रेलमन्त्री ललितनारायण मिश्रले टिनको छाना भएको मन्दिरको स्थानमा विशाल बरण्डा भएको पक्की मन्दिर बनाउन लगाएका थिए।
वि.सं.२०४४ मा तत्कालीन राजा वीरेन्द्रको पूर्वाञ्चल क्षेत्रको भ्रमणका बेलामा छिन्नमस्ता भगवती मन्दिरको जीर्णोेद्धारका लागि पाँच लाख रूपैयाँ प्राप्त भएपछि त्यसबाट पेगोडा शैलीको भव्य मन्दिर निर्माण भएको मन्दिरका महन्थ महाकान्त ठाकुर जानकारी दिए।

कोईराला िसंगापुरमा



नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला शनिवार थप उपचारको लागि िसंगापुर जानु भएको छ । केहि दिन देखि महाराजगाजस्थित गंगालाल हृदयरोग केन्द्रमा उपचार गराइरहनुभएका कोइराला थप उपचारको लागि सिगापुर जाुनभएको हो । उहालाइ सिगापुरमा हवाइ एम्वुलेन्समा राखेर लगिएको हो । सामान्य विमान जादा समस्या हुने देखिएपछि हवाइ एम्वुलेन्समा लगिएको हो । उहाको साथमा केहि सहयोगीका अतिरिक्त डाक्टरहरु शेखर कोइराला,मनवहादुर के.सी.पनि गएका छन ।

रमाईलो आन्दोलन

नागरिक सर्वोच्चता कायम गराउन माग गर्दै सरकार र उसका समर्थक दलहरुलाई प्रेसर दिन सडक आन्दोलन थालेको माओवादीले विहिवार र शुक्रवार मुलुककै मुख्य प्रशासनिक केन्द्र सिहदरवार घेराउ गरयो । बडो रमाइलो संग नाचगानको साथमा पुलाउ तरकारी खादै गरिएको आन्दोलन भयो । माओवादीले यो आन्दोलनलाइ ऐतिहासिक सफलताको उपमा दिएको छ । तर सरकारले भने यसको सामान्य परवाह समेत गरेन । वरु यो आन्दोलन प्रेसल हैन मज्जा गरेको उनीहरुको टिप्पणी थियो । बाजागाजाको साथमा आन्दोलन हैन विवाहको रत्यौली जस्तो पो भयो एक नेताको टिप्पणी थियो । हुनत विहिवारको आन्दोलन नतातेको होइन आनि कार्यकर्ता उपस्थित नभएका पनि होइनन तर भद्रकालीमा जब प्रचण्ड नायिका रेखा थापा संग नाचे तब मानिसले भन्न थाले लालुपाते नुहयो भुइतिर । किनभने प्रचण्ड यहि गीतमा नायिकाको चाहनाअुनसार नाचेका थिए । शुक्रवार पनि आन्दोलन भयो तर दुई बजे पछि यो आन्दोलनवाट र् यालीमा परिणत भएर सभागृह र रत्नपार्कको विच वाटोमा कोण सभा गरेर सकियो । अव माओवादीले मंसिर पाँच गते सम्मको अल्टिमेटम दिएका छनसहमतिको लागि । हुनत सरकारलाई पनि पिर नपरेको होइन बजेट पास गर्न नसकेर । माओवादीले चार महिना देखि सदन पनि चल्न दिएका छैनन ।