Friday, September 14, 2012

युवराज्ञीको टपलेस तस्विर, तस्वीर हेर्ने भने-सामान्य रहेछ छाती



बेलायती युवराज्ञी केट मिटलटनको विना कपडा रोमान्स गर्दै गरेको तस्वीर फ्रान्सेली पत्रिकाले सार्वजनिक गरेको छ । राजपरिवारको यो दुर्दशाले विश्वभर सनसनी मच्चिएको छ भने शाहि परिवारमा खलवलि भएको छ । फ्रान्समा विदा मनाउन जादा युवराज्ञी आफना पति युवराज विलियमसंग पुलमा नग्न अवस्थामा रोमान्स गर्दै गरेको टपलेस तस्विर सार्वजनिक भएको हाृे । 

Thursday, September 13, 2012

महिना दिनको विवाद पछि प्रहरी प्रमुखमा कुवेरसिंह राना नियुक्त


नेपाल प्रहरीको प्रमुखमा कुवेरसिंह राना नियुक्त हुनु भएको छ । सिहदरवारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठताका आधारमा प्रहरी अतिरिक्त महानिरीक्षक रानालाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।
प्रहरीको २३ औं महानिरिक्षक बन्नुभएका रानाको कार्यकाल १३ महिनाको हुनेछ । प्रहरी महानिरीक्षकको दौडमा अतिरिक्त महानिरीक्षकद्वय भिष्म प्रसाई र नवराज ढकाल पनि हुनुहुन्थ्यो । प्रधानमन्त्री डा.बाबुराम भट्टराईले बरिष्ठताका आधारमा रानालाई नै प्रहरी प्रमुख बनाउने अडान लिनुभएको थियो भने गृहमन्त्री विजयकुमार गच्छदारले प्रसाई वा ढकालमध्ये एकलाई बनाउनुपर्ने अडान लिनुभएको थियो । दुवैको अडानका कारण नयाँ आईजीपीको टुंगा लाग्न नसक्दा एक महिनाअघि नै बिदा बस्नुपर्ने महानिरिक्षक रवीन्द्रप्रताप शाह अन्तिम दिनसम्मै कार्यलय आउनुपरेको थियो ।

Wednesday, September 12, 2012

गणतन्त्रवादी नेता सिंहको अन्त्येष्टि, १३ तोपको सलामी


७७ वर्षको उमेरमा आज बिहान निधन भएका गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको अन्त्येष्टिका क्रममा १३ तोपको सलामी दिइएको छ। पशुपति आर्यघाटमा अन्तिम संस्कार हुँदै गर्दा टुँडिखेलमा १३ पटक तोप पड्काएर सलामी दिइएको थियो।    
आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले १३ तोपको सलामीका साथै उनलाई गणतान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व भएको भन्दै राष्ट्र गौरवबाट विभूषित गर्ने निर्णय गरेको हो।
विगत १० दिनदेखि अस्वस्थ सिंहको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको हो। मल्टिपल अर्गान फेलिएर भएर उनको मृत्यु भएको अस्पतालका चिकित्सक डा. केपी सिंहले बताए।
स्वास्थ्यमा समस्या देखिएपछि ७७ वर्षे सिंहलाई १० दिनअघि महारागन्जस्थित त्रिवि शिक्षिण अस्पताल भर्ना गरिएको थियो। मुटु, मिर्गौला, फोक्सोसहित महत्वपूर्ण अंगमा समस्या देखिएको थियो।

लिबियाका लागि अमेरिकी राजदूत क्रिस्टोफरको मृत्यु,कुटनीतिक नियोगमा सुरक्षा बढाउन राष्ट्रपति ओबामाको निर्देशन


छापामारहरुको रकेट आक्रमणमा लिबियाका लागि अमेरिकी राजदूत क्रिस्टोफर स्टेभन्स र अरु तीन अमेरिकी नागरिकको मृत्यु भएको छ। ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति बाराक ओबामाले विश्वभरका अमेरिकी कुटनीतिक नियोगमा सुरक्षा बढाउन निर्देशन दिएको उल्लेख छ।  
लिबियाको पूर्वी सहर मेन्जाघीस्थित अमेरिकी कन्सुलेटको कार्यालयमा आक्रमण भएपछि  भाग्दै गरेका राजदूत स्टेभन्स चढेको गाडीमा विस्फोटक पदार्थ राखिएको रकेट बज्रिएपछि उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
सीएनएनका अनुसार अमेरिकी रक्षा मन्त्रालयले त्यहाँको सुरक्षाका लागि दुई मरिन प्रति आतंकवाद सुरक्षा समूहलाई पठाएको छ।

Monday, September 10, 2012

कालिकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा २८ जनाको घटनास्थलमै मृत्यु


कालिकोटको पाखा १ सेरावाडास्थित विर्तामोडमा कर्णाली यातायातको एक यात्रुबाहक बस दुर्घटना हुँदा २८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११  जना सक्त घाइते भएका छन् ।
कालिकोटको सदरमुकाम मान्मबाट जुम्लाका लागि सोमबार बेलुकी ८ बजे छुटेको ना ४ ख ६८७७ नम्बरको यात्रुबाहक बस कर्णाली राजमार्गको विर्तामोडमा राति ११ बजे ब्याक गरी मोड्ने क्रममा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । बस सडकबाट ५ सय मिटर तल तिला नदीको तिरमा खसेको छ । बस दुर्घटनाको खबर पुगेपछि मान्मबाट राति दुई बजे उद्दारका लागि प्रहरी निरीक्षक बरुणवहादुर सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ ।

क्रिकेटमा नेपालको ऐतिहासिक सफलता


नेपालले सोमबार क्रिकेटमा ऐतिहासिक सफलता चुमेको छ । विश्व क्रिकेट लिग डिभिजन –४ को फाइनलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बन्न सफल भयो । कप्तान पारस खड्काले अफ साइडमा चौका प्रहार गर्दै नेपालको जित सुनिश्चित गरे ।
यो नेपाली क्रिकेटको अहिले सम्मकै ठूलो सफलता हो । नेपालले अन्तर्राष्टिय क्रिकेट खेलेको १६ वर्ष भएको छ । यस अघि नेपालले सबैभन्दा ठूला उपाधिका रुपमा दुई वर्ष अघि काठमाडौंमा डिभिजन ५ को उपाधि जितेको थियो । त्यस बेला पनि नेपालले अमेरिकालाई नै ५ विकेटले हराएको थियो ।

नेकपा(माओवादीले ७० बुँदे माग सरकारलाई बुझायो


नेकपा(माओवादीले राष्ट्रियता, जततन्त्र र जनजीविकासम्वन्धी ७० बुँदे माग सरकारलाई बुझाएको छ 
रत्नपार्क शान्तिबाटिकाबाट विरोध र्यालीसहित सिहदरवार पुगेर माओवादी उपाध्यक्ष सीपी गजुरेलसहितका नेताहरूले प्रधानमन्त्री डा। बाबुराम भट्टरार्इलार्इ मागपत्र बुझाएका हुन् । दिनको १ बजे माग पत्र बुझाएको नेकपा(माओवादी का उपाध्यक्ष सीपी गजुरेलले बताए । माग पत्र बुझ्दै भट्टरार्इले जनजीविकासम्वन्धी मागहरू पूरा गर्न सरकार सक्रिय रहेको बताउनु भयो । उहाँले केही माग क्रान्ति पुरा भएपछि मात्र हुने भन्दै अहिले प्राप्त भएका उपलब्धिहरू रक्षा गर्दै अघि बढ्नु पर्ने बताउनु भयो । उहाँले विमानस्थल स्तरोन्नतिको काम भारतलार्इ तथा विप्पाबारे नेकपा(माओवादीले प्रष्ट नबुझेरै विरोध गरेको भन्दै असन्तुष्टि जनाउनु भयो ।

प्रचण्डको स्वागत गर्न चितवनका बिद्यालय वन्द


 कुनै बेला थियो( जतिखेर तत्कालीन राजा महाराजाहरु जिल्ला भ्रमणमा जाँदा बिद्यालय वन्द गरेर बिद्यार्थीहरु स्वागतका लागि चर्को घाममा लामबद्ध हुन्थे ।
अहिले राजा छैनन, तर चितवनका बिद्यार्थीलाई उस्तै सास्ती छ । माओवादी अध्यक्ष प्रचण्ड आज चितवन आउने भएपछि माओवादी निकट शिक्षक संगठनले यहाँका बिद्यालय जर्वजस्ती बन्द गराएको छ । अखिल नेपाल शिक्षक संगठनको जिल्ला अधिवेशनलाई सम्बोधन गर्न प्रचण्ड आज चितवन आउँदैछन् ।
प्रचण्डको अगमनलाई बिशेष बनाउन शिक्षक संगठनले आज चितवन जिल्लाका सवै बिद्यालय बन्द गराउन माग गर्‍यो । सुरुमा नाईं(नाईं भने पनि अन्ततः कांग्रेस र एमालेले पनि प्रचण्डको सवारीलाई बिशेष बनाउन सहमति दिए ।

संसदीय सुनुवाइको व्यवस्था हटाउन राष्ट्रपतिसमक्ष सिफारिश


सरकारले संवैधानिक निकायका पदाधिकारी र सर्वोच्च अदालतका न्यायाधीशहरुको नियुक्तिका लागि संसदीय सुनुवाइ हुनुपर्ने व्यवस्थालाई संविधानको बाधा अड्काउसम्बन्धी धारा प्रयोग गरी हटाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने भएको छ ।
मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले नेपालको अन्तरिम संविधान २०६३ को धारा १५८ बमोजिम बाधा अड्काउसम्बन्धी अधिकार प्रयोग गरी संसदीय सुनुवाइको व्यवस्था हटाउन सिफारिश गर्ने निर्णय गरेको हो । बैठकपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले संवैधानिक निकाय अदालतहरुमा रिक्त पदाधिकारीहरुको नियुक्ति गर्न संसद् नभएको अहिलेको अवस्थामा सुनुवाइको प्रावधान हटाई सहज बाटो खुल्ला गराउन सरकारले चाहेको बताउनुभयो ।