Thursday, November 29, 2012

मनिषा कोइरालालाई क्यान्सर ?


नायिका मनिषा कोइरालालाई क्यान्सर भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । टाइम्स अफ इन्डियाको अनलाइन संस्करणका अनुसार मुम्बइको ‘जस्लोक’ अस्पतालमा उपचारका लागि भर्ना भएकी मनिषालाई क्यान्सर भएको हो । अकस्मात बिरामी भई काठमाण्डौको नर्भिक अस्पतालमा भर्ना भएकी मनिषलाई दुई दिन अघि उपचारका लागि मुम्बई लगिएको थियो ।
‘जस्लोक’ अस्पतालमा उपचार गराइरहेकी मनिषाका साथमा उनकी आमा सुष्मा छिन् । मनिषाका भाई सिद्धार्थ र पिता प्रकाश गएराती मुम्बई पुगेका छन् । एउटा सामाजिक संजालले आयोजना गरेको कार्यक्रममा बिषाक्त खानेकुरा खाएपछि मनिषा बेहोस भएकी थिइन् । मुम्बईको ‘जस्लोक’ अस्पतालमा मनिषाले केही समय उपचार गर्नुपर्ने छ । शरीरको कुन अंगमा क्यान्सर भएको भन्ने खुलाइएको छैन । काठमाडौंको नर्भिक अस्पतालमा मनिषाले आफूलाई पेट दुखेको बताएकी थिइन् ।

सरकार निर्माणका लागि फेरि सात दिनको समय थप


प्रमुख चार दलका शीर्ष नेताहरुको आग्रहमा राष्ट्रपति रामवरण यादवले सहमतीय सरकार निर्माणका लागि फेरि सात दिनको समय थपेका छन् । यसअघि,राष्ट्रपतिले सहमतीय सरकार निर्माणका लागि दिएको समय बिहीबार ४ बजे सकिएको थियो । बिहीबार साँझ शितल निवासमा भएको छलफलमा नेताहरुले फेरि समय थप्नुको विकल्प नरहेको भन्दै त्यसका लागि आग्रह गरेका थिए । सहमतीय सरकार निर्माणका लागि दिएको सात दिनको समय सीमा सकिएपछि छलफल गर्न राष्ट्रपति यादवल प्रमुख दलका नेताहरु शितल निवासमा डाकेका थिए ।  ६ बजे शितल निवास पुगेका मधेसी मोर्चा सहित प्रमुख तीन दलका शीर्ष नेताहरु सवा ८ पछि बाहिरिए ।

Tuesday, November 27, 2012

माओवादीले सहमतीय सरकारको नेतृत्वमा कांग्रेस(एमालेलाई स्वीकार नगर्ने


एकीकृत नेकपा माओवादीले सहमतीय सरकारको नेतृत्वमा कांग्रेस(एमालेलाई स्वीकार नगर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा मंगलबार बसेको पदाधिकारी र ब्यूरो इन्चार्जहरुको बैठकले सहमतीय सरकारको नेतृत्व कांग्रेस(एमालेलाई दिन नसक्ने ठहर गरेको हो । सुदूरपश्चिम ब्यूरो प्रमुख शक्ति बस्नेतले  भन्नुभयो(’कांग्रेस(एमालेले हाम्रो नेतृत्व स्वीकार नगर्ने भनेपछि हामीले उहाँहरुको नेतृत्व मान्ने कुरै आउँदैन ।’
जोड बाबुराममै
एमाओबादीले पार्टी उपाध्यक्ष समेत रहेका वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराईकै नेतृत्वमा सहमतीय सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ । ‘बाबुरामजी कै नेतृत्वमा राष्ट्रिय सरकार गठन गर्ने हाम्रो औपचारिक प्रस्ताव छ’ बस्नेतले भन्नुभयो(’त्यसका लागि दलहरुसँग छलफल गर्ने निर्णय भएको छ ।’

प्रधानमन्त्रीलाई प्राधिकरणको झापड


प्रकाश गिरी
प्रधानमन्त्री डा.बाबुराम भट्टराईको निर्देशनलाई लोप्पा खुवाउदै नेपाल विद्युत प्राधिकरण विद्युत आपुर्तिमा भारीमा मात्रामा कटौती गर्न थालेको छ । मध्य बर्षामा पनि पुर्ण रुपमा विद्युत नदिएर ग्राहकलाई हैरान पारेको प्राधिकरणले हप्ताको ४६घण्टाबाट बढाएर अब हप्तामा ५६घण्टा विद्युत कटौती गर्ने नया तालिका सार्वजनिक गरेको छ । बुधवारबाट लागु हुने नया तालिका अनुुसार अब दिनमा सात देखि आठ घण्टा सम्म विद्युत कटौती हुनेछ । सुख्खा याम भर्खर सुरु भएको छ तर विद्युत कटौतीको अवस्था भने कहालि लाग्दो वन्न थालि सकेको छ । प्रँधिकरणको सुचनालाई विश्वास गर्ने हो भने यस बर्ष हिउदमा करिव १९घण्टा सम्म विद्युत कटौती गरिने छ । मध्य बर्षामा पनि तिन घण्टा विद्युत कटौती गरेपनि जनतालाई सुशासन दिन्छु भनेर चर्का नारा दिएर सरकारमा पुगेको वावुराम सरकार निकै आलोचित भएको थियो । यसपछि प्रधानमन्त्रीले विद्युत उत्पादन,आपुर्ति र वितरणको जिम्मेवारी पाएको नेपाल विद्युत प्राधिकरणका पदाधिकारीलाई बोलाएर हिउदमा दस घण्टा भन्दा बढी विद्युत कटौती गर्न नपाइने उर्दी सुनाएका थिए । यसको केहि दिन सम्म प्राधिकरणका कर्मचारीहरु विद्युत आपुर्ति सुब्यवस्थित गर्न भन्दै निकै दौडधुपमा लागेका थिए तर जब हिउद सुरु हुन थाल्यो तब भारी मात्रामा विद्युत कटौती गरेर प्राधिकरणले आफनो अप्राधिकरण अनुहार देखाइसकेको छ । प्रधानमन्त्रीको वोली र प्रँधिकरणको ब्यवहार देख्दा अब जनता पनि आजित भइसकेका छन ।

Monday, November 26, 2012

नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४

नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ पुगेको छ । गत दश वर्षको तुलनामा यस पटक १ दशमल ३५ प्रतिशतले बढेको हो । यसअघि २०५८ सालको जनसंख्या अनुसार नेपालको जनसंख्या २ करोड ३१ लाख ५१ हजार ४ सय २३ थियो ।
सोमवार राष्ट्रिय योजना आयोजको हलमा प्रधानमन्त्री डा वावुराम भट्टराईले राष्ट्रिय तथ्यांक विभागले तयार पारेको राष्ट्रिय जनगणना २०६८ सार्वजनिक गर्नु भएको हो । २०६८ को तथ्यांक अनुसार पुरुषको तुलनामा महिलाको जनसंख्या वढि छ । महिलाको जनसंख्या ५१ दशमलब ५ र पुरुषको जनसंख्या ४८ दशमलब ५ रहेको छ । यस्तै तथ्यांकका अनुसार ६० प्रतिशतले १९ वर्ष नपुग्दै विवाह गर्ने गरेका छन् ।
राष्ट्रिय जनगणना(०६८ अनुसार नेपालमा १ सय २५ जातजातिहरू देखिएका छन् । यीमध्ये बाहुनको संख्या घटेको छ भने क्षेत्रीहरु बढेका छन् ।
विगत ०५८ को जनगणनामा कुल जनसङ्ख्याको १५ दशमलव ८ प्रतिशत रहेका क्षेत्रीको जनसङ्ख्या यस जनगणनामा १६ दशमलव ६ प्रतिशत पुगेको छ । तर, पहाडी ब्राम्हणको जनसङ्ख्या भने ०५८ सालमा १२ दशमलव ७ प्रतिशत रहेकोमा हाल १२ दशमलव २ प्रतिशतमा झरेको छ ।
पहाड र हिमालमा जनसंख्या घट्यो, तराईमा बढ्यो
राष्ट्रिय जनगणना ०६८ अनुसार तराईमा कूल जनसङ्ख्याको ५० दशमलव २७ प्रतिशत (१ करोड ३३ लाख १८ हजार ७ सय ५ जना० मानिसहरु रहेका छन् । त्यस्तै पहाडको जनसंख्या ४३ दशमलव ०१ प्रतिशत ९१ करोड १३ लाख ९४ हजार ७ ० रहेको छ भने हिमाली क्षेत्रमा ६ दशमलव ७३ प्रतिशत (१७ लाख ८१ हजार ७ सय ९२० जनसङ्ख्या रहेको छ । दश वर्षअघि तराई, पहाड र हिमालमा क्रमशः ४८ दशमलव ४० प्रतिशत ९१ करोड १२ लाख १२ हजार ४ सय ५२ ०, ४४ दशमलव ३० प्रतिशत ९१ करोड २ लाख ५१ हजार १ सय ११ ० र ७ दशमलव ३० प्रतिशत ९१६ लाख ८७ हजार ८ सय ५९० जनसंख्या थियो ।
दश वर्षमा पहाडमा ११ लाखभन्दा बढी मानिस घटेका छन् भने हिमालमा १ लाख घटेका छन् । यसले पहाड र हिमाल बाट विस्थापित हुने र बसाइँ सर्नेहरु बढेको संकेत गर्छ ।

१४ पछि २१ गते आउँछ-प्रचण्ड


माओवादी अध्यक्ष प्रचण्डले सहमतीय सरकारको प्रधानमन्त्रीका लागि सम्भावित चार जनाको नाम अघि सार्नुभएको छ । प्रचण्डका नजरमा अबका सम्भावित प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, विजयकुमार गच्छदार र महन्थ ठाकुर हुन् । कांग्रेसका हकमा भने प्रचण्डले शर्तसमेत अघि सार्नुभएको छ ।
आफ्नै निवास लाजिम्पाटमा सोमबार साँझ सीमित सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले प्रधानमन्त्रीको पहिलो बिकल्पमा बाबुराम भट्टराईकै नाम अघि सार्नुभयो । ‘पहिलो बिकल्प बाबुरामजीकै नेतृत्वमा राष्ट्रिय सहमतिका सरकार बनाउने हो, त्यसो हुन नसके माओवादीभित्रैबाट बन्ने अवस्थामा प्रकाश (नारायणकाजी) जीको नेतृत्वमा जान सकिन्छ ।’
प्रचण्डले भन्नुभयो-’गठवन्धनभित्रबाट जानु पर्ने भएमा मोर्चाका संयोजकसमेत रहनुभएकाले बिजयकुमार गच्छदारजीको नाम आउन सक्छ । उहाँको विकल्पमा महन्थ ठाकुरजी पनि हुन सक्नुहुन्छ ।’
कांग्रेसलाई पूर्वशर्त
पाँचबुँदे सहमतिअनुसार नेपाली काँग्रेसलाई नेतृत्व दिने भनिएको भए पनि त्यसका लागि काँग्रेसले संबिधानका अन्तरवस्तुको प्रष्ट खाका ल्याउनुपर्ने प्रचण्डले शर्त राख्नुभएको छ । ‘उहाँहरुलाई नेतृत्व दिने पहिल्यै भनिएको हो, कांग्रेसको नेतृत्वबारे हामी नकरात्मक छैनौं तर संबिधान पनि बन्दैन, सरकार पनि देउ भन्नुचाँहि माओवादीमाथि अन्याय हुन्न ।’-प्रचण्डको भनाइ थियो ।
राष्ट्रपतिको वक्तव्य अनपेक्षित, तर मुठभेडमा नजाने
राष्ट्रपतिले वक्तब्य निकाल्नुअघि आफूसित टेलिफोनमा कुराकानी भएको जानकारी दिँदै प्रचण्डले आफुसँगको समझदारीभन्दा भिन्नै तरिकाले अनपेक्षित रुपमा वक्तब्य आएको बताउनुभयो । ‘लिखित आउँछ भनिए पनि अलि राजनीतिक किसिमको आउला भन्ने थियो, संविधानको धारा नै तोकेर आयो । यो संबिधानको मर्म र भावना बिपरीत भयो ।’-उहाँले सञ्चारकर्मीहरुसित भन्नुभयो । एमाओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिसित थप मुढभेडमा जानुभन्दा सहमतिबाट अघि बढ्नुपर्ने बताउनुभयो ।
नायँ प्रधानमन्त्रीको नाम सिफारिस गर्न राष्ट्रपतिले दिएको समयसीमा सकियो भने मंसिर १४ पछि के हुन्छ ? भन्ने संचारकर्मीको जिज्ञासामा प्रचण्डले हाँस्दै भन्नुभयो- ‘२१ गते आउँछ ।’

गोली खान तयार छु, तर बालुवाटार छाड्दिनँ-प्रधानमन्त्री


प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपति रामवरण यादव र आफ्नै पार्टी एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले योजनाबद्ध तरिकाले आफूलाई बर्खास्त गर्न खोजेको आरोप लगाएका छन्।
सरकारी निवास बालुवाटारमा शनिबार आफूनिकट नेताहरुसँग प्रधानमन्त्री भट्टराईले राष्ट्रपति यादव र अध्यक्ष दाहालको मिलिभगतमा आफूलाई बर्खास्त गर्ने योजना बनेको र त्यसलाई जसरी पनि विफल पार्नुपर्ने बताएका थिए।
‘राष्ट्रपति र अध्यक्ष प्रचण्ड ९दाहाल० बीच दमननाथ ढुंगानालाई प्रधानमन्त्री र कृष्णबहादुर महरालाई गृहमन्त्री बनाउने सहमति भइसकेको मैले सुनिरहेको छु,’ प्रधानमन्त्रीले शुभेच्छुकसँग गुनासो गरे, ‘तर दुवैको योजनालाई नै यसरी म विफल पारिदिनेछु कि उनीहरुले सोच्न पनि सक्दैनन्।’
प्रधानमन्त्री भट्टराईले त्यही योजना विफल पार्न आइतबार आकस्मिक मन्त्रिपरिषद् डाकेर सात दिनभित्र सहमति जुटाउन राष्ट्रपतिले गरेको आह्वानलाई असंवैधानिक भएको निर्णय गराएका थिए।
‘राजनीतिक सहमति जुटे आफू बाधक बन्दिनँ भनेर प्रधानमन्त्री स्वयंले राष्ट्रपतिलाई भन्नुभएको थियो, सहमतिका लागि १५ दिन अझै प्रयास गर्छु पनि भन्नुभएको थियो,’ प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले भने, ‘तर त्यसको भोलिपल्टै कूको शैलीमा सात दिनको म्याद राखी आह्वान भएपछि स्वाभाविक रुपमा जो पनि रुष्ट हुन्छ।’

म प्रधानमन्त्री बन्न लालायित छैन -देउवा


नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीको उम्मेदवारवारे काँग्रेसमा कुनै विवाद नरहेको वताउनुभएको छ । उहाँले काँग्रेस नेतृत्वमा सरकार वन्ने अवस्थामा नेपाली काँग्रेसले सहमतिमै उम्मेदवार चयन गर्ने दावी गर्नुभयो । डडेल्धुरा आइतवार विहान आयोजित पत्रकार सम्मेलनमा देउवाले आफू प्रधानमन्त्री बन्न लालायित नभएको स्पष्ट समेत पार्नु भयो ।
देउवाले भन्नुभयो,’म प्रधानमन्त्री बन्न लालायित छैन । काँग्रेस भित्र सरकारको नेतृत्वका विषयमा विवाद हुँदैन । सर्वसहमतिले नै हामी उम्मेदवार चुन्छौँ । ‘ देउवाले एमाओवादी र नेकपा एमालेले संविधानसभा निर्वाचन पछि दूई(दुई पटक सरकारको नेतृत्व गरिसकेको र उनीहरुको नेतृत्वमा बनेका सवै सरकार असफल सावित भएकाले अव सरकारको नेतृत्व काँग्रेसले पाउनु पर्ने वताउनुभयो । देउवाले ७ दिनको समयसीमा दिएर दलहरुलाई सहमतिको प्रधानमन्त्रीको उम्मेदवार दिन राष्ट्रपतिले गरेको आहृवान सकारात्मक रहेको वताउनुभयो ।

राष्ट्रपतिको आव्हान सकारात्मक-१५ दल


नेपाली काँग्रेस(एमाले लगायतका विपक्षी १५ दलले सरकारविरुद्ध घोषणा गरेका आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । एमाले मूख्यालय बल्खुमा अइतवार बसेको विपक्षी १५ दलको वैठकले राष्ट्रपतिले मंसिर १४ भित्र सहमतीय प्रधानमन्त्री सिफारिस गर्न समयसीमा दिएकाले तत्काल वार्तामा केन्द्रीत हुनु पर्ने भएकाले मंसिर १५ र १६ गतेका लागि आहृवान गरेका आन्दोलनका कार्यक्रम फिर्ता लिने निर्णय गरेको हो ।
यस्तै वैठकले राजनीतिक र संवैधानिक संटक समाधानका लागि सहमतीय प्रधानमन्त्री मागेकाले राष्ट्रपतिको आव्हान सकारात्मक, संविधानसम्मत र स्वागतयोग्य रहेको निष्कर्ष निकालेको छ । विपक्षी १५ दलको वैठकले राष्ट्रपतिको आहृवानलाई गलत ढङ्गले व्याख्या र विरोध गर्दै सरकारको आयु लम्ब्याउन खोज्नु अनुचित र अलोकतान्त्रिक कार्य भएकाले सकारात्मक रुपमा लिन सत्तारुढ दलहरुलाई आग्रह गरेको छ ।

प्रधानमन्त्रीको उमेद्वार सात दिनभित्र सिफारिस गर्न दलहरुलाई आह्वान


राष्ट्रपति डा. रामवरणले अन्तरिम संविधानको धारा ३८ ९१० अनुसार सहमतिका आधारमा नयाँ प्रधानमन्त्रीको उमेद्वार सात दिनभित्र सिफारिस गर्न दलहरुलाई आह्वान गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा ‘मंसिर १४ गते विहीबार बेलुका ४ बजे सम्ममा राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठनका लागि उपयुक्त प्रस्ताव सिफारिस गर्न राजनीतिक दलहरुलाई आह्वान गर्नुभएको’ उल्लेख छ । विज्ञप्तिमा राष्ट्रपति कार्यालयका प्रवक्ता हरिकुमार श्रेष्ठको हस्ताक्षर छ ।
राष्ट्रपतिले अन्तरिम संविधानको ३६ क. अनुसारको कर्तव्य बोध गरी धारा ३८(१० अनुसार यस्तो आह्वान गर्नुभएको हो । जारी विज्ञप्तिमा ०६९ जेठ १४ गते संविधानसभा विघटन भएपछि बर्तमान मन्त्रिपरिषद् कामचलाऊ भएको ०६९ जेठ १६ मा जनाऊ दिइसकेकोसमेत स्मरण गराइएको छ ।


Tuesday, September 18, 2012

पहिलो चरणको लडाकु समायोजन कार्य सम्पन्न,एक हजार ५४४ लडाकु समायोजनको परीक्षामा


माओवादीको लडाकुको नेपाली सेनामा समायोजन कार्यको पहिलो चरणको सम्पन्न भएको छ । गत भदौ २१ गतेदेखि प्रारम्भ भएको माओवादी सेना समायोजनको पहिलो चरणको कार्य मंगलबार सम्पन्न भएको हो । उक्त अवधिमा सेना समायोजन विशेष समितिको सचिवालयबाट परिचालित भएका सरकारी अधिकारीहरूले एक हजार ५४४ लडाकुको परीक्षा लिनका साथै सरकारले ‘प्याकेज’मा उपलब्ध गराएको रकमको ‘चेक’ र बाटो खर्च बापतको रकम बुझेका छन् ।
 इलाम, सिन्धुली, चितवन, नवलपरासी, रोल्पा र सुर्खेतका सात मुख्य तथा मुलुकका अन्य भागमा अवस्थित आठवटा सहायक शिविरमा पुगेर समायोजन रोजेका तीन हजार १२३ जना माओवादी लडाकु मध्ये एक हजार ५११ जना स्वेच्छिक अवकासमा जाने भएका छन् ।

भूमिसुधारमन्त्री चन्द्रदेव जोशीले राजिनामा दिए,सरकारलाई धक्का


भूमिसुधारमन्त्री चन्द्रदेव जोशीले माओवादी-मधेसवादी गठबन्धन सरकार राष्ट्रिय सहमतिका लागि बाधक बनेको उल्लेख गर्दै मंगलबार पदबाट राजिनामा दिएका छन् । उनले अपराह्न प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटी राजिनामा बुझाएका थिए ।
जोशीले राजिनामा पत्रमा माओवादी-मधेसवादी गठबन्धन र प्रधानमन्त्री भट्टराईले संवैधानिक तथा राजनीतिक संकट समाधानका लागि ठोस पहल नगरेको र बरु सत्ता लम्याइरहने प्रयास गरिरहेकाले वर्तमान सरकारमा बसिरहन नैतिक आधारमा समेत नमिल्ने उल्लेख गरेका छन् । जोशीले प्रधानमन्त्री भट्टराई, माओवादी र मधेसीवादी दल संकटको निकास खोज्नभन्दा सत्ता लम्ब्याउनमात्र लागेकाले आफ्नो त्यसमा गम्भीर असहमति रहेकाले राष्ट्रिय सहमति खोज्ने वातावरण बनाउनका लागि दबाब सिर्जना गर्न आफूले राजिनामा दिएको बताए ।
पार्टीका तर्फबाट म सत्तामा जाँदा सहमतिको सरकार थियो, कांग्रेस र एमालेसमेत सरकारमा थिए । हामी संवैधानिक तथा राजनीतिक संकटको निकास खोज्न सत्तामा गएको हौ जोशीले राजिनामा पछि भने-तर, संविधानसभाको विघटनसँगै कांग्रेस र एमाले सत्ताबाट बाहिरिएपछि सहमतिको सरकार रहेन । माओवादी र मधेसी गठबन्धनको मात्र सरकार हुन पुग्यो । संकटको निकास खोज्नका लागि राष्ट्रिय सहमति कायम गर्न प्रधानमन्त्री भट्टराईलाई पटकपटक आग्रह गरें । कुनै सुनुवाइ भएन । प्रधानमन्त्री र माओवादी तथा मधेसी सत्ता लम्ब्याउनमात्र लागेकाले मेरो त्यसमा गम्भीर असहमति रहेकाले पार्टी निर्णयअनुसार मैले राष्ट्रिय सहमति खोज्ने वातावरण बनाउनका लागि दबाब सिर्जना गर्न राजिनामा दिएको हुँ ।

केट दम्पतिलाई अर्धनग्न महिलाको स्वागत


केट यतिवेला के गरौं  के गरौं भन्ने तनावमा छिन । घुमफिरको लागि आफना पतिसंग फ्रान्स गएको वेलाको गोप्य तस्विर सार्वजनिक भएपछि उनी तनावमा परेकि हुन । उनलाई आजकाल यो प्रश्नले जताततै घेर्न थालेको छ । तर उनी यसका वावजुद आफनो भ्रमणलाई भने रोकिरहेकी छैनन ।
अचम्म त के भयो भने आफनो पतिसंग घुमघामको सिलसिलामा जादा उनलाई नै अर्धनग्न नारीहरुले स्वागत गरे । एक छिन त उनलाई ब्यग्य गरेजस्तो पनि लाग्यो होला तर वास्तवमा त्यस्तो किन हुन्थ्यो र ? सोलोमोन टापुका आदिवासीको यो नया शैली थियो स्वागतको । विचरा केट यो देखेर पहिला त अचम्ममा परेको तस्विरमा पनि देख्न सकिन्छ ।



Sunday, September 16, 2012

सहमतिको सरकार गठन गर्नुस र चुनाव गराउनुस् -राष्ट्रपति


राष्ट्रपति डा. रामवरण यादवले सहमतीय सरकार गठन गरेर संविधानसभाको चुनावमा जान प्रमुख दलहरुलाई आग्रह गर्नु भएको छ ।
यसअघि ‘तत्काल सहमति गर्न’ आग्रह गरेपनि के बिषयमा सहमति गर्ने भन्ने बिषयमा मौन बसेका राष्ट्रपतिले एक कदम अघि बढ्दै सहमतीय सरकार गठन गरी चुनावमा जान सुझाउनु भएको हो । ‘अब राष्ट्रपति एक कदम अघि बढ्नु भएको छ’ प्रेस सल्लाहकार राजेन्द्र दाहालले भन्नुभयो-सहमतिको सरकार गठन गर्नुस र चुनाव गराउनुस् भनेर उहाँले दलहरुलाई प्रष्टसँग भन्नु भएको छ ।’
पटक(पटक आग्रह गर्दा पनि दलहरुले निकास नुझाएपछि राष्ट्रपति आफैँ अग्रसर भएर संविधानसभाको चुनाव गर्नु सुझाएको उहाँको भनाई छ । ‘सरकारले संविधानसभाको चुनाव गर्ने निर्णय गरिसकेको छ । चुनाव गर्न आम सहमति चाहिन्छ’ दाहालले भन्नुभयो(’सहमतीय सरकार गठन गरेर संविधानसभाको चुनाव गर्नुपर्छ र संविधानसभाबाटै संविधान दिनुपर्छ भन्ने राष्ट्रपतिको आग्रह हो ।’
राष्ट्रपतिले दलहरुबीच सहमति गरेर आए सरकार गठन र चुनावका लागि बाधा अड्काउ फुकाउन आफू तयार रहेको समेत बताउनु भएको छ । ‘पहिले मेरो बाधा फुकाउनुस्’ राष्ट्रपतिको भनाई उदृत गर्दै मधेसी मोर्चाका नेता विजयकुमार गच्छदारले भन्नुभयो(’दलहरुबीच सहमति भएपछि संविधानअनुसार बाधा अड्काउ फुकाउने र आवश्यक अध्यादेशहरु जारी गर्छु ।’

Friday, September 14, 2012

युवराज्ञीको टपलेस तस्विर, तस्वीर हेर्ने भने-सामान्य रहेछ छाती



बेलायती युवराज्ञी केट मिटलटनको विना कपडा रोमान्स गर्दै गरेको तस्वीर फ्रान्सेली पत्रिकाले सार्वजनिक गरेको छ । राजपरिवारको यो दुर्दशाले विश्वभर सनसनी मच्चिएको छ भने शाहि परिवारमा खलवलि भएको छ । फ्रान्समा विदा मनाउन जादा युवराज्ञी आफना पति युवराज विलियमसंग पुलमा नग्न अवस्थामा रोमान्स गर्दै गरेको टपलेस तस्विर सार्वजनिक भएको हाृे । 

Thursday, September 13, 2012

महिना दिनको विवाद पछि प्रहरी प्रमुखमा कुवेरसिंह राना नियुक्त


नेपाल प्रहरीको प्रमुखमा कुवेरसिंह राना नियुक्त हुनु भएको छ । सिहदरवारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठताका आधारमा प्रहरी अतिरिक्त महानिरीक्षक रानालाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।
प्रहरीको २३ औं महानिरिक्षक बन्नुभएका रानाको कार्यकाल १३ महिनाको हुनेछ । प्रहरी महानिरीक्षकको दौडमा अतिरिक्त महानिरीक्षकद्वय भिष्म प्रसाई र नवराज ढकाल पनि हुनुहुन्थ्यो । प्रधानमन्त्री डा.बाबुराम भट्टराईले बरिष्ठताका आधारमा रानालाई नै प्रहरी प्रमुख बनाउने अडान लिनुभएको थियो भने गृहमन्त्री विजयकुमार गच्छदारले प्रसाई वा ढकालमध्ये एकलाई बनाउनुपर्ने अडान लिनुभएको थियो । दुवैको अडानका कारण नयाँ आईजीपीको टुंगा लाग्न नसक्दा एक महिनाअघि नै बिदा बस्नुपर्ने महानिरिक्षक रवीन्द्रप्रताप शाह अन्तिम दिनसम्मै कार्यलय आउनुपरेको थियो ।

Wednesday, September 12, 2012

गणतन्त्रवादी नेता सिंहको अन्त्येष्टि, १३ तोपको सलामी


७७ वर्षको उमेरमा आज बिहान निधन भएका गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको अन्त्येष्टिका क्रममा १३ तोपको सलामी दिइएको छ। पशुपति आर्यघाटमा अन्तिम संस्कार हुँदै गर्दा टुँडिखेलमा १३ पटक तोप पड्काएर सलामी दिइएको थियो।    
आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले १३ तोपको सलामीका साथै उनलाई गणतान्त्रिक आन्दोलनका अग्रज व्यक्तित्व भएको भन्दै राष्ट्र गौरवबाट विभूषित गर्ने निर्णय गरेको हो।
विगत १० दिनदेखि अस्वस्थ सिंहको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको हो। मल्टिपल अर्गान फेलिएर भएर उनको मृत्यु भएको अस्पतालका चिकित्सक डा. केपी सिंहले बताए।
स्वास्थ्यमा समस्या देखिएपछि ७७ वर्षे सिंहलाई १० दिनअघि महारागन्जस्थित त्रिवि शिक्षिण अस्पताल भर्ना गरिएको थियो। मुटु, मिर्गौला, फोक्सोसहित महत्वपूर्ण अंगमा समस्या देखिएको थियो।

लिबियाका लागि अमेरिकी राजदूत क्रिस्टोफरको मृत्यु,कुटनीतिक नियोगमा सुरक्षा बढाउन राष्ट्रपति ओबामाको निर्देशन


छापामारहरुको रकेट आक्रमणमा लिबियाका लागि अमेरिकी राजदूत क्रिस्टोफर स्टेभन्स र अरु तीन अमेरिकी नागरिकको मृत्यु भएको छ। ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति बाराक ओबामाले विश्वभरका अमेरिकी कुटनीतिक नियोगमा सुरक्षा बढाउन निर्देशन दिएको उल्लेख छ।  
लिबियाको पूर्वी सहर मेन्जाघीस्थित अमेरिकी कन्सुलेटको कार्यालयमा आक्रमण भएपछि  भाग्दै गरेका राजदूत स्टेभन्स चढेको गाडीमा विस्फोटक पदार्थ राखिएको रकेट बज्रिएपछि उनीहरुको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
सीएनएनका अनुसार अमेरिकी रक्षा मन्त्रालयले त्यहाँको सुरक्षाका लागि दुई मरिन प्रति आतंकवाद सुरक्षा समूहलाई पठाएको छ।

Monday, September 10, 2012

कालिकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा २८ जनाको घटनास्थलमै मृत्यु


कालिकोटको पाखा १ सेरावाडास्थित विर्तामोडमा कर्णाली यातायातको एक यात्रुबाहक बस दुर्घटना हुँदा २८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११  जना सक्त घाइते भएका छन् ।
कालिकोटको सदरमुकाम मान्मबाट जुम्लाका लागि सोमबार बेलुकी ८ बजे छुटेको ना ४ ख ६८७७ नम्बरको यात्रुबाहक बस कर्णाली राजमार्गको विर्तामोडमा राति ११ बजे ब्याक गरी मोड्ने क्रममा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । बस सडकबाट ५ सय मिटर तल तिला नदीको तिरमा खसेको छ । बस दुर्घटनाको खबर पुगेपछि मान्मबाट राति दुई बजे उद्दारका लागि प्रहरी निरीक्षक बरुणवहादुर सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ ।

क्रिकेटमा नेपालको ऐतिहासिक सफलता


नेपालले सोमबार क्रिकेटमा ऐतिहासिक सफलता चुमेको छ । विश्व क्रिकेट लिग डिभिजन –४ को फाइनलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बन्न सफल भयो । कप्तान पारस खड्काले अफ साइडमा चौका प्रहार गर्दै नेपालको जित सुनिश्चित गरे ।
यो नेपाली क्रिकेटको अहिले सम्मकै ठूलो सफलता हो । नेपालले अन्तर्राष्टिय क्रिकेट खेलेको १६ वर्ष भएको छ । यस अघि नेपालले सबैभन्दा ठूला उपाधिका रुपमा दुई वर्ष अघि काठमाडौंमा डिभिजन ५ को उपाधि जितेको थियो । त्यस बेला पनि नेपालले अमेरिकालाई नै ५ विकेटले हराएको थियो ।

नेकपा(माओवादीले ७० बुँदे माग सरकारलाई बुझायो


नेकपा(माओवादीले राष्ट्रियता, जततन्त्र र जनजीविकासम्वन्धी ७० बुँदे माग सरकारलाई बुझाएको छ 
रत्नपार्क शान्तिबाटिकाबाट विरोध र्यालीसहित सिहदरवार पुगेर माओवादी उपाध्यक्ष सीपी गजुरेलसहितका नेताहरूले प्रधानमन्त्री डा। बाबुराम भट्टरार्इलार्इ मागपत्र बुझाएका हुन् । दिनको १ बजे माग पत्र बुझाएको नेकपा(माओवादी का उपाध्यक्ष सीपी गजुरेलले बताए । माग पत्र बुझ्दै भट्टरार्इले जनजीविकासम्वन्धी मागहरू पूरा गर्न सरकार सक्रिय रहेको बताउनु भयो । उहाँले केही माग क्रान्ति पुरा भएपछि मात्र हुने भन्दै अहिले प्राप्त भएका उपलब्धिहरू रक्षा गर्दै अघि बढ्नु पर्ने बताउनु भयो । उहाँले विमानस्थल स्तरोन्नतिको काम भारतलार्इ तथा विप्पाबारे नेकपा(माओवादीले प्रष्ट नबुझेरै विरोध गरेको भन्दै असन्तुष्टि जनाउनु भयो ।

प्रचण्डको स्वागत गर्न चितवनका बिद्यालय वन्द


 कुनै बेला थियो( जतिखेर तत्कालीन राजा महाराजाहरु जिल्ला भ्रमणमा जाँदा बिद्यालय वन्द गरेर बिद्यार्थीहरु स्वागतका लागि चर्को घाममा लामबद्ध हुन्थे ।
अहिले राजा छैनन, तर चितवनका बिद्यार्थीलाई उस्तै सास्ती छ । माओवादी अध्यक्ष प्रचण्ड आज चितवन आउने भएपछि माओवादी निकट शिक्षक संगठनले यहाँका बिद्यालय जर्वजस्ती बन्द गराएको छ । अखिल नेपाल शिक्षक संगठनको जिल्ला अधिवेशनलाई सम्बोधन गर्न प्रचण्ड आज चितवन आउँदैछन् ।
प्रचण्डको अगमनलाई बिशेष बनाउन शिक्षक संगठनले आज चितवन जिल्लाका सवै बिद्यालय बन्द गराउन माग गर्‍यो । सुरुमा नाईं(नाईं भने पनि अन्ततः कांग्रेस र एमालेले पनि प्रचण्डको सवारीलाई बिशेष बनाउन सहमति दिए ।

संसदीय सुनुवाइको व्यवस्था हटाउन राष्ट्रपतिसमक्ष सिफारिश


सरकारले संवैधानिक निकायका पदाधिकारी र सर्वोच्च अदालतका न्यायाधीशहरुको नियुक्तिका लागि संसदीय सुनुवाइ हुनुपर्ने व्यवस्थालाई संविधानको बाधा अड्काउसम्बन्धी धारा प्रयोग गरी हटाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने भएको छ ।
मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले नेपालको अन्तरिम संविधान २०६३ को धारा १५८ बमोजिम बाधा अड्काउसम्बन्धी अधिकार प्रयोग गरी संसदीय सुनुवाइको व्यवस्था हटाउन सिफारिश गर्ने निर्णय गरेको हो । बैठकपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले संवैधानिक निकाय अदालतहरुमा रिक्त पदाधिकारीहरुको नियुक्ति गर्न संसद् नभएको अहिलेको अवस्थामा सुनुवाइको प्रावधान हटाई सहज बाटो खुल्ला गराउन सरकारले चाहेको बताउनुभयो ।

Tuesday, June 19, 2012

भट्टराई पक्षका मजदुरले दाहाल पक्षको निर्णय नमान्ने


एकीकृत माओवादी निकट अखिल नेपाल होटेल तथा रेष्टुरा मजदुर संघको राष्ट्रिय भेलालाई उपाध्यक्ष बाबुराम भट्टराई पक्षधर मजदुर नेताले बहिस्कारको घोषणा गरेका छन्।
राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी भट्टराई पक्षधर मजदुर नेताले ३० गते पोखरामा सम्पन्न हुन गइरहेको सो सम्मेलन एक पक्षीय भएको भन्दै बहिस्कार गर्न लागेका हुन्।
पार्टीको निर्णय २९(३० मा काठमाडौं सम्मेलन गर्ने भनिएको छ तर सम्मेलन पोखरामा गर्ने एकलौटी निर्णय गरियो, नेवाः राज्य समितिवाट ४ सय र अन्यवाट २ सय प्रतिनिधि बनाउने भन्नेछ। तर मनलाग्दी १ हजार प्रतिनिधि बनाउने काम भयो,भट्टराई पक्ष मजदुर नेता मुक्ति दाहालले भने,त्यसकारण अध्यक्ष प्रचण्ड निकटहरुले गरेको एकलैटी निर्णय हामीलाई मान्य छैनौं। सो बारे पार्टीलाई जानकारी पनि गराइसकेको दाहालको भनाई छ।

Monday, June 18, 2012

असोज १९ गते एमालेले शक्ति प्रदर्शन गर्ने



नेकपा एमालेले वर्तमान सरकारको बहिगर्मनका लागि आउँदो असोज १९ गते काठमाडौँमा बृहद् जनप्रदर्शन र आमसभाको तयारीमा जुट्न पार्टी निकटका भ्रातृ संस्थाका पदाधिकारीहरूलाई निर्देशन दिएको छ।
पार्टी कार्यालय बल्खुमा आज आयोजित विभिन्न १९ वटा भ्रातृ सङ्गठनका पदाधिकारीको भेलालाई सम्बोधन गर्दै एमालेका अध्यक्ष झलनाथ खनालले वर्तमान सत्ताधारी गठबन्धनले सहमति र वार्ताको नाममा आफूहरूलाई अल्मल्याउन खोजेको बताए।
उनले गतिरोधको निकासका लागि राष्ट्रपतिले कानुनको दायरामा रही सक्रिय तथा सचेत भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याए।
अध्यक्ष खनालले यस भदौ महिनाभित्र राजनीतिक निकासको कुनै सम्भावना नरहेको र असोज १९ गतेसम्म पनि सहमति नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिए।

सुनको भाउमा दिनहुँ नयाँ कीर्तिमान


प्राय दिनहुँ जसो नयाँ रेकर्ड कायम गर्दै आएको सुनको भाउले सोमवार नयाँ कीर्तिमान वनाएको छ । आइतवार प्रतितोला ६१ हजार १ सय १९ रुपैयाँ पुगेको छापावाल सुन सोमवार प्रतितोला ५८ रुपैयाँले वढेर प्रतितोला ६१ हजार १ सय ७७ रुपैयाँ पुगेको नेपाल सुनचाँदी संघका सचिव दियेशरत्न शाक्यले जानकारी दिनुभयो ।
यसैगरी तेजावी सुन पनि प्रतितोला ५८ रुपैयाँले नै बढेको छ । आइतवार प्रतितोला ६० हजार ८ सय ६९ रुपैयाँमा कारोवार भएको तेजावी सुन सोमवार प्रतितोला ६० हजार ९ सय २६ रुपैयाँमा कारोवार भइरहेको छ । यस्तै चाँदीको मूल्य पनि आइतवारको तुलनामा सोमवार प्रतितोला १० रुपैयाँले वढेको छ । आइतवार प्रतितोला ११ सय ९० रुपैयाँ कारोवार भएको चाँदी सोमवार प्रतितोला १२ सय रुपैयाँ पुगेको छ ।

अहिले अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ केही सस्तो भएको र भारतीय रुपैयाँ पनि कमजोर भएकाले सुनको भाऊ बढेकोले त्यसको असर नेपाली बजारमा पनि परेको नेपाल सुनचाँदी व्यवसायी संघका सचिव दियेशरत्न शाक्यले जानकारी दिनुभयो ।

माओवादी फुट्यो–नया पार्टीको नाम नेकपा माओवादी,फागुन १ गते महाधिवेशन गरिने

प्रकाश गिरी
अब एकिकृत नेकपा माओवादी एकिकृत रहेन तिन देखि राजधानीको बौद्धमा जारी भेलामा माओवादी बरिष्ठ उपाध्यक्ष मोहन बैद्य पक्षधर समुहले नया पार्टी गठन गर्ने निधो गरेपछि एकिकृत नेकपा माओवादी भनेर अहिले सम्म भीमकाय स्वरुप धारण गरेको माओवादी विभाजन भएको हो बौद्धमा शनिवार देखि जारी राष्ट्रिय भेलाका सहभागीले नया पार्टी गठन गर्ने कुरामा सम्मति दिएका थिए उनीहरुले नया पार्टी गठन गर्ने नेतृत्वको प्रस्ताव, विधान, पार्टीको नाम संशोधन सहित सर्वसम्मतिले पास गरे यसपछि अब नया मोहन बैद्यले नेतृत्व गरेको नया पार्टीको नाम नेकपा माओवादी रहने भएको पार्टी वहुपदीय पद्धतिमा जाने
यहि भेलाले विगत २० बर्ष देखि हुन नसकेको महाधिवेशन आगामी फागुन गते गर्ने निधो पनि गरेको २०५२साल फागुन गते माओवादी ससस्त्र युद्ध गर्ने भन्दै भुमिगत भएको थियो यहि ऐतिहासिक दिनको सम्झना गर्दै बैद्य पक्षधर माओवादीले महाधिवेशन गर्ने मिति तय गरेको हो भेलाले पार्टी वहुपदीय परिपाटीमा जाने निर्णय पनि गरेको त्यतिवेला सम्मको लागि नेकपा माओवादीको अध्यक्षता मोहन वैद्य स्वयमले गर्नेछन भने यसको महासचिवमा रामवहादुर थापा तथा सचिवमा सीपी गजुरेल हुने भएको छन देव गुरु¨ नेत्रविक्रम चन्दलाई स्थायी समितिमा चयन गरिएको यी नेताहरुले एकिकृत नेकपा माओवादीमा पनि यहि जिम्मेवारी सम्हालेका थिए वैद्यको पार्टीमा तत्कालको लागि ७५सदस्यीय केन्द्रिय समिति गठन गरिने भएको पुरानो पार्टीमा केन्द्रिय सदस्य भएकाहरु यस नया पार्टीमा स्वत केन्द्रिय सदस्य हुनेछन नया पार्टीले क्रान्ति सफल पार्नको लागि जनयुद्ध गर्न सक्ने सम्मका लक्ष्य लिएको

Friday, May 04, 2012

तरुनीको नांगो परेड


आफ्नो देशका राजाप्रति सम्मान तथा एक्येबद्धता प्रकट गर्न त्यस देशका जनताले के गर्लान् रु यसको एउटै जवाफ नहुनसक्छ, किनकी देश गुनको भेष भनेझैँ सबैको आ आफ्नो तरिका हुनसक्छ ।
तर स्वाजिल्याण्ड भन्ने अफ्रिकी देशमा भने राजाप्रति सम्मान तथा एकता पर््रदर्शन गर्न त्यस देशका हजारौँ महिलाहरुले हालै नांगो परेड देखाएका छन् ।
अफ्रिकी महादेशकै अन्तिम सक्रिय राजतन्त्रको रुपमा रहेको स्वाजिल्याण्डका राजले बिहे गर्नका लागि केटी छान्न पनि देशभरीका तरुनी कन्याहरुलाई नांगै जुलुस निकाल्न लगाएको विषयले केही समयअघि चर्चा र विवाद उत्पन्न गराएको थियो । निरंकुश राजाले जबरजस्ती महिलाहरुलाई नंग्याएको आरोप लागेको थियो ।

कमा , र कोष्ठका -माओवादी

एकीकृत नेकपा माओवादीको मूल घरबाट यसअघि छुट्टएिर हिंडेका मातृका यादवले पनि संस्थापन पक्षलाई यसैगरी आरोप लगाएका थिए, जुन अहिले मोहन बैद्य पक्षधरले लगाएको छ । अर्थात प्रचण्ड, बाबुराम पक्षधरले क्रान्तिको बाटो बिर्सेको र संशोधनवादतर्फ लागेको भन्दै यादव ऊबेलै छुट्टएिर हिँडे । तर उनले आफू छुट्टएिको नभै प्रचण्ड र बाबुरामहरु चाहिं मूल घरबाट बाहिरिएको टिप्पणी गरे । त्यसैले उनले पार्टीको नाम पनि यसैगरी जुराए । अर्थात पहिले जनयुद्धताका भनिने नेकपा (माओवादी । यसो भन्दा आफू चाहिं मूल घरमै रहेको र एकीकृत नेकपा माओवादी चाहिं छुट्टएिर हिंडेको भन्ने अर्थ लगाउने उनको प्रयत्न थियो । तर नामले मात्र हुनेवाला केही थिएन । छुट्टएिर हिंडे लगत्तै मातृका यादव गुमनाम जस्तै भए ।
मातृकाले जे गरेका थिए, अहिले बैद्य पक्षले पनि त्यही गरेको छ । पहिले वैद्यले नयाँ पार्टीको नाम नेकपा क्रान्तिकारी माओवादी राख्ने प्रस्ताव गरेपनि सबैको सल्लाह र सुझावमा नाम नेकपा, माओवादी भन्ने रहन पुगेको छ । यो नाम राख्दा आफूहरु प्रचण्ड र बाबुरामहरु भन्दा क्रान्तिकारी ठहरिने उनीहरुको बुझाई छ । जुन नामबाट पार्टीले जनयुद्ध गरेको थियो, अहिले त्यही नाम राख्दा बढी महत्व पाउनेमा बैद्य पक्षका नेताहरु ढुक्क छन् । अर्थात मातृका यादवले जे गरेका थिए, अहिले बैद्य पक्षले त्यही गरेको छ । भन्दा मातृका यादवकै नामसित मिल्ने, तर लेख्दा चाहिं फरक हुने गरी बैद्य पक्षले नयाँ पार्टीको नाम जुराएको छ ।

५ बुँदे सहमति खारेज गर्न बैद्य पक्षको माग


एकीकृत नेकपा माओवादीको बैद्य पक्षले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने ५ बुँदे सहमति खारेजको माग गरेको छ । मोहन बैद्य किरण पक्षीय नेताहरुको बैठकले गत कार्तिकमा भएको सातबुँदे सहमति अनुसार नै ५ बुँदे सहमति भएको भन्दै खारेजको माग गरेको हो ।
बैठकपछि उपाध्यक्ष बैद्य र महासचिव रामबहादुर थापा बादलद्धारा जारी विज्ञप्तीमा सातबुँदेको सेना समायोजनसम्वन्धी विषयमा आफूहरुको असहमति रहेको र त्यही सातबुँदेको अधारमा पाँच बुँदे सहमति भएको भन्दै खारेजको माग गरिएको छ । विज्ञप्तीमा भनिएको छ(’त्यही असहमतिको सातबुँदालाई टेकेर अहिले पाँचबुँदे सम्झौताका आधार बनाउनुले त्यसबाट देशभत्त,, जनवादी तथा क्रान्तिकारी शक्तिहरुलाई अलग गर्न खोजिएको यर्थाथता प्रष्ट हुन्छ । यसरी देशभक्त तथा क्रान्तिकारी शक्तिहरुलाई अलग राखेर कस्तो राष्ट्रिय सहमति खोजिएको हो स्वयं विरोधासपूर्ण र हास्र्यापद रहेको छ ।’ माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाबीच प्रधानमन्त्री डा। बाबुराम भट्टराईको नेतृत्वमा नै सहमतीय सरकार गठन गर्ने लगायतका ५ बुँदे सहमति भएको थियो ।

Saturday, March 31, 2012

संघीयतामा बुद्धि पुर्‍याउन नेताहरुलाई राष्ट्रपतिको आग्रह


राष्ट्रपति डा.रामवरण यादवले संघीयतामा जाँदा बुद्धि पुर्‍याउन राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका छन् । उनले संघीयतना बिना संविधान जारी हुन नसक्ने भन्दै देश विखण्डन नहुने गरी संघीयतामा जानु पर्ने बताए । शनिबार शीतल निवासमा ज्ञापन पत्र बुझ्दै राष्ट्रपति यादवले संघीय प्रदेश निर्माण गर्दा कसरी गर्ने भन्ने विषयमा दलहरुले बुद्धि पुर्‍याएर काम गर्नु पर्ने उल्लेख गरे । राष्ट्रपतिले भने, मुलुकको एकता अखण्ड हुनु पर्छ । यसमा आँच नआउने गरी संघीय प्रदेशहरु निर्माण गर्नु पर्छ । त्यसले नै देश र जनताको हित हुन्छ म त्यसको पक्षमा छु ।
राष्ट्रपति यादवले प्रमुख राजनीतिक शक्तिहरुको बीचमा सहमतिको बातावरण बनेकोले जेठ १४ भित्र शान्ति र संविधान आउने विश्वास ब्यक्त गरे । दलहरुले जेठ १४ मा शान्ति र संविधान दिन्छन् भन्ने मलाई विश्वास छ, उनले भने, मैले चार प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुलाई यहि बोलाएर भनेको छु तपाईंहरु सहमति गर्नुस् जेठ १४ भित्र शान्ति र संविधान दिनुस्, म मा विश्वास बढेको छ, दलहरुवीच सहमति बन्दै गएकोले मुलुकले शान्ति र संविधान पाउँछ । माओवादी, कांग्रेस, एमाले र मधेसको शक्ति मिलेर अगाडि बढ्नु पर्छ ।
संसारमा लागु भएका शासन प्रणालीका राम्रा राम्रा पक्षलाई समेटेर लोकतान्त्रिक मुल्यमान्यता भएको शासन प्रणाली अपनाउनु पर्ने  धारणा राख्दै भने,लोकतान्त्रिक मुल्य मान्यता भएको संविधान बन्नुपर्छ ।

एक रातको सात करोड

एक रातको कमाई कति सम्म हुनसक्छ र ? के तपाई अनुमान गर्न सक्नुहुन्छ ? बढी कमाउनेले पनि केहि हजार भन्दा बढी कमाउन सक्दैन । तर हिउडकी एक नानीले एक रात कसैसंग सुतेका मुल्य सात करोड माग गरेकी छिन । के उनको माग पुरा होला त ? यस्तो भए पो मानिस मालामाल हुने थियो है ? हुनपनि बुढापाका भन्न गर्छन, भारी बाकेर पैसा कमाइन्न ,शायद यो कुरा कैली ब्रुक लाई पहिला नै थाह थियो क्यारे ।






बुबु सम्वन्धि नया तथ्य


यौन मनोविज्ञानको विषयका गरिएको एक नयाँ अध्ययनले केही नयाँ तथ्यांक बाहिर ल्याएको छ ।

अध्ययन अनुसार महिलाहरु पुरुषलाई प्रभावित पार्न र जागिरमा अवसरको लागि समेत आफ्नो छातिलाई बढि भन्दा बढि खुल्ला छाड्ने गर्छन् ।

Friday, March 30, 2012

नेविसंघ विवाद मिलाउन शीर्ष नेता


कङ्ग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा देखिएको विवाद मिलाउन सभापति सुशील कोइरालाले उपसभापति रामचन्द्र पौडेल र महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्ण सिटौलालाई जिम्मेवारी तोकेका छन्।

शान्ति प्रकृया टुंगिए संघियतासहितको नयाँ संविधान


नेपाली कङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले चैत ३० मा शान्ति प्रकृया टुंगिए संघियतासहितको नयाँ संविधान जेठ १४ मै जारी हुने बताएका छन्। उनले सेना समायोजन विशेष समितिले चैत ३० भित्रमा समायोजनमा जाने माओवादी लडाकु नेपाली सेनाको जिम्मा र हतियार राज्यको जिम्मा लगाउने तोकेको समयसीमामै काम सम्पन्न भए जेठ १४ मै नयाँ संविधान आउने दाबी गरे।
‘विशेष समितिको पछिल्लो निर्णयले राजनीति गतिरोध हटाउन मद्दत पुर्‍याएको छु(विराटनगर विमानस्थलमा शनिवार संवाददाताहरुसित कुरा गर्दै काँग्रेस नेता पौडेलले भने, ‘तर मंसिर १ गतेको डेट सारेर चैत ३० पुर्‍यायो, फेरी सार्छ कि भन्ने आशंका छँदैछ।

Wednesday, March 14, 2012

लडाकुहरुको राष्ट्रिय भेला दाङको लमहीमा


माओवादीका अवकाश प्राप्त लडाकुहरुको राष्ट्रिय भेला दाङको लमहीमा भइरहेको छ । भेलाको उद्‍घाटन एकीकृत माओवादीका केन्द्रीय महासचिव रामबहादुर थापा बादलले गरेका छन् । लडाकुहरूलाई फेरि केन्द्रीकृत गर्न भेला आयोजना गरिएको थापाले बताए । उनले आत्मसमर्पण नगरी अवकाश रोज्ने लडाकुलाई धन्यवाद दिँदै नयाँ संघर्षका लागि तयार हुन अनुरोध गरे । क्रान्ति अझै नसकिएको र जनताको चाहना पूरा नभएकाले लडाकुलाई एकीकृत गरेको उनले बताए ।
भेलामा देशभरका सातवटै डिभिजनका प्लाटुन सहकमाण्डरभन्दा माथिका लडाकु सहभागी छन् । अवकाश रोजेपछि पार्टीले कुनै भूमिका नदिएर बेवास्ता गरेकाले भेला गरेको पाँचौं डिभिजन सहकमाण्डर रामलाल रोकाले बताए ।
भेलाले लडाकुहरुको भूमिकाबारे नयाँ योजना तयार पार्ने भएको छ । ुजनमुक्ति सेनाु को औचित्य समाप्त नभएको पुष्टि गर्न भेला आयोजना गरी एकजुट हुन थालेको रोकाले बताए ।

सुनको मूल्य घटयो


स्थानीय बजारमा छापावाल सुनको मूल्य बुधबार प्रतितोला रु ५०५ ले घटेर रु ५३ हजार ५ सय कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी सङ्घका अनुसार छापावाल सुनको मूल्य म‌ंगलबार प्रतितोला रु ५४ हजार ५ कायम रहेको थियो ।
यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु ५०५ ले घटेर रु ५३ हजार २९० कायम भएको छ । तेजाबी सुनको मूल्य मंगलबार प्रतितोला रु ५३ हजार ७९५ कायम रहेको सङ्घले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला दस रुपैयाँले घटेर रु १ हजार ९५ कायम भएको सङ्घका अध्यक्ष तेजरत्न शाक्यले बताए ।

प्रधानममन्त्रीको नया सुत्र


प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपालको विकासको मूल आधार जलविद्युत नै भएको बताउनु भएको छ ।राजधानीमा आजबाट सुरु भएको हाइड्रो समिटको उद्घाटन गर्दै प्रधानमन्त्री भट्टराईले प्रजातन्त्र प्लस जलविद्युत इक्वेल टू नयाँ नेपाल सुत्रको घोषणा समेत गर्नुभयो ।
उहाँले जलविद्युतमा लगानीका लागि छुट्टै बित्तीय संस्थालाई प्रभावकारी रुपमा संचालन गरिने बताउनु भयो । सरकारले गत साउनमा मात्रै जलविद्युतमात्र लगानी गर्ने गरी जलविद्युत लगानी तथा विकास कम्पनी स्थापना गरिसकेको छ । नेपाली बैंकहरु जलविद्युतमा लगानी गर्न पूर्ण सक्षम नरहेको र दीर्घकालीन लगानी आवश्यक भएकाले यो कम्पनीलाई स्रोत साधनले सम्पन्न बनाउने उहाँको भनाई छ ।

नेपालको आईसीसी ट्वान्टी(ट्वान्टी विश्वकप क्रिकेट छनोटमा लगातार दोस्रो जित


नेपालले डेनमार्कलाई ९ विकेटले हराएर बुधबार आईसीसी ट्वान्टी(ट्वान्टी विश्वकप क्रिकेट छनोटमा लगातार दोस्रो जित हात पारेको छ । डेनमार्कले दिएको ८३ रनको विजयी लक्ष्य नेपालले ४४ बल बाँकी छाँदै पार गर्‍यो ।
दुवईको आइसीसी ग्लोवल क्रिकेट एकेडेमीमा भएको खेलमा नेपाललका लागि प्रदीप ऐरीले सर्वाधिक ६५ रन बनाएका थिए भने शरद भेषावकरले १३ रन जोडे । उनीहरुले दोस्रो विकेटका लागि नट आउट ७८ रनको साझेदारी गरेका थिए । ओपनर ब्याट्स् म्यान परेश लोहनी ३ रन बनाएर पवेलियन फर्केका थिए ।
यसअघि नेपालको सानदार प्रदर्शनमा ह्याट्रिक गरेका शक्ति गौचनले चार विकेट लिएका थिए  । त्यसैले डेनमार्कले १९ ओभरमा अलआउट हुँदै  ८२ रन मात्र बनाएको थियो ।  नेपाली बलर पृथु बास्कोटाले २ तथा सञ्जम रेग्मी र वसन्त रेग्मीले पनि १र१ विकेट लिएका थिए । दुई डेनिस ब्याट्स म्यानलाई नेपालले रन आउट गरेको थियो ।

Thursday, March 08, 2012

एएफसी च्यालेन्ज कप फुटबलको पहिलो खेलमा नेपालको हार


 काठमाडौंमा बिहीबारबाट सुरु भएको एएफसी च्यालेन्ज कप फुटबलको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह चरणको पहिलो खेलमा नेपाल प्यालेस्टाइनसँग २(० गोल अन्तरले पराजित भएको हो । हारपछि नेपाली टोलीका प्रशिक्षक ग्राहम रोवर्टसले आफ्ना खेलाडीहरुले गल्ती गरेको बताए । रोहित चन्द लगायतका भरपर्दा डिफेण्डरबाट गल्ती भएको भन्दै नेपालले त्यसको सजाय पाएको बताए । घरेलु मैदान र दर्शकको पूर्ण साथ पाएको नेपालले सुरुवाती दुई मिनेट आक्रमक खेल खेलपनि त्यसलाई निरन्तरता दिन सकेन । खेलको चौथो मिनेटमा नै प्यालेस्टाइनका फाहिद एएफ फत्ताहले गोल गर्दै अग्रता दिलाए । काउन्टर अट्याकमा प्यालेस्टाइनी खेलाडीले प्रहार गरेको बल नेपाली गोल रक्षकले रोकनेपनि बाउन्स भएर आएको बलमा पत्ताहले गोल गरेका हुन् ।

तीन दलको बैठक स्थगित गरि शीर्ष नेताहरु फुटबल हेर्न रंगशालामा


प्रमुख तीन दलका शीर्ष नेताहरुको आज हुनुपर्न बैठक भने गृहकार्य नपुगेको भन्दै स्थगित गरिए पनि दशरथ रंगशालामा भएको फुटबल हेर्न भने सँगै भेला भएका छन्। खेल हेर्न प्रधानमन्त्री बाबुराम भट्टराई लगायत शीर्ष नेताहरु भीआइपी दीर्घामा उपस्थित छन्।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कङ्ग्रेस सभापति सुशील कोइराला, विपक्षी दलका नेता रामचन्द्र पौडेल, एमाले नेता माधवकुमार नेपाल, केपी ओली, वामदेव गौतम, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख सुवास नेम्वाङ, राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि रंगशालाको भीआइपी दीर्घामा छन्।

बैठक स्थगित

लडाकुबाट वाइसीएल बनेकाहरूलाई प्याकेज दिने विषयमा टुंगो लगाउन आज बस्ने भनिएको संयुक्त बैठक स्थगित भएको छ। पार्टी हेडक्वार्टर, लडाकुका कमाण्डर, वाइसीएल प्रतिनिधिसहित बैठक बसेर लडाकु वाइसीएललाइ दिने प्याकेज टुंगो लगाउने तयारी भएको थियो। कमाण्डर पासाङजी बाहिर जानु भएका कारण बैठक नबस्ने भयो। २९ गते बस्ने तयारी भएको छ। वाइसीएलका पूर्व महासचिव दिलिप प्रजापतिले भने। लडाकुबाट वाइसीएल बनेकाको तथ्याङ्क संकलन गर्ने तयारी भएको उनले बताए।

Tuesday, March 06, 2012

कांग्रेसले जातीय आधारमा हुने संघलाई अस्वीकार गर्ने


प्रमुख प्रतिपक्ष कांग्रेसले संघीयता जातीय आधारमा हुन नसक्ने बताएको छ । तराई केन्द्रित १६ जिल्लाका नेता तथा कार्यकर्ताबीच मंगलबार भएको अन्तक्रिर्या र छलफलपछि कांग्रेस जातीय आधारमा हुने संघलाई अस्वीकार गर्ने टुंगोमा पुगेको हो ।
मधेसी नेता तथा कार्यकर्ताले नै जातीय आधारमा संघीयतामा नजान नेतृत्वलाई दबाब दिएका थिए । कांग्रेस सभापति सुशील कोइरालाले अब बहुजातीय र बहुभाषिक प्रदेश बनाउनुपर्छ भन्ने पार्टीको संस्थागत धारणा हुने बताए । पार्टीले यसअघि पटक(पटक छलफल गरे पनि संघीयताबारे संस्थागत धारणा ल्याउन सकेको थिएन । इटहरी भेलापछि कांग्रेसले सातभन्दा बढी प्रदेश निर्माण गर्न नहुने निष्कर्षसमेत निकालेको छ । स्थानीय नेता तथा कार्यकर्ताले बहुजातीय,बहुभाषीको आधारमा संघ निर्माण गर्नुपर्ने, संघको संख्या सातभन्दा बढी बनाउन नहुने र सीमांकन गर्दा जिल्ला टुक्र्याउन नपाइने धारणा व्यक्त गरेका थिए । कांग्रेस सभापति कोइरालाले जातीय आधारमा संघीयतामा जाँदा धेरै देशहरू टुक्रेको बताउँदै थोरै र सबैलाई समेट्ने ढंगको राज्य पुनर्संरचना गरिनुपर्ने बताए । हिमाल, पहाड र तराई तीनै प्रदेशबीच कसरी विश्वासको वातावरण बनाउन सकिन्छ भनेर कांग्रेसले तराईको विचार लिन यो भेला गरेको हो,उनले भने । कांग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले गरेको भेलामा राज्य पुनर्संरचनाको बहस र कांग्रेसको भूमिका बारेमा गगन थापा र शान्ति प्रक्रिया र कांग्रेसको भूमिकाबारे मिनेन्द्र रिजालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

पर्यटन मन्त्री लोकेन्द्र बिष्टमगर अबुधावी बिमानस्थलमा समातिए


भिसा नै नलगाएको रातो पासपोर्ट बोकेर जर्मनी जान संयुक्त अरब इमरेट्सको अबुधावी पुगेका नेपालका पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र बिष्टमगर संयुक्त अरव इमरेट्सको अबुधावी बिमानस्थलमा समातिएका छन् । जर्मनीमा बुधबारदेखि सुरु हुन लागेको पर्यटन मेलामा भाग लिन सोमबार साँझ पत्नीसहित अबुधावी पुगेका मन्त्री बिष्ट त्यहाँको अध्यागमनद्वारा समातिए हुन् । मन्त्री बिष्टले बोकेको कुटनीतिक पासपोर्टमा जर्मनी जाने भिसा नभएको पाएपछि अवुधावी अध्यागमनले उनलाई नियन्त्रणमा लिई सोधपुछ गरेको थियो । स्रोतका अनुसार करिव ४ घण्टा सोधपुछ गरेपछि बिभिन्न च्यानलबाट उनी नेपालका मन्त्री नै भएको प्रमाणित भएपछि उनलाई अध्यागमन कार्यालयमै राखिएको थियो । कुटनीतिक पासपोर्टमा भिसा नलगाई जान पाइन्छ भन्ने ठानेका नेपालका पर्यटनमन्त्री अन्ततः ४८ घण्टासम्म बिदेशी अध्यागमनको नियन्त्रणमा बस्नुपर्ने अबस्था आयो । युएईका लागि कार्यवाहक नेपाली राजदूत दीपक अधिकारीका अनुसार मन्त्री बिष्ट अहिले अबुधावीको ट्रान्जिट होटलमा आराम गरिरहेका छन् । उनको पासपोर्टमा भिसा लगाउनका लागि दुवईस्थित नेपाली दूतावासका अधिकारीले पहल गरिरहेका छन् । ‘आज कार्यलय समयमा भिसा लिन सकिएन’( अधिकारीले भने(’सम्भवत भोली हामी भिसा लिन्छौ र मन्त्री ज्यू भोली साँझ नै जर्मनीतिर लाग्नुहुन्छ ।’ कार्यालय समय २ बजे नै सकिने भएकाले मंगलबार त्यहाँस्थित जर्मन दूतावासमा भिसा लिन नसकिएको अधिकारीको भनाई छ । ‘अबुधावीकै ट्रान्जिट भिसा पनि लिन समय पुगेन’( अधिकारीले भने ‘भोलीसम्म उहाँ एअरपोर्टभित्रै रहेको ट्रान्जिट होटलमा रहनुहुनेछ ।’

Sunday, March 04, 2012

राजधानीमा लिपिस्टिक आतंक


राजधानी काठमाण्डौं आजकाल अनेक कारण तनावग्रस्त छ । कहिले बबरमहलमा बम विस्फोट भएर त कहिले कालीमाटीमा भिषण आगलागी भएर । यी अनेक खालका तनावले समस्याग्रस्त राजधानी आईतवार पनि दिनभर बमको हल्लाले अशान्त रहयो । खुलामञ्चमा नेकपा एमालेका नेताहरु कांग्रेस माओवादीलाई सत्तोसरापमा लिप्त भइरहदा यता वानेश्वरमा भने बमको हल्लाले पुरै शहर आतंकित थियो । यहि हल्लापछि नेपाल आर्मीको बम डिस्पोजल टोली वानेश्वर पुग्यो ।
नया वानेश्वरमा बम राखेको हल्ला सर्वत्र चल्यो । जसले गर्दा सर्वसाधरणलाई त्यता जान समेत दिइएन । सवारी जामको कुरै भएन,काठमाण्डौं पुरै अस्तब्यस्त थियो,एकातिर एमालेको सभाले अनि अर्कोतिर बमको हल्लाले ।

बबरमहल बम काण्ड- ६ जना अभियुक्त पक्राउ पछि सार्वजनिक


गत सोमबार ३ जनाको ज्यान जानेगरी बबरमहलमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ। महानगरीय प्रहरी आयुक्तको कार्यालयमा घटनाको छानबिन गर्न गठित समितिले आज पत्रकार सम्मेलन गर्दै संलग्नहरुको नाम सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरुमा भीमबहादुर तामाङ, निमा तामाङ, बुद्धिबहादुर गोले, प्रेम तामाङ, सुरेश लामा र सागर लामा छन्।पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विस्फोट हुनु एक घण्टाअगाडि प्रेम तामाङ, सागर लामा र सुरेश लामाले बबरमहलमा बम राखेका थिए।
निमा तामाङ, भीमबहादुर तामाङ र बुद्धिबहादुर गोलेले विस्फोट गराउने स्थान छनौट, बम बनाउने र योजना बनाउने काम गरेका थिए। घटनाका मुख्य योजनाकार देवराज लामा भएको प्रहरीले बताएको छ। उनी हाल फरार छन्। विस्फोटमा भीमबहादुर तामाङले संयोजनकारी भूमिका निभाएका थिए।
नेकपा एमालेका प्रभावशाली नेता शर्मा ओली कुनै सभासमारोहमा बोल्दा धेरैको ध्यान उहाँतर्फ आकषिर्त हुन्छ । भाषण गर्दा केही न केही तुक्का जोड्ने कलाले धेरैलाई उहाँप्रति आकर्षण बढाएको हो । राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको उद्घाटन समारोहमो विशाल पंक्ति अगाडि उभिँदा पनि ओलीले दुईचारवटा तुक्का गाँस्न भ्याउनुभयो । माओवादीको कटाक्षमा समय खर्चेका ओलीले आफ्नो लामो भाषणको क्रममा मिसाएका केही तुक्का यस्तो थियो-

· माओवादीले उत्ताउलो र उग्रव्यवहार मच्चाउँदै गएको छ । बाँदरलाई खेताला लगाएर कसैले पनि मकैको कुन्यु खडा गनै सक्दैन ।

एमालेको गाली पुराण खुलामञ्चमा

Jhalanath khanal
शान्ति र संविधानको लागि दबाव तथा पार्टीको आन्तरिक एकताको सन्देश दिन भन्दै आइतबार देशभरबाट कार्यकर्तालाई खुलामञ्च बोलाएको एमालेले यो भन्दा बढी गाली पुराण सुनायो । खुलामञ्च र आसपासमा भरिभराउ कार्यकर्ता देखेर उत्साहित भएका एमाले शीर्ष नेताहरुले माओवादी र कांग्रेसले केही गर्न नसकेकोले एमालेले मात्रै देशलाई निकास दिनसक्ने बताए । तर, पहिलेदेखि भन्दै आएको उही मध्यमार्गी धार बाहेक निकास दिने अचुक उपाय के हो भन्ने चाहिं कसैले केही भनेनन् । ‘माओवादी र कांग्रेसले लोकतन्त्र बचाउन सक्दैनन्’ पार्टी अध्यक्ष झलनाथ खनालले भन्नुभयो(’माओवादीमा ठूलो दलको अहम रहेको र कांग्रेसलाई आफूमात्रै लोकतन्त्रको मसिहा भन्ने भ्रम छ । तर वास्तवमा लोकतन्त्र बचाउन एमालेबाट मात्र सम्भव छ ।’ तर कसरी भन्ने जवाफ भने खनालसित पनि छैन ।

Friday, February 03, 2012

राजदूतहरुको नाम अनुमोदन

प्रस्तावित राजदूतहरु
संसदीय सुनुवाई विशेष समितिले विभिन्न १० देशका लागि प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेको छ । प्रस्तावित राजदूतहरुसँग बिहीबार र शुक्रबार छलफल गरि समितिले सर्बसम्मतले अनुमोदन गरेको हो । समितिको अनुमोदनपछि प्रस्तावित राजदूतहरुको नियुक्तिका लागि बाटो खुलेको छ ।