Wednesday, February 23, 2011

एमालेको कुरा माओवादीले वुझेन

एकीकृत नेकपा माओवादीले सातबुँदे सहमतिबारे एमालेको निर्णयप्रति आपत्ति जनाउँदै थप स्पष्ट पार्न माग गरेको छ । िसंहदरवारमा आज माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनाल बीच भएको भेटमा दाहालले सात बँदे सहमतिको विषयमा एमालेलेको आधिकारीक धारणा माग गर्नुभएको थियो । दाहालको जवाफलमा खनालले सात बुँदेको मर्म जस्ताको तस्तै भएको र यस विषयमा सशंकीत नहुन आग्रह गर्नुभएको थियो । यस अघि हिजो बसेको दुई दलका शीर्ष नेताको बैठकमा पनि माओवादी अध्यक्ष पुष्पकमल दाहालले सातबुँदे सहमति पालना हुन्छ कि हुँदैन भन्ने प्रश्न गर्नुभएको थियो । जवाफमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनालले सहमतिको भाषामा सामान्य परिमार्जन भए पनि पालना गर्दै अघि बढ्ने बताउनुभएको थियो । छलफलमा एमालेबाट प्रधानमन्त्री खनालका साथै बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेल तथा माओवादीबाट अध्यक्ष दाहालका साथै उपाध्यक्षहरु मोहन बैद्य डाक्टर बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्थ्यो । छलफलमा माओवादीका नेताहरुले सातबुँदे सहमतिको आफूखुसी व्याख्या गरेको भन्दै आपत्ति जनाएपछि एमाले नेताहरुले १२ बुँदे सहमतिका आधारमा मुलुक यहाँसम्म आएको स्मरण गराउँदै त्यसको भावनाविपरित जाँदा अरु दलले नमान्ने भएकाले मध्यमार्गी बाटो निकालेको बताएका थिए । प्रधानमन्त्री खनाल र माओवादी नेताहरु बाहिरिएपछि एमाले संसदीय दलको कार्यालयमा नेता केपी ओलीसहित एमालेका तीन नेताको छुट्टै बैठक बसेको थियो । यसैविच एमालेले सात वुदे संशोधन गरेपछि यसमा आफनो धारणा वनाउन विहिवार वस्ने भनिएको एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठक स्थगित भएको छ । बैठकको तयारी नपुगेकाले स्थगित गरिएको स्थायी समिति सदस्य देव गुरुङले वताउनुभयो । उहाले एमालेसंग छलफल जारी रहेकोले आजको वैठक स्थगीत गरिएको वताउनुभयो । स्थगित बैठक शुक्रबार हुनेछ ।

Tuesday, February 22, 2011

राष्ट्रपति यादवको चित्त चिकित्सकले दुखाए

चिकित्सकहरुले विभिन्न समयमा आपतकालिन सेवा समेत ठप्प पार्ने गरेको प्रति राष्ट्रपति डाक्टर रामवरण यादवले असन्तुष्टि पोख्नुभएको छ । विहिवारबाट नेपालगंजमा सुरु भएको चिकित्सक संघको २५औं सम्मेलन उदघाटन गर्दै राष्ट्रपति डाक्टर यादवले आकस्मिक सेवा वन्द नगर्न आग्रह गर्नुभयो । उहाले चिकित्सकहरुलाई आफ्नो जिम्मेवारी र पेशागत मर्यादाको पालना गर्न पनि आग्रह गर्नु भयो । संक्रमणकाल लम्बिएका कारण देशले निक्कै उतार चढाबको सामना गर्नु परेको उहाँले बताउनुभयो । लोकतन्त्रलाई स्थायित्व दिन सकिए नेपालले छिटटै आर्थिक क्षेत्रमा फड्को मार्ने उहाँको भनाई छ । राष्ट्रपति यादवले राजनीतिक अस्थिरताका कारण यति बेला नेपाली जनता मृगले कस्तुरी खोज्नका लागि भौतारिए जस्तै भौतारिरहेको बताउनुभयो । राष्ट्रपति यादबलाई संघले मानार्थ सदस्यता समेत प्रदान गरेको छ । स्वास्थ्य सेवा नपुगेको ठाउँमा सेवा पुर् याऔं भन्ने नाराका सम्मेलन सुरु भएको हो । सम्मेलनमा देश बिदेशका गरी २ हजार चिकित्सक सहभागि छन् । तीन दिन सम्म चल्ने सम्मेलनमा नेपाली तथा विदेशी चिकित्सकहरुबाट ६० भन्दा बढी कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।