Tuesday, January 04, 2011

सर्वसत्तावादको तयारी

काठमाण्डौं,फागुन ६ गते ।नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एमाले र माओवादीबीच भएको ७ बुँदे सहमति मुलकका लागि घातक भएको बताउनुभएको छ । नेपालगाज जानेक्रममा आज दाङ क्षेत्र नम्बर २ को पाखापानीमा भएको कार्यक्रममा सभापति कोइरालाले सात बँुदे सहमति दुई व्यक्तीबीच वन्द कोठामा भएको भन्दै यसलाई कांग्रेसले स्विकार गर्न नसक्ने स्पष्ट पार्नुभयो । उहाले सर्वसत्तावाद लादने उदेश्यले सातहमति भएको टिप्पणी गर्नुभयो । उहाँले कांग्रेस प्रजातन्त्रबादी पार्टी भएकोले बहुलबादको सिद्धान्तमा अडिग रहेको बताउनुभयो । प्रजातन्त्रको रक्षुका लागि कांग्रेसका नेता तथा कार्यक्रर्तालाई एक जुट भई अगाडि बढ्न पनि उहाँले आग्रह गर्नुभयो । उहाले संविधानका अधिकांश मुद्धामा सहमति भइसकेकोले समयमा संविधान निर्माण हुने विश्वास ब्यक्त गर्नुभयो ।

८३ बुदामा सहमति हुन बाकी

संविधानसभामा प्रतिनिधित्व गर्ने २८ दलबीच उच्चस्तरीय कार्यदलमा सहमति जुट्न नसकेका संविधान निर्माणसम्बन्धी ८३ बुदामा आजबाट छलफल सुरु भएको छ । िसंहदरवारमा आज बसेको २८ दलको बैठकले यसअघि उच्चस्तरीय कार्यदलमा सहमति भएका एक सय २७ बुँदालाई अनुमोदन गरेको छ । कार्यदलमा सहमति भएका एक सय २७ बुँदामध्ये न्यायपालिकाको विषयलाई भने असहमतिको बुँदासहित संवैधानिक समितिमा पठाउने निर्णय भएको छ । आजबाट छलफल सुरु भएको विवादित ८३ बुँदामध्ये आज संविधानको प्रस्तावनाको पहिलो बँुदामै दलहरुबीच विवाद उत्पन्न भएको छ । प्रस्तावनाको पहिलो बँुदामा रहेको नयाँ संविधानको नामका विषयमै दलहरुबीच विवाद देखिएको छ । प्रस्तावनामा यसअघि विषयगत समितिबाट पनि केही फरक प्रस्ताव आएका थिए । दलहरुले संविधानको नामका लागि समाजवाद उन्मुख गणतन्त्र नेपालको संविधान गणतन्त्र नेपालको संविधान जनताको संघीय गणतन्त्र नेपालको संविधानलगायत प्रस्ताव गरेका छन् । आजबाट सुरु भएको असमतिका ८३ बुँदामा राज्यको शाककीय स्वरुप बहुलवाद न्यायपालिकालगायत छन् ।