Friday, February 18, 2011

अलकायदाले मान्छे उचालेको गद्धाफीको आरोप

लिबियाका नेता कर्नल मुअम्मर गद्दाफीले लिबियाका जनताले आफुलाई माया गर्ने दावी गर्दै आफनो विरुद्ध उनीहरु प्रर्दशनमा नउत्रिएको बताएका छन् । गद्दाफीले प्रर्दशनकारीलाई अल कायदाले उस्काएको आरोप पनि लगाएका छन । विविसिसंगको अन्र्तवार्तामा गद्दाफीले लिबियाका जनता आफू प्रति बफादार रहेको वताएका छन । उनले सुरक्षाकर्मीलाई प्रर्दशनकारी माथि गोली प्रहार गर्न आदेश नदिएको पनि दावी गरे । यसैबीच लिबियाको मिसारत शहरमा प्रर्दशनकारी र समर्थकबीच झडप भएको छ ।

Thursday, February 17, 2011

Khabar Sansar: माओवादी सरकारमा नजाने

www.hamrakura.com ,www.facebook.com,www.hi5.com.Khabar Sansar: माओवादी सरकारमा नजाने

यहि चालले संविधान बन्छ ?

साना दलसहित तीन दलका शीर्ष नेता सम्मिलित समिति बनाउने विषयमा छलफल गर्न वसेको संवैधानिक समितिको बैठकमा सदस्यहरु वोल्ने क्रम नसकिएपछि आज समिति गठन भएन । संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यको आह्वानमा हिजो बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले अन्य दलसँग छलफल गरी संवैधानिक समितिको मातहत रहने गरी आज उपसमिति बनाउने निर्णय गरेका थिए । तर सबै सदस्यले बोल्नेक्रम नसकिएकाले यसबारेमा भोलिमात्र टुङ्गो लाग्ने समितिका सभापति निलाम्बर आचार्यले जानकारी दिनुभयो । बैठकमा कांग्रेसले राज्य पुनस्रंरचना आयोग गठन गर्नुपर्ने प्रस्ताव गरेको छ । संसदीय दलका नेता रामचन्द्र पौडेलले राज्य पुनस्रंरचना आयोग गठन गरी राज्य पुनस्रंरचना गरे समयमै संविधान निर्माण हुने बताउनुभयो । माओवादी नेता देव गुरुङले आयोग गठनप्रति असहमति जनाउँदै संविधान संशोधन गरी समितिको प्रतिवेदनमाथि नै छलफल गर्नुपर्ने बताउनुभयो । गुरुङले राज्य पुनस्रंरचना आयोग गठनबारे संविधानसभा अध्यक्ष र अन्य दलसँग छलफल गरी टुंग्याउनुपर्ने बताउनुभयो । तर संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यले विवादित विषय संवैधानिक समितिले टुंग्याउन नसके सिधै संविधानसभामा जाने बताउनुभएको छ । तीन दलका शीर्ष नेताहरुले उपसमिति गठन गर्ने सहमति गरे पनि त्यसलाई संवैधानिक समितिले अनुमोदन गर्नुपर्ने उहाँको भनाई थियो । संविधानसभामा अझै ८३ बुँदामा सहमति जुट्न सकेको छैन ।

एमालेको मुलुक दुर्घटनामा फस्ने-यादव

फोरम अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिष्ट पार्टीले कम्युनिष्टको सिद्धान्त र नामको वदनाम गरेको आरोप लगाउनुभएको छ । बारामा मंगलवार पत्रकार सम्मेलनमा वोल्दै अध्यक्ष यादवले कम्युनिष्ट पार्टीहरु साइन वोर्डमा सिमित रहेको वताउनुभएको छ । उहाले एमालेको कारण देश दुर्घटनामा पर्ने समेत वताउनुभयो । यादवले एमाले र माओवादी विच भएको सात वुदे गोप्य सहमतिले मुलुक र शान्ति प्रकि्रया धरापमा पर्ने चेतावनी समेत दिनुभयो । उहाले सेना समायोजनको ढाचा कुनै दलले नभई सेना समायोजन विशेष समितिले तयार पार्नुपर्ने वताउनुभयो । एमाले र माओदीविच भएको सात वुदे सहमतिमा माओवादी सेना अलग्गै फौज वनाई राख्ने सहमति भएको छ । उहाले वाम गठ वन्धन मात्र नभई वाम लोकतान्त्रिक तथा मधेशी गठवन्धन हुनुपर्ने वताउनुभयो ।

Tuesday, February 15, 2011

न्युजिल्याण्डमा शक्तिशाली भुकम्प

न्यूजिल्यान्डको राजधानी क्राइष्ट चर्चमा ६ दशमलव तीन रेक्टर स्केलको भूकम्पमा जाँदा ६५ जनाको मृत्युभएको छ । राजधानी क्राइष्ट चर्चबाट १० किलोमिटर दक्षिणपूर्वमा केन्द्रबिन्दू रहेको भूकम्पले ब्यापक जनधन क्षति गरेको बताइएको छ । भत्किएका भवनहरुमा उद्धार तथा खोजी कार्य जारी छ । भूकम्पपछि सरकारले न्युजिल्यान्डमा संकटकाल घोषणा गरेको छ । प्रधानमन्त्री जोन कीले खोजी उद्धार र राहत कार्यलाई तीब्रता दिन निर्देशन दिएका छन् ।

फेरि नयाँ सहमति

काठमाण्डौं-फागुन ३ गते मंगलवार ।
सरकार र माओवादीविच फेरि अर्को सहमति भएको छ । प्रधानमन्त्री झलनाथ खनाल चयन हुने वेलामा गत फागुन २० गते माओवादी र एमाले अध्यक्ष विच सात वुदे सहमति भएको थियो । सहमतिमा भएका कतिपय वुदामा अन्य दलहरु मात्र होईन स्वयम एमालेले समेत असहमति राखेपछि सहमतिका यी वुदा अन्यौलमा परेका थिए । सहमतिमा एमाले र माओवादीविच आलोपालो गरि सत्ता साचालन गर्नेमाओवादी लडाकुलाई अलग्गै फोस्र बनाई राख्ने लगायतका सहमति भएको थियो । यसमा एमाले अध्यक्ष झलनाथ खनाल सहमत भएपछि उनलाई माओवादीले मतदान गरि प्रधानमन्त्रीमा निर्वाचित गरेको थियो । तर यी दुई दलहरुविच भएको यो सहमतिमा एमालेले नै असहमति जनाएपछि सहमति कार्यान्वयन हुन सकेको थिएन । यसलाई परिमार्जन सहित मंगलवार माओवादी-एमालेले नया सहमति गरेका छन । नया सहमतिमा पुराना विवादस्पद कुरा परिमार्जन गरिएको छ । यसअघि जनताको समावेशी संविधान वनाउने भनिएकोमा अहिले हालसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्ने उल्लेख गर्दै लोकतान्त्रिक शब्दको समेत उल्लेख गरिएिको छ । सहमतिमा गृह मन्त्रालय माओवादीलाई दिने पनि उल्लेख गरिएको छ ।