Saturday, November 14, 2009

सबै समस्यालाई सदनबाटै समाधान गर्नुपर्ने -राष्ट्रपति

राष्ट्रपति डा. रामवरण यादवले सबै समस्यालाई सदनबाटै समाधान गर्नुपर्ने बताएका छन्। सप्तरीको छिन्नमस्ता भगवतीको दर्शन गर्न शनिबार बिहान सखडा पुगेका राष्ट्रपति यादवले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने बताए।
लोकतन्त्रको स्थायित्व, स्थायी शान्तिको कामना र मुलुकका सबै समस्या समाधान होस् भनी आफूले छिन्नमस्ता भगवतीसँग कामना गरेको उनले बताए।
लोकतान्त्रिक पृष्ठभूमिबाट आफू आएकोले लोकतन्त्रको हरण नहोस् भनी आफू सचेत रहेको बताउँदै उहाँले ६० वर्षको लोकतन्त्रको आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने बेलामा मुलुक एक ढिक्का हुनुपर्ने आवश्यकतामाथि जोड दिए।
यसैगरी स्थानीय राजनीतिक दल, व्यापारी, अधिकारकर्मी तथा बुद्धिजीवीहरूसँग समेत उहाँले छलफल गरे। सो क्रममा उनले समयमै संविधान निर्माण हुनुपर्ने आवश्यकतामा जोड दिए।सो अवसरमा राष्ट्रपति यादवलाई मन्दिर क्षेत्रको विकास, सडक निर्माण तथा राजविराज विमानस्थल सञ्चालनका लागि आग्रह गरिएको थियो। राष्ट्रपति यादवले अर्थ सचिव रामेश्वर खनाललाई मन्दिरको विकास तथा सडक निर्माणका लागि आवश्यक कार्य गर्न निर्देशन दिए।
अत्यन्त कडा सुरक्षाबीच राष्ट्रपति यादवले मन्दिर परिसरबाहिर रहेका जनताबीच गएर अभिवादन स्वीकार गरेका थिए। राजविराज नगरपालिकादेखि १० किलोमिटर दक्षिण छिन्नमस्ता गाविसमा अवस्थित छिन्नमस्ता भगवतीको मन्दिर मुलुककै प्रसिद्ध शक्तिपीठहरूमध्येको एक हो।
करिब १२५ वर्षअघि छिन्नमस्ता भगवती मन्दिर भत्किन लाग्दा त्यहाँका बासिन्दा च्याखुरी नानी र चुन्नीलाल ठाकुरले सफा गराई एउटा सानो मन्दिर निर्माण गरेका थिए।
उक्त मन्दिर वि.सं. १९९० को महाभूकम्पमा भत्किएकाले त्यसबेलाका पुजारी अनिरुद्ध ठाकुरले चन्दा सङ्कलन गरी ग्रामीण समाजको सहयोगमा टिनको छाना भएको मन्दिर निर्माण गरेका थिए।त्यसपछि वि.सं.२०२८ मा भारतका तत्कालीन रेलमन्त्री ललितनारायण मिश्रले टिनको छाना भएको मन्दिरको स्थानमा विशाल बरण्डा भएको पक्की मन्दिर बनाउन लगाएका थिए।
वि.सं.२०४४ मा तत्कालीन राजा वीरेन्द्रको पूर्वाञ्चल क्षेत्रको भ्रमणका बेलामा छिन्नमस्ता भगवती मन्दिरको जीर्णोेद्धारका लागि पाँच लाख रूपैयाँ प्राप्त भएपछि त्यसबाट पेगोडा शैलीको भव्य मन्दिर निर्माण भएको मन्दिरका महन्थ महाकान्त ठाकुर जानकारी दिए।

कोईराला िसंगापुरमा



नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला शनिवार थप उपचारको लागि िसंगापुर जानु भएको छ । केहि दिन देखि महाराजगाजस्थित गंगालाल हृदयरोग केन्द्रमा उपचार गराइरहनुभएका कोइराला थप उपचारको लागि सिगापुर जाुनभएको हो । उहालाइ सिगापुरमा हवाइ एम्वुलेन्समा राखेर लगिएको हो । सामान्य विमान जादा समस्या हुने देखिएपछि हवाइ एम्वुलेन्समा लगिएको हो । उहाको साथमा केहि सहयोगीका अतिरिक्त डाक्टरहरु शेखर कोइराला,मनवहादुर के.सी.पनि गएका छन ।

रमाईलो आन्दोलन

नागरिक सर्वोच्चता कायम गराउन माग गर्दै सरकार र उसका समर्थक दलहरुलाई प्रेसर दिन सडक आन्दोलन थालेको माओवादीले विहिवार र शुक्रवार मुलुककै मुख्य प्रशासनिक केन्द्र सिहदरवार घेराउ गरयो । बडो रमाइलो संग नाचगानको साथमा पुलाउ तरकारी खादै गरिएको आन्दोलन भयो । माओवादीले यो आन्दोलनलाइ ऐतिहासिक सफलताको उपमा दिएको छ । तर सरकारले भने यसको सामान्य परवाह समेत गरेन । वरु यो आन्दोलन प्रेसल हैन मज्जा गरेको उनीहरुको टिप्पणी थियो । बाजागाजाको साथमा आन्दोलन हैन विवाहको रत्यौली जस्तो पो भयो एक नेताको टिप्पणी थियो । हुनत विहिवारको आन्दोलन नतातेको होइन आनि कार्यकर्ता उपस्थित नभएका पनि होइनन तर भद्रकालीमा जब प्रचण्ड नायिका रेखा थापा संग नाचे तब मानिसले भन्न थाले लालुपाते नुहयो भुइतिर । किनभने प्रचण्ड यहि गीतमा नायिकाको चाहनाअुनसार नाचेका थिए । शुक्रवार पनि आन्दोलन भयो तर दुई बजे पछि यो आन्दोलनवाट र् यालीमा परिणत भएर सभागृह र रत्नपार्कको विच वाटोमा कोण सभा गरेर सकियो । अव माओवादीले मंसिर पाँच गते सम्मको अल्टिमेटम दिएका छनसहमतिको लागि । हुनत सरकारलाई पनि पिर नपरेको होइन बजेट पास गर्न नसकेर । माओवादीले चार महिना देखि सदन पनि चल्न दिएका छैनन ।

Thursday, September 17, 2009

नशा…नशा…यो कस्तो नशा ।

वि्रटिश गायिका,गेरी हेलिवेल

कांग्रेसले १६प्रदेश वनाउने

प्रकाश गिरी
नेपाललाइ १६प्रदेश वनाउन प्रस्ताव गर्ने भएको छ ।राज्यको पुर्नसंरचना वारे दलको धारणा बनाउन पार्टीले गठन गरेको राज्यपुर्नसंरचना समितिले १६प्रदेशको प्रस्ताव सहितको प्रतिवेदन केन्द्रिय समिति समक्ष पेश गरेको छ । समिति अध्यक्ष गोपालमान श्रेष्ठ हुनुहुन्छ । प्रदेश वनाउदा भने जातिभुगोललाइ आधार मानेर कहा कसको वाहुल्यता छ त्यसको आधारमा वनाउने प्रस्ता गरिएको छ । तर प्रदेशको नाम भने प्रतिवेदनमा उल्लेख छैन । प्रतिवदेनमा केन्द्रिय संसदमा ३१४सांसद राख्न पनि प्रस्ताव गरिएको छ । यो प्रतिवेदनमा केन्द्रिय समितिमा छलफल पछि पारित गरिने कांग्रेस केन्द्रिय सदस्य गोविन्दराज जोशीले जानकारी दिनुभयो । यसअघि माओवादीले १४प्रदेश वनाउन प्रस्ताव गरिसकेको छ । साथैआजको वैठकले सरकारमा रहेका मन्त्रीहरुको काम प्रभावकारी नभएको भन्दै भोलिको वैठकमा सवै मन्त्रीहरुलाइ वैठकमा उपस्थित हुन निर्देशन दिइएको छ । वैठकमा मन्त्रीहरु पार्टी प्रति जवाफदेहि नभइ ब्यक्ति प्रति जवापफदेहि भएको आरोप लागेको थियो । आजको वैठकमा चिरिाजवी वाग्लेले तयार पारको अनुशासनहिन काम गर्नेलाइ कस्तो कारवाही गर्ने भनि गरिएको सिफारिश सहितको प्रतिवेदनमा बढी छलफल भयो । तर यो प्रतिवेदन विवास्पद भएको भन्दै केन्द्रिय सदस्यहरुले आपत्ति प्रकट गरेपछि यस वारेमा भोलि पनि छलफल हुने भएको छ ।

Thursday, September 10, 2009

वाह प्रधानमन्त्री

पश्चिम नेपालको भ्रमणमा जानुभएका प्रधानमन्त्री माधव कुमार नेपालले वुधवार अचम्मै गर्नुभयो । उहा नेपालगाजवाट काठमाण्डौ आउने तरखरमा हुनुहुन्थ्यो । अघिल्लो दिन नै काठमाण्डौं आउनुपर्ने मानिस विमानस्थलमा विमान दुर्घटना भएको कारणले रोकिएको । वुधवार राझा विमानस्थलमै रहेको वेला रुकुमवाट अचानक फोन आयो प्रधानमन्त्रीलाइ । अनि काठमाडौ जान आटेको ल्पेन अचानक रुकुम पो मोडियो । के रहेछ थाह छ विचरावच्चा पाउन नसकेर सात दिन देखि रक्तस्रावभएर हालत खरावभएकी एक महिला पो रहिछिन । कस्तो विडम्वना उपचारको लागि अस्पताल थिएन । त्यसैले दुइ घण्टा लामो वाटो हिडेर उनी मंगलवार नै सल्लेविमानस्थल आइपुगेकि रहिछिन तर नेपालगाज जान पनि कहा सजिलो हुनु कराइमा परिन विचरा । धन्न माधव नेपाल थिए र मात्र नत्र कहा उडथ्यो हेलिकोप्टर रुकुम रप्रधानमन्त्री नेपाल विरामी वोकेर सिधै काठमाण्डौ आए । तर हेलिकप्टरमा इन्धन नपुगेर पोखरामा तेल हालेपछि वल्ल आयो काठमाण्डौं । अहिले उनको काठमाण्डौंको प्रसुतिगृहमा उपचार भइरहेको छ तर विडम्वना वच्चा भने वचाउन सकेनन डाक्टरले । उनको अवस्था भने विस्तारै सुधार हुदैछ । यहि कारणले वुधवारको मन्त्रिपरिषदको वैठक स्थगीत भयो । धन्य हुन माधव नेपाल ।

सदन अझै खुलेन ।

साउन २३गते देखि अवरुद्ध संसदको वैठक अझै खुल्न सकेको छैन । राष्ट्रपति डाक्टर रामवरण यादवले सेनापति थमौति प्रकरणमा असंवैधानिक कदम चालेको भन्दै यसलाइ उल्टाउन माग गर्दै माओवादीले सदन चल्न दिएका छैनन । माओवादी नेतृत्वको सरकारले तत्कालिन प्रधानसेनाति रुकमांगद कटवाललाई हटाएर उनको ठाउँमा रथी कुलवहादुर खडकालाई सेनापति वनाएको थियो । तर राष्ट्रपति डा।यादवले सरकारले यो निर्णय उल्टाएर कटवाललाइ नै सेनापतिमा कायम गर्नुभएको थियो । यहि कारणले माओवादी नेतृत्वको सरकार गिर् यो । रअहिले नेपालमा माधव नेपालको नतृत्वमा २२दलको सरकार छ । तर सरकारवाट हटेको भोलिपल्टदेखि नै माओवादीले नागरिक सर्वोच्चता कायम गर्न भन्दै सदन अवरुद्ध गर्दै आएका छन । सदन खुलाउन प्रधानमन्त्री माधव नेपालले अस्ति सोमवार मात्र दलका नेताहरुसंग छलफल गरेपनि यसमा कुनै प्रगति हुन सकेको छैन । असोज मसान्त सम्म पनि सदनवाट वजेट पास नभए नेपालमा संवैधानिक संकट आउन सक्छ । बजेटमा अहिले सम्म सामान्य छलफल समेत हुन सकेको छैन ।

Thursday, August 13, 2009

झाडा पखाला संगै गलत अफवाह पनि

प्रकाश गिरी
डाक्टरहरुले झाडा पखालावाट प्रभावित दैलेखवासीलाई यो रोग श्वास प्रश्वासवाट वा कसैको नजिक बस्दैमा सर्दैन भनेर हजारौं पटक भनिसकेका छन । उनीहरु पनि डाक्टरको छेउमा निकै कुरा वुझेझैं गर्छन र जान्छन । तर डाक्टरहरुवाट अलिकति ओझेल पर्ने वित्तिकै झाडा पखाला त सर्छ भन्न थालिहाल्छन । कस्तो अचम्म हेर्नुस नजहाँ झाडा पखालाले सिगै जिल्ला प्रभावित छ त्यहाँयो रोग सर्छ भनेर कसैले पनि विरामीको रेखदेख समेत राम्रो संग गर्दैन । अनि परेन फसाद भयो के भनेगत साउन १४गते दैलेखको भैरेकालिकाथुम वस्ने अवि जैसी विरामी वृद्ध आमालाई वोकेर शिविरमा आएउपचारको लागि । उपचार हुदै थियो । उनी चाहि आमाको कुरुवा वसे । तर कस्तो दुर्भाग्य यहि अस्पताल वसाइको क्रममा उनलाइ पनि झाडा पखाला लाग्यो र १८गते मृत्यु भयो । अझ दुखद कुरा के भने विरामी आमाले पनि भोलि पल्ट मृत्युवरण गरिन । जैसी परिवार शोकमा डुब्यो तर स्थानीयवासिन्दालाई भने शंका ल्ााग्यो कि यो विरामीसंगसंगै वस्दा सर्ने रोग पो रहेछ भनेर । यति मात्र कहा हो र १४ गते नै यसै ठाउमा वस्ने डिल्लि प्रसाद उपाध्यायको पनि झाडापखालाकै कारण मृत्यु भयो । संगसंगै भर्ना भएकी थिइन उनकी श्रीमती कौशिला उपाध्याय पनि । उनी चाहि १७ गते परलोक भइन । विचरा सोझा जनताले अनि के गरुन यो सरुवा रोग हो नभनेर । लाख कोशिश गरे डाक्टरहरुले यो रोग विरामीे संगै वस्दा सर्दैन भनेर सम्झाउन । तर अव पत्याउने कसले उनीहरुको अहिले पनि आधा काम यो रोग यसरी सर्दैन भनेर वताउने नै हो ।झाडा पखालाकै कारण यो गाविसमा मात्र ८ जनाको मृत्यु भयो । त्यसपछि सरकारी अनि गैरसरकारी तवरवाट उपचार अनि स्वास्थ्य परामर्श दिन थालियो । तव मात्र जनताले अलि अलि पत्याउन थाले । तर अहिले पनि उनीहरु आफु आफु कुरा गर्दा वा कोही नया मानिस आउनासाथ यो कुरा भन्न भने छुटाउँदैनन । झाडा पखालाको वारेमा वुझन सरकारी कामको अुनगमन गर्न गत आइतवार स्वास्थ्य मन्त्री उमाकान्त चौधरी यो गाविसमा पुग्दा पनि स्थानीयबासीमा यो शंका कायमै थियो । स्वास्थ्य चौकिमा आएका अधिकांश मानिस मुख छोपेर वसेका देखिन्थे । खुला चौरमा मन्त्रीले यो रोग श्वास प्रश्वास वा नजिक वस्दैमा सर्दैन भन्दा त बढी उनीहरुले खासखुस गरे । केहिले मन्त्रीको यस्ता कुरामा ताली बजाए तर अधिकांशको मन भने अझै गहु्रगो नै भइरहेको थियो । किनभने उनीहरु त यो रोगका विरामीहरुको स्याहार सुसार त कता हो कता तिनीहरुसंग वोल्न समेत छोडन थालिसकेका थिए । अनि आश्चर्यमा नपरेर के गरुन त उनीहरुको चालामाला देख्दा सदरमुकामतिरका स्वास्थ्य कार्यालयमा टासिएको झाडा पखालाको लक्षण र यसलाई नियन्त्रण गर्ने उपायको वारेमा लेखिएको पर्चा औचित्य हिन लाग्दथ्यो । निराक्षर सर्वसाधारणले त्यो नवुझ्नु सामान्य नै भयो ।उनीहरु मृत्यको भयवाट कतिसम्म त्रसित थिए भने झाडा पखाला लागेको विरामीलाइ जीवनजल ख्वाउने तरिका स्वास्थ्यकर्मीले बताए लगत्तै उनीहरु प्याकेट खोलेर मुखमा हालेर निलिदिन्थे ।
मन्त्री गएकै दिन भैरेकालिकाथुममा तीनजना राउटे पनि आएका थिए । उनीहरु सामान्य विरामी भएका रहेछन। विरामी छ डाक्टर छ औषधि छ र पनि समस्या आइलाग्यो ।विरामी औषधि खानै मान्दैनन । मन्त्री चौधरीले आग्रह गरेपछि मात्र उनले औषधि खान्छु भने ।

२२दल एक ठाउँ

प्रकाश गिरी
सत्तारुढ २२दलको विहिवार साउन २९गते प्रधानमन्त्री निवास वालुवाटारमा वसेको वैठकले उपराष्ट्रपति परमानन्द झालाइ नेपाली भाषामा पुन सपथ लिन आग्रह गरेको छ । अन्तरिम संविधानमा मातृभाषामा सपथ लिने ब्यवस्था नभएकॊले यसपटक नेपालीमा नै सपथ लिन यी दलहरुले आग्र गरेका हुन । गत वर्ष उपराष्ट्रपति भएपछि झाले नेपालीमा सपथ लिनु असंवैधानिक भन्दै सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइ गर्दै अदालतले उहालाइ पुन नेपाली सपथ लिन निर्देशन दिएको थियो । तर उपराष्ट्रपति झाले भने मानिरहनुभएको छैन । त्यस्तै २२दलको वैठकले भदौ १ हुने संवैधानिक समितिको सभापतिको उम्मेदवार साझा वनाउने कसरत पनि गरेका छन । तर वैठकमा साना दलले भने माले नेता सि पी मैनालीलाइ पनि उम्मेदवार उठाउने वताएर साझा उम्मेदवार तय गर्न वाट रोकेका छन । सभापतिको लागि कांग्रेसले नीलाम्वर आचार्य तथा माओवादीले डा।वावुराम भट्टराइलाइ उठाउने निर्णय गरेको छ । यो वैठकमा माओवादी भने सहभागी थिएन । वहुमत सदस्य कांग्रेस उम्मेदवारको पक्षमा रहेकोले छिटै नाटकिय परिवर्तन भएन भने संवैधानिक समितिको अध्यक्षमा निलाम्वर आचार्य निर्वाचित हुने लगभग निश्चित छ ।

Tuesday, May 19, 2009

साम्यवादी एकल निर्णयबाट पार्टी चल्न सक्दैन । शरतसिंह भण्डारी नेता, मधेशी जनअधिकार फोरम

काँग्रेस र एमाले गठबन्धनलाई समर्थन किन गर्नु भयो ?
एनेकपा माओवादीले पटक-पटक गरेको प्रतिबद्धता कार्यन्वयन गरेन र सर्वसत्तावादी ढंगले सरकार चलाउन खोज्यो । माओवादी सहमतीको आधारमा चल्न नचाहेकाले वैकल्पिक गठबन्धनमा लागेका हौं । अर्को कुरा संविधानसभा रहेका २४ मध्ये २२ दल अहिले बनेको प्रजातान्त्रिक गठबन्धनमा छ ।
तपाईहरुसँग सरकारले गरेको सम्झौता नयाँ गठबन्धनले पुरा गर्ला ?
पहिला पनि फोरम न्यूनत्तम साझा समझदारीकै आधारमा सरकारमा सहभागी भएको हो । अहिले पनि न्यूनत्तम साझा समझदारी बनाएरै सरकार जाँदैछौं । सम्झौता पुरा गर्ने प्रतिबद्धता आईसकेको छ ।
फोरम केन्द्रीय समितिले सरकारमा सहभागी हुने निर्णय गरेको छैन नि ?
हाम्रो पार्टीका ५३ मध्ये ३२ सभासदले सरकारमा जाने निर्णय गरिसकेक छन् । जेठ ५ गते बस्न लागेको केन्द्रीय समितिको वैठकले पनि बहुमत सभासदको भावना बुझेर निर्णय गर्नेछ ।
केन्द्रीय समितिले तपाईहरुको विपक्षमा निर्णय गर्यो भने फोरम विभाजित हुन्छ ?
म दोहोर्याएर भन्छु, केन्द्रीय समितिले हाम्रै पक्षमा निर्णय गर्छ । पार्टीलाई संस्थागत निर्णय र लोकतान्त्रिक किसिमले चलाउनु पर्दछ । साम्यवादी एकल निर्णयबाट पार्टी चल्न सक्दैन ।
फोरम अध्यक्ष उपेन्द्र यादवले भने जस्तै बाहिरै बसेर सरकारलाई समर्थन गर्दा के हुन्छ ?
अब बन्ने सरकार बलियो र स्थिर बनाउन फोरम सरकारमा जान लागेको हो । हामी मात्रै हैन माओवादी पनि सरकार सहभागी हुनुपर्छ ।<

Monday, May 18, 2009

संकल्प प्रस्ताव पेश हुन नदिइने

राष्ट्रपतिको प्रधानसेनापति सम्वन्धि निर्णय बिरुद्ध संसदमा संकल्प प्रस्ताव ल्याउने माओवादीको योजनालाई असफल पार्न नेपाली कांग्रेस र एमालेले सहमति गरेका छन् । नेपाली काँग्रेस र नेकपा एमालेले राष्ट्रपतिको प्रधानसेनापतिसम्बन्धि निर्णयविरुद्ध माओवादीलाई संकल्प प्रस्ताव पेश गर्न नदिने सहमति गरेका छन् । जेठ ५ गते बिहान कांग्रेस सभापति गिरिजाप्रसाद कोईराला निवासमा उनी र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफलमा माओवादीलाई संकल्प प्रस्ताव ल्याउन नदिने सहमति भएको हो । सरकार गठन नै अहिलेको पहिलो आवश्यकता भएकोले सरकार गठनमा लाग्नु पर्नेमा दुवै नेताको सहमति रहेको छलफलमा सहभागि नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले बताए । सिटौलाका अनुसार, दुई नेताबीच माओवादीलाई संसदको गतिरोध रोक्न आग्रह गर्ने पनि सहमति भएको छ ।

सभामुखलाई ३४९ सभासदको हस्ताक्षर

एमाले वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा सरकार बनाउन मधेशी जनअधिकार फोरम सहमत भएपछि २२ दलका ३ सय ४९ सभासदको हस्ताक्षर सभामुख सुवासचन्द्र नेम्वाङ्गलाई बुझाइएको छ । सभामुख नेम्वाङ्गले सरकार गठनको प्रकि्रया छिट्टै शुरु गर्ने बताएका छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा सरकार गठन प्रकि्रया अगाडि बढाउन जेठ ३ गते २२ दलका ३ सय ४९ सभासदद्धारा हस्ताक्षरित पत्र बुझेपछि सभामुख नेम्वाङ्गले कार्यव्यवस्था समितिको वैठक बोलाएर सरकार निर्माण प्रकि्रया अगाडि बढाउने बताएका हुन । हस्ताक्षर सहितको पत्र बुझाउन नेता नेपाल, फोरम सहअध्यक्ष जयप्रकाशप्रसाद गुप्ता, विजयकुमार गच्छदार लगायतका नेताहरु गएका थिए ।

Monday, February 16, 2009

एमाले महाधिवेशन उद्‍घाटन

नेकपा एमालेको आठौं महाधिवेशनको महासचिव झलनाथ खनालले उद्‍घाटन गरेका छन्। बुद्धको जन्मस्थल लुम्बिनीमा बिहान प्रज्ज्वलन गरी ल्याइएको ज्योतिबाट महासचिव खनालले दीप प्रज्वलन गरी महाधिवेशन उद्‍घाटन गरेका हुन्। सुरुमा एमाले नेता भरतमोहन अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासहितका नेतालाई आसन ग्रहण गराए। त्यसपछि नेता भीम रावलले विदेशी अतिथीलाई आसन ग्रहण गराए। सुरुमा राष्ट्रिय गान गाइयो र त्यसपछि शहीदलाई श्रद्धाञ्जली अर्पण गरियो।उद्‍घाटन समारोहमा सभापति कोइरालाले भने- ´सहकार्यबाट रुपान्तरण गरौं भनेको प्रचण्डलाई अलिक अप्ठेरो भएको जस्तो छ। तर अहिलेको आवश्कयता त्यही हो।´ कोइरालाले थपे, ´आजबाट सहमति गरौं। अब सँगै बढौं। नेपालमा अस्थिरता भए छिमेकीलाई पनि राम्रो हुन्न भन्ने कुरा मैले विदेशी भारतीय र चिनीयाँलाई पनि भन्ने गरेको छु।´राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले राष्ट्रियताको सबाल कमजोर भएको भन्दै यो महाधिवेशनले त्यसलाई मजबुत बनाओस् भन्ने शुभकामना दिए। नेकपा मसालका नेता चित्रबहादुर के सीले देशको स्वाधिनतामा असर पर्ने काम भइरहेको भन्दै सबै दल एक ठाउँमा भएर अगाडि बढ्नु पर्ने बताए। उद्‍घाटन समारोहमा मधेशी जनअधिकार फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी, नेकपा माले, राष्टिय जनमोर्चा, नेकपा एकीकृत, नेकपा संयुक्त, सद्भावना पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्टिय प्रजातन्त्र पार्टी, राष्टिय जनशक्ति पार्टीलगायतका शीर्ष नेता सहभागी छन्। महाधिवेशनमा भाग लिन १४ देशका कम्युनिष्ट श्रमिक र समाजवादी गरी २१ पार्टीका ४० नेता सहभागी छन्। कम्युनिष्ट पार्टी अफ बंगलादेश, वर्कस पार्टी अफ बंगलादेश, सोसलिष्ट पार्टी अफ बंगलादेश, चिनियाँ कम्युनिष्ट पार्टी, भारतीय कम्युनिष्ट पार्टी (माक्स्रवादी), भारतीय कम्युनिष्ट पार्टी (माले), अल इन्डिया फरवार्ड ब्लक, इराकी कम्युनिष्ट पार्टी, कम्युनिष्ट पार्टी अफ पाकिस्तान, कम्युनिष्ट पार्टी अफ श्रीलंका, जेभीपी श्रीलंका, कम्युनिष्ट पार्टी अफ भियतनाम, एमएलपीडी जर्मनी, जीसीपी जर्मनी, केकेई ग्रीस, रिफाउन्डेसन इटाली, सोसलिष्ट पार्टी अफ नर्वे, कम्युनिष्ट पार्टी अफ रसिया, लेफट पार्टी स्वीडेन र कम्युनिष्ट पार्टी अफ स्पेनका अतिथि छन्।त्यस्तै पाकिस्तान, फिनल्यान्ड, ब्राजिल, स्वीडेन, लाओस, जापान, फ्रान्स र बेल्जियमका विभिन्न पार्टीले लिखित शुधकामना पठाएको जानकारी पोखरेलले दिए।बुटवल मण्डपमा अवस्थित महाधिवेशनस्थल २२ बिघा क्षेत्रफलमा फैलिएको छ।