Saturday, April 16, 2011

दस दिनमा सहमति नभए दुर्घटना-डा.भट्टराई

माओवादी उपाध्यक्षँ डाक्टर बाबुराम भट्टराईले शान्ति र संविधानको बाँकी काम टुंगोमा पुर् याउन नेपाली कांग्रेससँग साझेदारी आवश्यक भएको बताउनुभएको छ । एमालेसँगको सत्ता साझेदारीमा खटपट भइरहेको बेला उपाध्यक्ष भट्टराईले सानेपास्थित आफ्नै निवासमा पत्रकारहरुसंग कुरा गर्दै अहिलेको सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन नसके कांग्रेससँग सहकार्य गर्नुपर्ने स्पष्ट पार्नुभयो । उपाध्यक्षँ भट्टराईले अबको १० दिन भित्र राजनीतिक गतिरोध अन्त्यका लागि निर्णायक सहमति नभए मुलुक गम्भिर दुर्घटनामा पर्ने पनि बताउनुभयो । मुलुक दुर्घटनाको संघारमा पुगेको दोहोर् याउंदै उहाँले संविधान सभा भंग गर्ने तर्फ लागेमा थप अराजकता निम्तिने स्पष्ट पार्नुभयो । कांग्रेससंग सहमति गरी राष्ट्रिय सहमतिको सरकार बनाएर संविधान लेखनको प्रारम्भीक मस्यौदा तयार गर्न सके त्यसपछि सहमतिमा संविधान सभाको म्याद बढाउन सकिने भट्टराईको धारणा थियो । पार्टीमा देखिएको आन्तरिक विवादका सन्दर्भमा उहाँले शान्तिपुर्ण र खुला छलफलबाट विवाद व्यवस्थापन हुने विश्वास पनि व्यक्त गर्नुभयो ।जनविद्रोह सैद्धान्तिक मात्र भएको भन्दै उहांले व्यवहारिक रुपमा भने शान्ति र संविधान निर्माणमा नै ध्यान केन्द्रीत गर्नुपर्ने बताउनुभयो ।

भुटानले वार्ता समिति सकि्रय वनाउने

भुटानी प्रधानमन्त्री जिग्मे वाइ थिन्लेले द्धिपक्षिय वार्ता गरेर भुटान छाडेर नेपाल आएका आफ्ना वास्तविक नागरिकलाई फिर्ता लान सकिने बताउनुभएको छ । तीन दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किने क्रममा भुटानी प्रधानमन्त्री थिन्लेले छिट्टै द्धिपक्षीय वार्ता थाल्ने सहमति भएको र कति शरणार्थी फिर्ता लाने भन्ने बारे चांडै निर्णय गर्न सकिने पनि बताउनुभयो । २०६० कार्तिक ३ गतेदेखि अवरुद्ध भएकॊ नेपाल भुटान-संयुक्त दिपक्षीय वार्ता समितिलाई सकि्रय बनाउने सहमति भएको पनि थिन्लेले जानकारी दिनुभयो । दक्षिण एसीयाली क्षेत्रीय सहयोग संगठन सार्कको अध्यक्षको हैसियतमा नेपाल भ्रमणमा आउनु भएका भुटानी प्रधानमन्त्रीले व्यापार वाणिज्य पर्यटन जलबायु परिवर्तनका विषयमा नेपाली समकक्षीसँग छलफल भएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा साचारकर्मीले शरणार्थीको संख्या बारे प्रश्नगर्दा थिन्ले ८० हजार शरणार्थी छन् भन्ने बारे आफ्नो सरकारलाईलाई थाहै नभएको भन्दै पन्छिनु भएको थियो । शरणार्थीका विषयमा नेपालले चासो देखाउँदै आएपनि भुटानी पक्ष यस विषयमा उदासीन बनेपछि नेपालमा रहेका करिव ४४ हजार भुटानी शहरणार्थी विश्विका विभिन्न मुलुकमा स्थानान्तरण भइसकेका छन् । सन् १९९० देखि कूल जनसंख्याको २० प्रतिशत नेपाल भाषीलाई भुटान सरकारले बलपूर्वक देश निकाला गरेको थियो ।

Wednesday, April 13, 2011

सुन झन महंगो

सुनको मूल्य यो सातामा स्थानीय बजारमा अहिलेसम्मकै उच्च बिन्दुमा पुग्यो । स्थानीय बजारमा साताको पहिलो दिन आइतवार छापावाल सुन प्रतितोला ४१ हजार तीन सय ५० रुपैयाँमा कारोवार भएपनि सोमवार अघिल्लो दिनको मूल्यमा प्रतितोला एक सयले गिरावट आई ४१ हजार दुई सय ५० मा कारोवार भएको थियो । तेस्रो दिन मंगलवार अघिल्लो दिनको मूल्यमा दुई सय ५० रुपैयाँले बृद्धि भई प्रतितोला ४१ हजार पाँच सयमा कारोवार भएको थियो । बुधवार अघिल्लाृे दिनको मूल्यमा कुनै परिबर्तन नभई मंगलवारकै मूल्यमा कारोवार भएको थियो । साताको पाँचौ दिन विहिबार स्थानीय बजारमा अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ५० रुपैयाँले बृद्धि भई ४१ हजार ६ सय ५० रुपैयाँमा कारोवार भयो । अन्तिम दिन शुक्रवार पनि अघिल्लो दिनको मूल्यमा नै कारोवार भयो । स्थानीय बजारमा विहिबार र शुक्रवार कारोवार भएको सुनको मूल्य हालसम्मकै उच्च हो । यस्तै सातामा तेजावी सुन र चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । तेजावी सुन प्रतितोला ४१ हजार चार सय ४० रुपैयाँ र चाँदी प्रतितोला एक हजार दुई सय ८५ रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।