Wednesday, March 14, 2012

लडाकुहरुको राष्ट्रिय भेला दाङको लमहीमा


माओवादीका अवकाश प्राप्त लडाकुहरुको राष्ट्रिय भेला दाङको लमहीमा भइरहेको छ । भेलाको उद्‍घाटन एकीकृत माओवादीका केन्द्रीय महासचिव रामबहादुर थापा बादलले गरेका छन् । लडाकुहरूलाई फेरि केन्द्रीकृत गर्न भेला आयोजना गरिएको थापाले बताए । उनले आत्मसमर्पण नगरी अवकाश रोज्ने लडाकुलाई धन्यवाद दिँदै नयाँ संघर्षका लागि तयार हुन अनुरोध गरे । क्रान्ति अझै नसकिएको र जनताको चाहना पूरा नभएकाले लडाकुलाई एकीकृत गरेको उनले बताए ।
भेलामा देशभरका सातवटै डिभिजनका प्लाटुन सहकमाण्डरभन्दा माथिका लडाकु सहभागी छन् । अवकाश रोजेपछि पार्टीले कुनै भूमिका नदिएर बेवास्ता गरेकाले भेला गरेको पाँचौं डिभिजन सहकमाण्डर रामलाल रोकाले बताए ।
भेलाले लडाकुहरुको भूमिकाबारे नयाँ योजना तयार पार्ने भएको छ । ुजनमुक्ति सेनाु को औचित्य समाप्त नभएको पुष्टि गर्न भेला आयोजना गरी एकजुट हुन थालेको रोकाले बताए ।

सुनको मूल्य घटयो


स्थानीय बजारमा छापावाल सुनको मूल्य बुधबार प्रतितोला रु ५०५ ले घटेर रु ५३ हजार ५ सय कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी सङ्घका अनुसार छापावाल सुनको मूल्य म‌ंगलबार प्रतितोला रु ५४ हजार ५ कायम रहेको थियो ।
यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु ५०५ ले घटेर रु ५३ हजार २९० कायम भएको छ । तेजाबी सुनको मूल्य मंगलबार प्रतितोला रु ५३ हजार ७९५ कायम रहेको सङ्घले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य प्रतितोला दस रुपैयाँले घटेर रु १ हजार ९५ कायम भएको सङ्घका अध्यक्ष तेजरत्न शाक्यले बताए ।

प्रधानममन्त्रीको नया सुत्र


प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले नेपालको विकासको मूल आधार जलविद्युत नै भएको बताउनु भएको छ ।राजधानीमा आजबाट सुरु भएको हाइड्रो समिटको उद्घाटन गर्दै प्रधानमन्त्री भट्टराईले प्रजातन्त्र प्लस जलविद्युत इक्वेल टू नयाँ नेपाल सुत्रको घोषणा समेत गर्नुभयो ।
उहाँले जलविद्युतमा लगानीका लागि छुट्टै बित्तीय संस्थालाई प्रभावकारी रुपमा संचालन गरिने बताउनु भयो । सरकारले गत साउनमा मात्रै जलविद्युतमात्र लगानी गर्ने गरी जलविद्युत लगानी तथा विकास कम्पनी स्थापना गरिसकेको छ । नेपाली बैंकहरु जलविद्युतमा लगानी गर्न पूर्ण सक्षम नरहेको र दीर्घकालीन लगानी आवश्यक भएकाले यो कम्पनीलाई स्रोत साधनले सम्पन्न बनाउने उहाँको भनाई छ ।

नेपालको आईसीसी ट्वान्टी(ट्वान्टी विश्वकप क्रिकेट छनोटमा लगातार दोस्रो जित


नेपालले डेनमार्कलाई ९ विकेटले हराएर बुधबार आईसीसी ट्वान्टी(ट्वान्टी विश्वकप क्रिकेट छनोटमा लगातार दोस्रो जित हात पारेको छ । डेनमार्कले दिएको ८३ रनको विजयी लक्ष्य नेपालले ४४ बल बाँकी छाँदै पार गर्‍यो ।
दुवईको आइसीसी ग्लोवल क्रिकेट एकेडेमीमा भएको खेलमा नेपाललका लागि प्रदीप ऐरीले सर्वाधिक ६५ रन बनाएका थिए भने शरद भेषावकरले १३ रन जोडे । उनीहरुले दोस्रो विकेटका लागि नट आउट ७८ रनको साझेदारी गरेका थिए । ओपनर ब्याट्स् म्यान परेश लोहनी ३ रन बनाएर पवेलियन फर्केका थिए ।
यसअघि नेपालको सानदार प्रदर्शनमा ह्याट्रिक गरेका शक्ति गौचनले चार विकेट लिएका थिए  । त्यसैले डेनमार्कले १९ ओभरमा अलआउट हुँदै  ८२ रन मात्र बनाएको थियो ।  नेपाली बलर पृथु बास्कोटाले २ तथा सञ्जम रेग्मी र वसन्त रेग्मीले पनि १र१ विकेट लिएका थिए । दुई डेनिस ब्याट्स म्यानलाई नेपालले रन आउट गरेको थियो ।