Thursday, August 13, 2009

झाडा पखाला संगै गलत अफवाह पनि

प्रकाश गिरी
डाक्टरहरुले झाडा पखालावाट प्रभावित दैलेखवासीलाई यो रोग श्वास प्रश्वासवाट वा कसैको नजिक बस्दैमा सर्दैन भनेर हजारौं पटक भनिसकेका छन । उनीहरु पनि डाक्टरको छेउमा निकै कुरा वुझेझैं गर्छन र जान्छन । तर डाक्टरहरुवाट अलिकति ओझेल पर्ने वित्तिकै झाडा पखाला त सर्छ भन्न थालिहाल्छन । कस्तो अचम्म हेर्नुस नजहाँ झाडा पखालाले सिगै जिल्ला प्रभावित छ त्यहाँयो रोग सर्छ भनेर कसैले पनि विरामीको रेखदेख समेत राम्रो संग गर्दैन । अनि परेन फसाद भयो के भनेगत साउन १४गते दैलेखको भैरेकालिकाथुम वस्ने अवि जैसी विरामी वृद्ध आमालाई वोकेर शिविरमा आएउपचारको लागि । उपचार हुदै थियो । उनी चाहि आमाको कुरुवा वसे । तर कस्तो दुर्भाग्य यहि अस्पताल वसाइको क्रममा उनलाइ पनि झाडा पखाला लाग्यो र १८गते मृत्यु भयो । अझ दुखद कुरा के भने विरामी आमाले पनि भोलि पल्ट मृत्युवरण गरिन । जैसी परिवार शोकमा डुब्यो तर स्थानीयवासिन्दालाई भने शंका ल्ााग्यो कि यो विरामीसंगसंगै वस्दा सर्ने रोग पो रहेछ भनेर । यति मात्र कहा हो र १४ गते नै यसै ठाउमा वस्ने डिल्लि प्रसाद उपाध्यायको पनि झाडापखालाकै कारण मृत्यु भयो । संगसंगै भर्ना भएकी थिइन उनकी श्रीमती कौशिला उपाध्याय पनि । उनी चाहि १७ गते परलोक भइन । विचरा सोझा जनताले अनि के गरुन यो सरुवा रोग हो नभनेर । लाख कोशिश गरे डाक्टरहरुले यो रोग विरामीे संगै वस्दा सर्दैन भनेर सम्झाउन । तर अव पत्याउने कसले उनीहरुको अहिले पनि आधा काम यो रोग यसरी सर्दैन भनेर वताउने नै हो ।झाडा पखालाकै कारण यो गाविसमा मात्र ८ जनाको मृत्यु भयो । त्यसपछि सरकारी अनि गैरसरकारी तवरवाट उपचार अनि स्वास्थ्य परामर्श दिन थालियो । तव मात्र जनताले अलि अलि पत्याउन थाले । तर अहिले पनि उनीहरु आफु आफु कुरा गर्दा वा कोही नया मानिस आउनासाथ यो कुरा भन्न भने छुटाउँदैनन । झाडा पखालाको वारेमा वुझन सरकारी कामको अुनगमन गर्न गत आइतवार स्वास्थ्य मन्त्री उमाकान्त चौधरी यो गाविसमा पुग्दा पनि स्थानीयबासीमा यो शंका कायमै थियो । स्वास्थ्य चौकिमा आएका अधिकांश मानिस मुख छोपेर वसेका देखिन्थे । खुला चौरमा मन्त्रीले यो रोग श्वास प्रश्वास वा नजिक वस्दैमा सर्दैन भन्दा त बढी उनीहरुले खासखुस गरे । केहिले मन्त्रीको यस्ता कुरामा ताली बजाए तर अधिकांशको मन भने अझै गहु्रगो नै भइरहेको थियो । किनभने उनीहरु त यो रोगका विरामीहरुको स्याहार सुसार त कता हो कता तिनीहरुसंग वोल्न समेत छोडन थालिसकेका थिए । अनि आश्चर्यमा नपरेर के गरुन त उनीहरुको चालामाला देख्दा सदरमुकामतिरका स्वास्थ्य कार्यालयमा टासिएको झाडा पखालाको लक्षण र यसलाई नियन्त्रण गर्ने उपायको वारेमा लेखिएको पर्चा औचित्य हिन लाग्दथ्यो । निराक्षर सर्वसाधारणले त्यो नवुझ्नु सामान्य नै भयो ।उनीहरु मृत्यको भयवाट कतिसम्म त्रसित थिए भने झाडा पखाला लागेको विरामीलाइ जीवनजल ख्वाउने तरिका स्वास्थ्यकर्मीले बताए लगत्तै उनीहरु प्याकेट खोलेर मुखमा हालेर निलिदिन्थे ।
मन्त्री गएकै दिन भैरेकालिकाथुममा तीनजना राउटे पनि आएका थिए । उनीहरु सामान्य विरामी भएका रहेछन। विरामी छ डाक्टर छ औषधि छ र पनि समस्या आइलाग्यो ।विरामी औषधि खानै मान्दैनन । मन्त्री चौधरीले आग्रह गरेपछि मात्र उनले औषधि खान्छु भने ।

२२दल एक ठाउँ

प्रकाश गिरी
सत्तारुढ २२दलको विहिवार साउन २९गते प्रधानमन्त्री निवास वालुवाटारमा वसेको वैठकले उपराष्ट्रपति परमानन्द झालाइ नेपाली भाषामा पुन सपथ लिन आग्रह गरेको छ । अन्तरिम संविधानमा मातृभाषामा सपथ लिने ब्यवस्था नभएकॊले यसपटक नेपालीमा नै सपथ लिन यी दलहरुले आग्र गरेका हुन । गत वर्ष उपराष्ट्रपति भएपछि झाले नेपालीमा सपथ लिनु असंवैधानिक भन्दै सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइ गर्दै अदालतले उहालाइ पुन नेपाली सपथ लिन निर्देशन दिएको थियो । तर उपराष्ट्रपति झाले भने मानिरहनुभएको छैन । त्यस्तै २२दलको वैठकले भदौ १ हुने संवैधानिक समितिको सभापतिको उम्मेदवार साझा वनाउने कसरत पनि गरेका छन । तर वैठकमा साना दलले भने माले नेता सि पी मैनालीलाइ पनि उम्मेदवार उठाउने वताएर साझा उम्मेदवार तय गर्न वाट रोकेका छन । सभापतिको लागि कांग्रेसले नीलाम्वर आचार्य तथा माओवादीले डा।वावुराम भट्टराइलाइ उठाउने निर्णय गरेको छ । यो वैठकमा माओवादी भने सहभागी थिएन । वहुमत सदस्य कांग्रेस उम्मेदवारको पक्षमा रहेकोले छिटै नाटकिय परिवर्तन भएन भने संवैधानिक समितिको अध्यक्षमा निलाम्वर आचार्य निर्वाचित हुने लगभग निश्चित छ ।