Thursday, November 29, 2012

मनिषा कोइरालालाई क्यान्सर ?


नायिका मनिषा कोइरालालाई क्यान्सर भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । टाइम्स अफ इन्डियाको अनलाइन संस्करणका अनुसार मुम्बइको ‘जस्लोक’ अस्पतालमा उपचारका लागि भर्ना भएकी मनिषालाई क्यान्सर भएको हो । अकस्मात बिरामी भई काठमाण्डौको नर्भिक अस्पतालमा भर्ना भएकी मनिषलाई दुई दिन अघि उपचारका लागि मुम्बई लगिएको थियो ।
‘जस्लोक’ अस्पतालमा उपचार गराइरहेकी मनिषाका साथमा उनकी आमा सुष्मा छिन् । मनिषाका भाई सिद्धार्थ र पिता प्रकाश गएराती मुम्बई पुगेका छन् । एउटा सामाजिक संजालले आयोजना गरेको कार्यक्रममा बिषाक्त खानेकुरा खाएपछि मनिषा बेहोस भएकी थिइन् । मुम्बईको ‘जस्लोक’ अस्पतालमा मनिषाले केही समय उपचार गर्नुपर्ने छ । शरीरको कुन अंगमा क्यान्सर भएको भन्ने खुलाइएको छैन । काठमाडौंको नर्भिक अस्पतालमा मनिषाले आफूलाई पेट दुखेको बताएकी थिइन् ।

सरकार निर्माणका लागि फेरि सात दिनको समय थप


प्रमुख चार दलका शीर्ष नेताहरुको आग्रहमा राष्ट्रपति रामवरण यादवले सहमतीय सरकार निर्माणका लागि फेरि सात दिनको समय थपेका छन् । यसअघि,राष्ट्रपतिले सहमतीय सरकार निर्माणका लागि दिएको समय बिहीबार ४ बजे सकिएको थियो । बिहीबार साँझ शितल निवासमा भएको छलफलमा नेताहरुले फेरि समय थप्नुको विकल्प नरहेको भन्दै त्यसका लागि आग्रह गरेका थिए । सहमतीय सरकार निर्माणका लागि दिएको सात दिनको समय सीमा सकिएपछि छलफल गर्न राष्ट्रपति यादवल प्रमुख दलका नेताहरु शितल निवासमा डाकेका थिए ।  ६ बजे शितल निवास पुगेका मधेसी मोर्चा सहित प्रमुख तीन दलका शीर्ष नेताहरु सवा ८ पछि बाहिरिए ।

Tuesday, November 27, 2012

माओवादीले सहमतीय सरकारको नेतृत्वमा कांग्रेस(एमालेलाई स्वीकार नगर्ने


एकीकृत नेकपा माओवादीले सहमतीय सरकारको नेतृत्वमा कांग्रेस(एमालेलाई स्वीकार नगर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा मंगलबार बसेको पदाधिकारी र ब्यूरो इन्चार्जहरुको बैठकले सहमतीय सरकारको नेतृत्व कांग्रेस(एमालेलाई दिन नसक्ने ठहर गरेको हो । सुदूरपश्चिम ब्यूरो प्रमुख शक्ति बस्नेतले  भन्नुभयो(’कांग्रेस(एमालेले हाम्रो नेतृत्व स्वीकार नगर्ने भनेपछि हामीले उहाँहरुको नेतृत्व मान्ने कुरै आउँदैन ।’
जोड बाबुराममै
एमाओबादीले पार्टी उपाध्यक्ष समेत रहेका वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईकै नेतृत्वमा सहमतीय सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ । ‘बाबुरामजी कै नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्ने हाम्रो औपचारिक प्रस्ताव छ’ बस्नेतले भन्नुभयो(’त्यसका लागि दलहरुसँग छलफल गर्ने निर्णय भएको छ ।’

प्रधानमन्त्रीलाई प्राधिकरणको झापड


प्रकाश गिरी
प्रधानमन्त्री डा.बाबुराम भट्टराईको निर्देशनलाई लोप्पा खुवाउदै नेपाल विद्युत प्राधिकरण विद्युत आपुर्तिमा भारीमा मात्रामा कटौती गर्न थालेको छ । मध्य बर्षामा पनि पुर्ण रुपमा विद्युत नदिएर ग्राहकलाई हैरान पारेको प्राधिकरणले हप्ताको ४६घण्टाबाट बढाएर अब हप्तामा ५६घण्टा विद्युत कटौती गर्ने नया तालिका सार्वजनिक गरेको छ । बुधवारबाट लागु हुने नया तालिका अनुुसार अब दिनमा सात देखि आठ घण्टा सम्म विद्युत कटौती हुनेछ । सुख्खा याम भर्खर सुरु भएको छ तर विद्युत कटौतीको अवस्था भने कहालि लाग्दो वन्न थालि सकेको छ । प्रँधिकरणको सुचनालाई विश्वास गर्ने हो भने यस बर्ष हिउदमा करिव १९घण्टा सम्म विद्युत कटौती गरिने छ । मध्य बर्षामा पनि तिन घण्टा विद्युत कटौती गरेपनि जनतालाई सुशासन दिन्छु भनेर चर्का नारा दिएर सरकारमा पुगेको वावुराम सरकार निकै आलोचित भएको थियो । यसपछि प्रधानमन्त्रीले विद्युत उत्पादन,आपुर्ति र वितरणको जिम्मेवारी पाएको नेपाल विद्युत प्राधिकरणका पदाधिकारीलाई बोलाएर हिउदमा दस घण्टा भन्दा बढी विद्युत कटौती गर्न नपाइने उर्दी सुनाएका थिए । यसको केहि दिन सम्म प्राधिकरणका कर्मचारीहरु विद्युत आपुर्ति सुब्यवस्थित गर्न भन्दै निकै दौडधुपमा लागेका थिए तर जब हिउद सुरु हुन थाल्यो तब भारी मात्रामा विद्युत कटौती गरेर प्राधिकरणले आफनो अप्राधिकरण अनुहार देखाइसकेको छ । प्रधानमन्त्रीको वोली र प्रँधिकरणको ब्यवहार देख्दा अब जनता पनि आजित भइसकेका छन ।

Monday, November 26, 2012

नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४

नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ पुगेको छ । गत दश वर्षको तुलनामा यस पटक १ दशमल ३५ प्रतिशतले बढेको हो । यसअघि २०५८ सालको जनसंख्या अनुसार नेपालको जनसंख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ थियो ।
सोमवार राष्ट्रिय योजना आयोजको हलमा प्रधानमन्त्री डा वावुराम भट्टराईले राष्ट्रिय तथ्यांक विभागले तयार पारेको राष्ट्रिय जनगणना २०६८ सार्वजनिक गर्नु भएको हो । २०६८ को तथ्यांक अनुसार पुरुषको तुलनामा महिलाको जनसंख्या वढि छ । महिलाको जनसंख्या ५१ दशमलब ५ र पुरुषको जनसंख्या ४८ दशमलब ५ रहेको छ । यस्तै तथ्यांकका अनुसार ६० प्रतिशतले १९ वर्ष नपुग्दै विवाह गर्ने गरेका छन् ।
राष्ट्रिय जनगणना(०६८ अनुसार नेपालमा १ सय २५ जातजातिहरू देखिएका छन् । यीमध्ये बाहुनको संख्या घटेको छ भने क्षेत्रीहरु बढेका छन् ।
विगत ०५८ को जनगणनामा कुल जनसङ्ख्याको १५ दशमलव ८ प्रतिशत रहेका क्षेत्रीको जनसङ्ख्या यस जनगणनामा १६ दशमलव ६ प्रतिशत पुगेको छ । तर, पहाडी ब्राम्हणको जनसङ्ख्या भने ०५८ सालमा १२ दशमलव ७ प्रतिशत रहेकोमा हाल १२ दशमलव २ प्रतिशतमा झरेको छ ।
पहाड र हिमालमा जनसंख्या घट्यो, तराईमा बढ्यो
राष्ट्रिय जनगणना ०६८ अनुसार तराईमा कूल जनसङ्ख्याको ५० दशमलव २७ प्रतिशत (१ करोड ३३ लाख १८ हजार ७ सय ५ जना० मानिसहरु रहेका छन् । त्यस्तै पहाडको जनसंख्या ४३ दशमलव ०१ प्रतिशत ९१ करोड १३ लाख ९४ हजार ७ ० रहेको छ भने हिमाली क्षेत्रमा ६ दशमलव ७३ प्रतिशत (१७ लाख ८१ हजार ७ सय ९२० जनसङ्ख्या रहेको छ । दश वर्षअघि तराई, पहाड र हिमालमा क्रमशः ४८ दशमलव ४० प्रतिशत ९१ करोड १२ लाख १२ हजार ४ सय ५२ ०, ४४ दशमलव ३० प्रतिशत ९१ करोड २ लाख ५१ हजार १ सय ११ ० र ७ दशमलव ३० प्रतिशत ९१६ लाख ८७ हजार ८ सय ५९० जनसंख्या थियो ।
दश वर्षमा पहाडमा ११ लाखभन्दा बढी मानिस घटेका छन् भने हिमालमा १ लाख घटेका छन् । यसले पहाड र हिमाल बाट विस्थापित हुने र बसाइँ सर्नेहरु बढेको संकेत गर्छ ।

१४ पछि २१ गते आउँछ-प्रचण्ड


माओवादी अध्यक्ष प्रचण्डले सहमतीय सरकारको प्रधानमन्त्रीका लागि सम्भावित चार जनाको नाम अघि सार्नुभएको छ । प्रचण्डका नजरमा अबका सम्भावित प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, विजयकुमार गच्छदार र महन्थ ठाकुर हुन् । कांग्रेसका हकमा भने प्रचण्डले शर्तसमेत अघि सार्नुभएको छ ।
आफ्नै निवास लाजिम्पाटमा सोमबार साँझ सीमित सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्रीको पहिलो बिकल्पमा बाबुराम भट्टराईकै नाम अघि सार्नुभयो । ‘पहिलो बिकल्प बाबुरामजीकै नेतृत्वमा राष्ट्रिय सहमतिका सरकार बनाउने हो, त्यसो हुन नसके माओवादीभित्रैबाट बन्ने अवस्थामा प्रकाश (नारायणकाजी) जीको नेतृत्वमा जान सकिन्छ ।’
प्रचण्डले भन्नुभयो-’गठवन्धनभित्रबाट जानु पर्ने भएमा मोर्चाका संयोजकसमेत रहनुभएकाले बिजयकुमार गच्छदारजीको नाम आउन सक्छ । उहाँको विकल्पमा महन्थ ठाकुरजी पनि हुन सक्नुहुन्छ ।’
कांग्रेसलाई पूर्वशर्त
पाँचबुँदे सहमतिअनुसार नेपाली काँग्रेसलाई नेतृत्व दिने भनिएको भए पनि त्यसका लागि काँग्रेसले संबिधानका अन्तरवस्तुको प्रष्ट खाका ल्याउनुपर्ने प्रचण्डले शर्त राख्नुभएको छ । ‘उहाँहरुलाई नेतृत्व दिने पहिल्यै भनिएको हो, कांग्रेसको नेतृत्वबारे हामी नकरात्मक छैनौं तर संबिधान पनि बन्दैन, सरकार पनि देउ भन्नुचाँहि माओवादीमाथि अन्याय हुन्न ।’-प्रचण्डको भनाइ थियो ।
राष्ट्रपतिको वक्तव्य अनपेक्षित, तर मुठभेडमा नजाने
राष्ट्रपतिले वक्तब्य निकाल्नुअघि आफूसित टेलिफोनमा कुराकानी भएको जानकारी दिँदै प्रचण्डले आफुसँगको समझदारीभन्दा भिन्नै तरिकाले अनपेक्षित रुपमा वक्तब्य आएको बताउनुभयो । ‘लिखित आउँछ भनिए पनि अलि राजनीतिक किसिमको आउला भन्ने थियो, संविधानको धारा नै तोकेर आयो । यो संबिधानको मर्म र भावना बिपरीत भयो ।’-उहाँले सञ्चारकर्मीहरुसित भन्नुभयो । एमाओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिसित थप मुढभेडमा जानुभन्दा सहमतिबाट अघि बढ्नुपर्ने बताउनुभयो ।
नायँ प्रधानमन्त्रीको नाम सिफारिस गर्न राष्ट्रपतिले दिएको समयसीमा सकियो भने मंसिर १४ पछि के हुन्छ ? भन्ने संचारकर्मीको जिज्ञासामा प्रचण्डले हाँस्दै भन्नुभयो- ‘२१ गते आउँछ ।’

गोली खान तयार छु, तर बालुवाटार छाड्दिनँ-प्रधानमन्त्री


प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपति रामवरण यादव र आफ्नै पार्टी एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले योजनाबद्ध तरिकाले आफूलाई बर्खास्त गर्न खोजेको आरोप लगाएका छन्।
सरकारी निवास बालुवाटारमा शनिबार आफूनिकट नेताहरुसँग प्रधानमन्त्री भट्टराईले राष्ट्रपति यादव र अध्यक्ष दाहालको मिलिभगतमा आफूलाई बर्खास्त गर्ने योजना बनेको र त्यसलाई जसरी पनि विफल पार्नुपर्ने बताएका थिए।
‘राष्ट्रपति र अध्यक्ष प्रचण्ड ९दाहाल० बीच दमननाथ ढुंगानालाई प्रधानमन्त्री र कृष्णबहादुर महरालाई गृहमन्त्री बनाउने सहमति भइसकेको मैले सुनिरहेको छु,’ प्रधानमन्त्रीले शुभेच्छुकसँग गुनासो गरे, ‘तर दुवैको योजनालाई नै यसरी म विफल पारिदिनेछु कि उनीहरुले सोच्न पनि सक्दैनन्।’
प्रधानमन्त्री भट्टराईले त्यही योजना विफल पार्न आइतबार आकस्मिक मन्त्रिपरिषद् डाकेर सात दिनभित्र सहमति जुटाउन राष्ट्रपतिले गरेको आह्वानलाई असंवैधानिक भएको निर्णय गराएका थिए।
‘राजनीतिक सहमति जुटे आफू बाधक बन्दिनँ भनेर प्रधानमन्त्री स्वयंले राष्ट्रपतिलाई भन्नुभएको थियो, सहमतिका लागि १५ दिन अझै प्रयास गर्छु पनि भन्नुभएको थियो,’ प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले भने, ‘तर त्यसको भोलिपल्टै कूको शैलीमा सात दिनको म्याद राखी आह्वान भएपछि स्वाभाविक रुपमा जो पनि रुष्ट हुन्छ।’

म प्रधानमन्त्री बन्न लालायित छैन -देउवा


नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीको उम्मेदवारवारे काँग्रेसमा कुनै विवाद नरहेको वताउनुभएको छ । उहाँले काँग्रेस नेतृत्वमा सरकार वन्ने अवस्थामा नेपाली काँग्रेसले सहमतिमै उम्मेदवार चयन गर्ने दावी गर्नुभयो । डडेल्धुरा आइतवार विहान आयोजित पत्रकार सम्मेलनमा देउवाले आफू प्रधानमन्त्री बन्न लालायित नभएको स्पष्ट समेत पार्नु भयो ।
देउवाले भन्नुभयो,’म प्रधानमन्त्री बन्न लालायित छैन । काँग्रेस भित्र सरकारको नेतृत्वका विषयमा विवाद हुँदैन । सर्वसहमतिले नै हामी उम्मेदवार चुन्छौँ । ‘ देउवाले एमाओवादी र नेकपा एमालेले संविधानसभा निर्वाचन पछि दूई(दुई पटक सरकारको नेतृत्व गरिसकेको र उनीहरुको नेतृत्वमा बनेका सवै सरकार असफल सावित भएकाले अव सरकारको नेतृत्व काँग्रेसले पाउनु पर्ने वताउनुभयो । देउवाले ७ दिनको समयसीमा दिएर दलहरुलाई सहमतिको प्रधानमन्त्रीको उम्मेदवार दिन राष्ट्रपतिले गरेको आहृवान सकारात्मक रहेको वताउनुभयो ।

राष्ट्रपतिको आव्हान सकारात्मक-१५ दल


नेपाली काँग्रेस(एमाले लगायतका विपक्षी १५ दलले सरकारविरुद्ध घोषणा गरेका आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । एमाले मूख्यालय बल्खुमा अइतवार बसेको विपक्षी १५ दलको वैठकले राष्ट्रपतिले मंसिर १४ भित्र सहमतीय प्रधानमन्त्री सिफारिस गर्न समयसीमा दिएकाले तत्काल वार्तामा केन्द्रीत हुनु पर्ने भएकाले मंसिर १५ र १६ गतेका लागि आहृवान गरेका आन्दोलनका कार्यक्रम फिर्ता लिने निर्णय गरेको हो ।
यस्तै वैठकले राजनीतिक र संवैधानिक संटक समाधानका लागि सहमतीय प्रधानमन्त्री मागेकाले राष्ट्रपतिको आव्हान सकारात्मक, संविधानसम्मत र स्वागतयोग्य रहेको निष्कर्ष निकालेको छ । विपक्षी १५ दलको वैठकले राष्ट्रपतिको आहृवानलाई गलत ढङ्गले व्याख्या र विरोध गर्दै सरकारको आयु लम्ब्याउन खोज्नु अनुचित र अलोकतान्त्रिक कार्य भएकाले सकारात्मक रुपमा लिन सत्तारुढ दलहरुलाई आग्रह गरेको छ ।

प्रधानमन्त्रीको उमेद्वार सात दिनभित्र सिफारिस गर्न दलहरुलाई आह्वान


राष्ट्रपति डा. रामवरणले अन्तरिम संविधानको धारा ३८ ९१० अनुसार सहमतिका आधारमा नयाँ प्रधानमन्त्रीको उमेद्वार सात दिनभित्र सिफारिस गर्न दलहरुलाई आह्वान गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा ‘मंसिर १४ गते विहीबार बेलुका ४ बजे सम्ममा राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठनका लागि उपयुक्त प्रस्ताव सिफारिस गर्न राजनीतिक दलहरुलाई आह्वान गर्नुभएको’ उल्लेख छ । विज्ञप्तिमा राष्ट्रपति कार्यालयका प्रवक्ता हरिकुमार श्रेष्ठको हस्ताक्षर छ ।
राष्ट्रपतिले अन्तरिम संविधानको ३६ क. अनुसारको कर्तव्य बोध गरी धारा ३८(१० अनुसार यस्तो आह्वान गर्नुभएको हो । जारी विज्ञप्तिमा ०६९ जेठ १४ गते संविधानसभा विघटन भएपछि बर्तमान मन्त्रिपरिषद् कामचलाऊ भएको ०६९ जेठ १६ मा जनाऊ दिइसकेकोसमेत स्मरण गराइएको छ ।