Wednesday, August 13, 2008

ग्रेट नेपालको नक्सा र्सार्वजनिक

एकीकृत नेपाल राष्ट्रिय मोर्चाले राजधानीको थानकोटमा ग्रेटर नेपाल - टिस्टादेखि सतलजसम्मको भूभाग अंकित) नक्सा र्सार्वजनिक गरेको छ । १० फिट लामो र ४ फिट चौडा ग्रेटर नेपालको नक्सा थानकोट प्रहरी पोष्ट अगाडिको चोकमा कोणसभाका आयोजना गरी र्सार्वजनीक गरिएको छ । एक जुलुससहित थानकोट प्रहरी पोष्ट पुगेका थानकोटका बासिन्दाले भारतीय विस्तारवाद विरुद्ध चर्को नाराबाजी गर्दै ग्रेटर नेपालको पक्षमा नारा लगाएका थिए ।उक्त कार्यक्रममा मोर्चाले ग्रेटर नेपालको नक्सा टा“ग्ने कार्यक्रम देशब्यापीरुपमा गर्ने घोषणा गरेको छ । कोणसभालाई सम्बोधन गर्दै मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले ग्रेटर नेपालका निम्ति आन्दोलन जारी राख्न्ो बताउ“दै ग्रेटर नेपाल कायम हु“दा नेपालको पर्ूर्वी सीमाना बंगलादेशस“ग जोडिने भएकोले यसबाट नेपालले पारवहनको समस्याबाट मुक्ति पाउने बताउनुभयो ।